तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
मध्यपुर, ३० कार्तिक । हरेक वर्ष नेपाल संवत्को नयाँ वर्षको दिन हुँदै आएको विविध भाषा साहित्य सम्मेलनको २२ औँ शृङ्खला आइतबार अनलाइनमाध्यमबाट भयो । कोभिड–१९ महामारीलाई ध्यानमा राखी यो वर्ष अनलाइनबाट साहित्य सम्मेलन गरिएको थियो ।
उक्त सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले साहित्य सम्मेलनमा प्रस्तुत साहित्यलाई सङ्कलन गरी स्मारिका प्रकाशन गर्नुपर्ने बताउनुभयो ।उहाँले साहित्य सम्मेलनहरूको आयोजनाले नयाँ पुस्तालाई देशको अवस्थाबारे सचेत बनाउने भन्दै नयाँ पुस्तामा देशभक्ति भावना बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

नारायणमान बिजुक्छेँ
वरिष्ठ पत्रकार भैरव रिसालले जनता महामारीसँग लडिरहेको बेला शासक दलका नेताहरूबीचको गुटगत झगडा लज्जास्पद भएको बताउनुभयो ।

भैरव रिसाल
वरिष्ठ चिकित्सक डा. अशोकानन्द मिश्रले कोभिड–१९ महामारी र अन्य सरूवा रोगबाट जोगिने विविध उपायबारे प्रकाश पार्नुभयो ।

डा. अशोकानन्द मिश्र
नेपाली सेनाका पूर्वजर्नेल डा. प्रेमसिं बस्न्यातले देशभक्त जनता एकजुट हुनसके विदेशी शक्तिहरूले नेपाली जनतामार्फत गर्न खोजिरहेका षड्यन्त्र र जालझेल असफल बनाउन सकिने बताउनुभयो ।

डा. प्रेमसिं बस्न्यात
नेपाल सरकारका पूर्वसचिव द्वारिकानाथ ढुङ्गेलले नेपाल–भारत सीमा विवादका विभिन्न आयामबारे चर्चा गर्नुभयो ।

द्वारिकानाथ ढुङ्गेल
पाल्पाका बुद्धिजीवी निर्मल श्रेष्ठले बाह्य र भित्री सांस्कृतिक हस्तक्षेपको विषयमा सजग हुनुपर्ने भन्दै नेपालका विभिन्न जाति र भाषाभाषीका अमूर्त संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्मल श्रेष्ठ
साँखुका बुद्धिजीवी इ.राजदास श्रेष्ठले नेपालभाषा साहित्यको विस्तारको निम्ति नयाँ पुस्तासम्म नेपालभाषा पु¥याउन जरूरी भएको भन्दै नेपाल संवत् संरक्षण र संवद्र्धनको निम्ति नेपाली जनता एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँको कमलपोखरी संरक्षण समितिका भागवत नरसिंह प्रधानले शासक दलहरूको संरक्षणमा भूमाफियाहरू लागेर काठमाडौँका मौलिक सम्पदामाथि लगातार हमला भइरहेको चर्चा गर्दै कमलपोखरी संरक्षणको निम्ति चालू सङ्घर्षबारे जानकारी दिनुभयो ।

भागवत नरसिं प्रधान
खोकना संरक्षण समितिका नेपाल डंगोलले दु्रतमार्ग, हाइटेन्सन लाइन, रिङरोड आदिको नाममा ऐतिहासिक नेवार बस्ती खोकना र बुङमतीको सांस्कृतिक र ऐतिहासिक महत्व समाप्त गर्न शासक दलहरू लागिपरेको चर्चा गर्दै खोकना र बुङमतीका किसानहरू एकजुट भएर आफ्नो भूमि खोस्ने षड्यन्त्रविरूद्ध लडिरहेको बताउनुभयो ।

नेपाल डंगोल
कार्यक्रममा काभ्रेका साहित्यकार कृष्णकुमार वैद्य, सजीव श्रेष्ठ, सुन्दरराम था, गंगाराम ज्याख्व, रामकृष्ण प्रजापति, प्रेम के. निडर, मदन श्रेष्ठ, सुस्मिता न्यौपाने, आकाश मानन्धर, सुरेश श्रेष्ठ, तेजकृष्ण श्रेष्ठलगायतले आ–आफ्नो रचना वाचन गर्नुभएको थियो ।

कृष्णकुमार वैद्य
आयोजक विविध भाषा साहित्य समाजका अध्यक्ष सूर्यराम था श्रेष्ठको सभापतित्वमा भएको सम्मेलनमा समाजका सचिव शिवहरि प्रजापति, प्रेमजन थापा, तुल्सीकृष्ण प्रजापतिलगायतले बोल्नुभएको थियो ।

सजीव श्रेष्ठ
सम्मेलनमा काभ्रे, टोखा र मध्यपुरका सांस्कृतिक टोलीहरूले विविध भाषाका गीत प्रस्तुत गरेका थिए ।

सूर्यराम था श्रेष्ठ
Leave a Reply