सम्बन्ध विच्छेद हुने पत्नी वा बुहारीले पाउने अंश हकको प्रश्न
- जेष्ठ १८, २०८३
लडाइँमा अर्को पक्षको सेनालाई धोका दिन ‘धुवाँको पर्दा’ को प्रयोग गरिन्छ । तर, नेकपाको एक गुटले अर्को गुटलाई लाञ्छना लगाएर आफू देश र जनताको अगाडि चोखो देखिन खोज्दै छ । तर, ती नयाँ पात्रहरू नभई पुरानै पात्रहरू भएका हुँदा जनता कुनै पनि पक्षमा देखापर्दैनन्, किन ?
यदि ओली पक्ष अर्थात् एमाले राम्रो भन्ने हो भने सत्तामा बसेको हिसाबले त्यसले कोरोना भाइरसको व्यवस्थित नियन्त्रण गर्न सक्नुपर्दथ्यो, शिक्षाको बन्दोवस्त के कसरी गर्ने हो भन्नेबारे बाटो देखाउन सक्नुपथ्र्यो । कृषि मलको हिजो अभाव थियो, आज पनि अभावै छ, हिजो रोपाइँको बेला भारतीय सीमाबाट कालाबजारियासँग मल किन्न किसान बाध्य थिए । तर, बढी मूल्य तिरिएको त्यो मल म्याद नाघेको वा नक्कली के हो भन्नेबारे कृषिमन्त्रीले के कहिल्यै एक शब्द बोले ? एकातिर, देशको अरबौँ रूपैयाँ म्याद नाघेको र नक्कली मलमा गयो भने अर्कोतिर धानको उत्पादनमा कमीको कारण देशले अथवा किसानले अरबौँ रकमको क्षति भोग्नेछन् । तर, त्यस्तो अयोग्य र असक्षम कृषिमन्त्रीले राजीनामा दिने नैतिकता देखाउँदैनन् । बरु काङ्ग्रेसको पालामा कृषिमन्त्री शैलेजा आचार्यले राजीनामा दिएर कृषि मन्त्रालयको भ्रष्टाचारबारे उदाङ्गो पारेकी थिइन् ! खोइ यो नैतिकता माक्र्सवादको बढी कुरा गर्नेको ? युवाहरूलाई घुस खुवाउँदै काला बजारियाहरूलाई भित्रभित्र पोस्छन् भन्ने गुनासोलाई जनताले किन नपत्याउने ?
अध्यक्ष प्रचण्ड शिक्षामन्त्रीको अनुहारमा काठको नाक राखेर लाज छोप्दै छन् । विद्यालयहरूको परीक्षालाई नै प्रवेशिका सरहको परीक्षाफल मान्ने पहिले नै सल्लाह गरेर पनि सार्वजनिक गरिसकेको परिणाममा बढीबढी नम्बर दिएको परीक्षाफललाई सदर गर्ने शिक्षामन्त्रीलाई के भन्ने ? यसले पढ्ने विद्यार्थीको जाँगरलाई शिक्षा बन्दोवस्तप्रति नै घृणा जगाउने काम गर्ने र असफल हुने विद्यार्थीले आफूलाई योग्य सम्झेर आफ्ना सबै कमी कमजोरीलाई राम्रो र अब्बल सम्झने प्रवृत्तिको विकास गराउने निश्चित छ । परिणामस्वरूप यो नयाँ पुस्तामा झन्डै १०-२० प्रतिशत उद्दण्ड युवाहरू उत्पादन हुनेछन् । त्यस्ता युवाबाट हुने सबै क्षति र उपद्रवको जिम्मेवारी आजको एमाओवादी र प्रचण्ड नेतृत्वको शिक्षा मन्त्रालयको हुनेछ ।
कार्यकर्तालाई निःस्वार्थरूपले जनता र देशको सेवा गर्ने भावनाबाट प्रेरित गर्नुपर्नेमा काम नगरी सुतेर खानको निम्ति पैसा बाँडेर कुन देशले विकास गरेको उदाहरण छ ? लुटेको पैसाले विकास गरेका देशहरूले पनि चुप लागेर विकास गरेका थिएनन् ।
कोभिड – १९ को विरोधमा दक्षिणी सीमामै परीक्षण, क्वारेन्टिन र अस्पतालको बन्दोवस्त गर्न खोइ नेकपाका दुवै पक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले कार्यकर्ता परिचालन गरेको ? के प्रजातन्त्र र गणतन्त्रको अर्थ लुटाहाले लुटेराहरूको निम्ति शासन गर्ने व्यवस्था हो ? के भारतका गुप्तचर विभागका सामन्त गोयलको यही मन्त्रणा थियो ?
ट्रम्पले हिटलरलाई गुरु मानेर अमेरिकामा मात्रै होइन संसारमै धम्काएर, पक्षपात र हेलाहोचो गरेर, मित्र देशहरूमा समेत ठूलो जात, सानो जात, पानी चल्ने र नचल्ने, काला र गोरा, हिन्दु र मुसलमान भन्दै भारतमा समेत भेदभावको बिउ छरे ।
अमेरिकी जनतालाई त्यो भेदभाव, लडाइँ, धम्की र हतियार मन नपर्दा त्यसको विरोधमा मत प्रकट गरे । अब के मोदीको दक्षिणपन्थी सरकारले पुनः छिमेकी देशहरूमाथि थिचोमिचो गर्ने र विस्तारवादी काम गर्नेछ ? के यसबारे ओली र प्रचण्ड गुटको फरक मत हो ? नेपाली जनता यसरी नेकपाभित्रको मनमुटाव साँचो हो वा जनतालाई झुक्याउने ‘धुवाँको पर्दा’ हो बुझ्न चाहन्छन् ।
Leave a Reply