तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, ३० कार्तिक । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा अनलाइनमार्फत शुक्रबार ‘श्रमिक’ साप्ताहिक पत्रिकाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले ‘श्रमिक’ साप्ताहिक गरिब मजदुर किसानको आवाज बोकेको पत्रिका भएको बताउँदै काम गरी खाने जनतालाई राजनैतिक चेतना दिइरहेको बताउनुभयो । समाजवादको झन्डालाई उच्च पार्न राजनैतिक कार्यकर्ताहरूमा क्रान्तिकारी भावना हुनुपर्ने प्रस्ट पार्दै सचिव सुवालले क्रान्तिकारी कार्यकर्ताले मात्र क्रान्तिलाई अगाडि बढाउन सक्छ भन्नुभयो । सबै कार्यकर्ताहरूले पार्टीका हरेक प्रकाशनहरू नियमित अध्ययन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले अराजकतावादी, संशोधनवादी र अवसरवादी पार्टी नेकपाभित्रको कुकुरझगडाले नेपाली जनताको शिर निहुरिएको बताउँदै जनताले जनतालाई नै विश्वासघात गर्नेको पछि लाग्दछ भने योभन्दा पनि देशलाई बर्बाद पार्छ भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले पार्टी कार्यकर्ता हरेक क्षेत्रमा सक्षम भई देश र जनताको सेवामा सक्रियतापूर्वक लाग्न अनुरोध गर्नुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा शैलेश डंगोल, ई. सविन महर्जन, सुनिल महर्जन ,विश्वक डंगोललगायतले बोल्नुभएको थियो ।
कीर्तिपुरमा “श्रमिक” साप्ताहिकको अन्तरक्रिया
त्यस्तै नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा अनलाइनमार्फत शनिबार ‘श्रमिक’ साप्ताहिकको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका पूर्वकेन्द्रीय सदस्य श्रीकृष्ण महर्जनले कार्यकताहरूले अध्ययनलाई निरन्तरता दिनुको साथैै काम गरी खाने जनतालाई राजनैतिक चेतनाको ज्ञान दिन निरन्तर सक्रिय हुनुपर्ने बताउनुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीले बोकेको समाजवादको झन्डालाई उच्च पार्न सङ्गठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले नेकपाभित्रको विवादले नेपाली जनताको शिर झुकेको बताउँदै भारतीय गुप्तचर विभाग प्रमुख ‘रअ’ को नेपाल भ्रमणबारे वास्तविक कुरा जनतालाई अवगत गराउनुपर्ने बताउनुभयो । उहाँले लिपुलेक, लिम्पियाधुरा कालापानीमा अखडा जमाउने भारतका प्रधानसेनापति नेपाल आउनु नेपालको सार्वभौमिकतामाथि आँखा गाड्नु हो भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले राजनैतिक कार्यकर्ताहरू इमानदार र नैतिकवान हुनुपर्ने र सङ्गठन विस्तारको लागि हरेक जिल्ला र नगरमा पुगी जनताको समस्या सम्बोधन गर्न लाग्नुपर्ने बताउनुभयो ।
नेमकिपा कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा बुद्धिमान महर्जन, कान्छाबाबु महर्जन, रामचन्द्र महर्जन, श्यामकुमार महर्जन, नेल्सन महर्जन, यशुमति महर्जन र सुनैना महर्जनले पनि बोल्नुभएको थियो ।
Leave a Reply