भर्खरै :

एक सत्र्न्दा बढी मुलुकद्वारा अमेरिकाको आलोचना

संयुक्त राष्ट्र सङ्घ, १४ नोभेम्बर । दुई सय १० मिनेटसम्मको सम्मेलनमा अमेरिकाका संगाती मुलुकलगायत विश्वका १ सय १० भन्दा बढी मुलुकले पालोपालै गरी अमेरिकी मानव अधिकार रेकर्डबारे प्रश्न उठाउँदै आलोचना र रायसुझाव पनि प्रस्तुत गरेका छन् । संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार समितिको बैठकमा अमेरिकी मानव अधिकार रेकर्डको लेखाजोखा गर्दै ती प्रश्न उठाएका छन् । सोही दिन अमेरिकामा नयाँ कोरोना महामारीको सङ्क्रमितको कुल सङ्ख्या १ करोडभन्दा बढी नाघेको छ भने मृतकको सङ्ख्या लगभग २ लाख ४० हजार जति छ ।
अमेरिकी राजनीतिज्ञहरूले सधैँ नै अरु देशको मानव अधिकारको हस्तक्षेप गर्ने गर्दछन् । विश्वको आर्थिक, वैज्ञानिक र प्राविधिक शक्ति सबभन्दा सशक्त रहेको र चिकित्सा सेवा सबभन्दा प्रशस्त रहेको मुलुकको रूपमा रही अमेरिकाका सङ्क्रमित र मृत्युको सङ्ख्या विश्वको किन पहिलो स्थानमा रहेको छ ? अमेरिकी जनताको सबभन्दा आधारभूत मानव अधिकार अर्थात् बाँच्ने अधिकार तथा विकास अधिकार दुवैमाथि किन गम्भीर थिचोमिचो गरिएको छ ? ती तथाकथित मानव अधिकारका रक्षकहरूले कुनै पनि उत्तर दिनसकेका छैनन् ।
विश्वका विभिन्न मुलुकबाट आएका आलोचनाको सामना गर्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले निर्लज्जरूपमा भनेका छन्, “हामीले मानव अधिकारबारे छलफल गरेको मात्र नभई मानव अधिकारको निकै माया र संरक्षण गर्नुपर्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *