भर्खरै :

हङकङमा विदेशी हस्तक्षेपप्रति चीनको विरोध

पेइचिङ, १२ नोभेम्बर । चीनको विदेश मन्त्रालयअन्तर्गत हङकङ विशेष प्रशासनिक क्षेत्र हेर्ने आयुक्त कार्यालयका प्रवक्ताले हङकङको व्यवस्थापिका परिषद्का सदस्यको योग्यताबारे राष्ट्रिय जनकाङ्ग्रेसको स्थायी समितिको निर्णयलाई केही पश्चिमा राजनीतिज्ञहरूले दिएका अभिव्यक्तिप्रति भत्र्सना गरेका छन् ।
अस्टे«लिया, संरा अमेरिका र जर्मनीका राजनीतिक नेताहरू सम्मिलित कथित चीन अन्तर–संसदीय मोर्चाले हङकङको व्यवस्थापिका परिषद्का सदस्य बन्न आवश्यक योग्यताबारे चीनको राष्ट्रिय जनकाङ्ग्रेसले गरेको निर्णयको विरोध गरेका थिए । मोर्चाले त्यस्तो निर्णयले हङकङको ‘एक देश–दुई प्रणाली’ समाप्त गर्ने दाबी गरेका छन् ।
चिनियाँ विदेश मन्त्रालयको आयुक्त कार्यालयले राष्ट्रिय जनकाङ्ग्रेसको निर्णय ‘एक देश, दुई प्रणाली’ को रक्षाको लागि जायज, वैध र आवश्यक भएको बताउँदै बाहिरी हस्तक्षेपको विरोध गरेका छन् ।
संसदले पद तथा गोपनीयताको सपथ गर्ने, योग्यता तोक्ने र व्यवस्थापिकामार्फत आफ्नो राष्ट्रिय पहिचान र राजनीतिक बफादारिता खोज्नु अन्तर्राष्ट्रिय अभ्यास नै भएको आयुक्त कार्यालयले जनाएको छ ।
कुनै पनि देशले सांसदहरू कुनै पनि सार्वजनिक ओहदामा रहेका व्यक्तिबाट सपथ तोडिएको र देशलाई धोखा भएको सहन नसक्ने उसको भनाइ थियो ।
आयुक्त कार्यालयले भन्यो, “देश र हङकङ दुवैलाई माया गर्नु संविधान र आधारभूत कानुनका प्रमुख आवश्यकता हुन् र हङकङका सबै सार्वजनिक पदमा रहेका व्यक्तिले यो नैतिक सिद्धान्तको पालना गर्नुपर्छ ।”
“केही मुट्ठीभर सांसदहरूले बदनियतपूर्वक व्यवस्थापिका परिषद् भाँड्न खोजेका छन् र हङकङको राजनीतिक प्रणाली तथा सरकारका काम कारबाहीमा भाँजो हाल्न खोजिरहेका छन् । यो पद तथा गोपनीयताको सपथ, कानुन र नियमविपरीत हो”, आयुक्त कार्यालयले जनाएका छ ।
“ती सांसदहरूले हङकङमा चीनको सार्वभौमताको अभ्यासलाई समेत अस्वीकार गरिरहेका छन् । साथै हङकङ चीनको विशेष प्रशासनिक क्षेत्र भएको संवैधानिक व्यवस्थासमेत मान्न तयार छैनन् । बरु उल्टो हङकङमाथि नाकाबन्दी थोपर्न विदेशीलाई गुहारिरहेका छन् र विदेशी शक्तिको प्यादाको रूपमा भूमिका खेलिरहेका छन्”, उसले भन्यो ।
“उनीहरू ‘एक देश दुई प्रणाली’ र आधारभूत कानुनविरुद्ध आफूले खनेको खाल्डोमा आफँै खसेको कुरा स्पष्ट र अकाट्य प्रमाण छन् । त्यसकारण कानुनअनुसार त्यस्ता सांसदहरूलाई अयोग्य घोषणा गर्नु ठीक र आवश्यक छ”, चिनियाँ पक्षको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *