भर्खरै :

अमेरिकामा एकै दिनमा पौने दुई लाख सङ्क्रमित

वासिङ्टन, २९ कार्तिक (एएनआई) । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक संरा अमेरिकामा एकैदिनमा पौने दुई लाख मानिस सङ्क्रमित हुन थालेका छन् ।
विश्वव्यापी महामारी फैलिएको सुरूदेखि नै बढी सङ्क्रमित रहेको अमेरिकामा अहिले पनि सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन वृद्धि हँुदै गइरहेको छ ।
सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा एक लाख ७७ हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलोपटक भएको पनि अधिकारीहरूलाई उद्धृत गर्दै वासिङ्टन पोष्टले लेखेको छ ।
अहिले सबै राज्यहरूमा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि हँुदै गएको र कम्तीमा दश राज्यमा यो सङ्ख्या उच्च रहेको अधिकारीहरूले जनाएका छन् ।
सङ्क्रमितको सङ्ख्यामा वृद्धि हँुदै गएपछि स्थानीय सरकारी अधिकारीहरूले सतर्कता अपनाउन आह्वान गर्दै आएका छन् ।
मास्कको प्रयोगको विपक्षमा रहनुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि स्थानीय अधिकारीहरूले पनि मास्कको प्रयोगलाई जोड दिन थालेका छन् ।
कतिपय ठाउँमा मास्कको प्रयोग अनिवार्य नै गरिएको छ । जबकि यसअघि सरकारी अधिकारीहरूले नै मास्कको प्रयोगलाई अनिवार्य गर्नु अलोकतान्त्रिक र स्वतन्त्रताविपरीत हुने तर्क गरेका थिए ।
सरकारी अधिकारीहरूले अहिले सकेसम्म घरमै रहेरमात्रै गतिविधिहरू गर्न, बाहिर सकेसम्म ननिस्कन, निस्केपनि मास्कको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न, भिडभाड नगर्न, बाहिर जानैपरे पनि मापदण्ड पालना गरेर अति न्यून सङ्ख्यामा मात्र मेला हुन आग्रह गरेका छन् ।
अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट कुल एक करोड सात लाख २८ हजार ४९७ जना सङ्क्रमित भएको जोन हप्किङ्स विश्वविद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *