भर्खरै :

नयाँ वर्षमा नयाँ सन्देश छर्नुपर्छ

अक्सर शरद् ऋतुमा पर्ने नेपालको दोस्रो ठूलो चाड नेपाल संवत्सित सम्बन्धित ऐतिहासिक, सांस्कृतिक र र्धािमक महत्वको मात्र होइन पशु, पन्छी र जनजीवनसित सम्बन्धित पर्व हो । यस पर्वकै बीचमा नेपाल संवत् फेरिन्छ । नेपाल संवत् ११४१ मा प्रवेश गरेको छ । यो संवत् नेपालको मौलिक संवत् हो । देशकै नाममा चलेको यो संवत्् विधिवतरूपमा ८८८ वर्षसम्म चलेको थियो । सयमक्रममा शासकहरूले यो पर्वलाई बेवास्ता गरेपछि सरकारी कामकाजमा नआएको हो । सयौँ वर्ष चलेको नेपाल संवत्लाई शासकहरूले प्रयोगमा नल्याएपछि न्यायप्रेमी जनताले नेपाल संवत्लाई निरन्तरता दिन आन्दोलन गरे, आन्दोलन गरिररहेका छन् ।
नेपाल संवत् नेपालकै संवत् हो । यो नेपालीले चलाएको संवत् हो । यो संवत् कुनै विशेष जाति र भाषाभाषीहरूको मात्र होइन । नेपालको संवत्लाई नेपालीले मान्नुपर्छ, मनाउनुपर्छ । नेपाल संवत् फेरेको यो अवसरमा नेपालीहरूले शुभकामना आदानप्रदान गरिरहेका छन्, नयाँ वर्षमा नयाँ कुराको खोजी गरिहेका छन् । तर, नेपाली जनताले गणतान्त्रिक देशमा गणतान्त्रिक देशको नेतृत्व गरिररहेको नेकपाले राहत पुग्ने कुनै नयाँ काम गर्न सकेको छैन । नेपालको भूमि नेपालको कायम गर्न सकेको छैन । मिचिएको भूमि फिर्ता लिन सकेको छैन । स्वदेशमै रोजगारीको बन्दोबस्त गर्ने काम गर्न सकेको छैन । कृषिप्रधान देशमा रासायनिक मल कारखाना छैन । स्वास्थ्यपोचार सेवा र शिक्षा अनिवार्य र निःशुल्क गर्न सकिरहेको छैन । महँगी नियन्त्रण भएको छैन । कार्यालयमा हुने ढिलासुस्ती, अनियमितता रोक्न सकेको देखिँदैन । भ्रष्टाचार, कालाबजारी र कमिसनतन्त्रको जगजगी यथावत छ । हत्या, लुट, हिंसाका घटनाहरू दोहोरिरहेका छन् । कम्युनिस्ट भनिने सरकार पुँजीपति दलालहरूको घेरामा छ ।
कम्युनिस्ट पार्टीको नाममा जनमत लिएर सरकार र सत्तारूढ दल नेकपा कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारविपरीत अघि बढ्दै छन् । देशको मुहार फेर्न सरकारको कुनै योजना र दृष्टिकोण छैन । देश दिशाहीन बनिरहेको छ । सत्तारूढ दलका नेता र मन्त्रीहरूलाई देश र जनताको चिन्ता छैन । महिनौँसम्म दलको आन्तरिक कलहमा अलमलिरहेका नेकपाका नेता र मन्त्रीहरू पदको दुरूपयोग गर्दै छन् । आफूखुसी निणर्य गर्दै छन् । आर्थिक प्रलोभनमा परेर देशघाती र जनविरोधी सम्झौता गर्न पनि सरकार पछि परेको छैन । देशमा भारतीय विस्तारवाद र सार्वभौमिकताको ख्याल नगर्दा, देशलाई पर्ने दूरगामी असरबारे विचार नपुर्‍याउँदा देश परनिर्भर बन्दै छ, देश ऋणमा डुब्दै छ । देशको बजेट विदेशी ऋणको भरमा अडेको छ । नेपाली जनताको काँधमा ऋणको भार बढेको बढ्यै छ । यसबारे सरकार मौन छ । देशको स्थिति बेहाल छ । सरकार तमासे बनिरहेको छ ।
नेपाल संवत् फेरेको यो दिनमा सरकारको जनविरोधी कार्यको भत्र्सना गर्नुपर्छ । विधि र सुशासनको सरकार बनाउन ध्यानाकर्षण गरिनुपर्छ । देशका भ्रष्टाचारी, कालाबजारी, कमिसनखोर र आर्थिक अनियमिततामा संलग्न दोषीहरूमाथि कडा कारबाही गरिनुपर्छ । हत्या, हिंसा, मानव बेचबिखन, बलात्कार, अङ्ग किनबेच गर्ने, महिलालाई बेश्यालय पुर्‍याउने अपराधीहरूमाथि मृत्युदण्ड दिने व्यवस्था गर्न सरकार लाग्नुपर्छ । नयाँ वर्षको सन्दर्भमा सरकारले देश र जनताका यस्ता राष्ट्रिय सवालबारे सम्बोधन गरेर नेपाली जनतामा नयाँ सन्देश छर्नुपर्छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *