संयुक्त राष्ट्रसङ्घद्वारा गाजापट्टीमा जारी इजरायली आक्रमणको निन्दा
- जेष्ठ १९, २०८३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पक्षधर रिपब्लिकन पार्टीले पुनःमतदानको माग गर्दै विरोध प्रदर्शन गरेको छ । राष्ट्रपतिका उम्मेदवार ट्रम्प हार्ने निश्चित भएपछि धाँधली भएको आरोप लगाउँदै उनले पुनः मतदानको माग गरेका थिए । अमेरिकामा ट्रम्पकै शासन छ । धाँधली देख्ने ट्रम्पले निर्वाचनकै बेला किन रोक्ने प्रयास गरेनन् ? निर्वाचनमा हार्ने निश्चित भएपछि या हारेपछि पुनः मतदानको माग गर्नु ट्रम्प सरकारको हार्ने गोरूको छेर्ने दाउमात्र हो । हार्ने निश्चित भएरै उनले मतगणनासमेत रोक्न माग गरे । अमेरिकी शासनको आफै नाइके भएर उनले कोसँग मत गणना रोक्न, पुनः मतदान गर्न र धाँधली भयो भनी माग गरेका हुन् ? आफैले आफैसँग निर्वाचनमा धाँधली भयो भनेर माग गर्नु र विरोध प्रदर्शनमा उत्रनु आफ्नो सरकारको आफैले विरोध गर्नु हो । यो आफ्नो कमजोरी लुकाउनु हो । आफ्नै सरकारको विरोध गर्नुको सट्टा नैतिकताको आधारमा राजीनामा गर्नु जाती हुन्छ ।
राष्ट्रपति निर्वाचनमा धाँधली भएको आरोप लगाउने राष्ट्रपति ट्रम्पधर पक्षले विरोध प्रदर्शन गरेर रिपब्लिकन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई हौस्याउने काम गरेका हुन् कि आफ्नै दलको बदनाम गर्न खोजका हुन् भनी राजनीतिक विश्लेषकहरू बताउँछन् । अमेरिकी राष्ट्रपति ट्रम्प क्रूर शासक हुन् । आफ्नो चाहना पूरा नगर्ने, अमेरिकी साम्राज्यवादको विरोध गर्ने दल र दलको सरकारमाथि हस्तक्षेप गर्ने, नाकाबन्दी गर्ने र आवश्यक ठानेमा जल, थल र हवाई आक्रमण गरेर राष्ट्र प्रमुखहरूको हत्या गर्ने, पदच्युत गराउने र आर्थिक नाकाबन्दी गर्ने उनी आक्रामक शासक हुन् । अमेरिकी राष्ट्रपतिको यो क्रुर व्यवहारकै कारण हालै भएको राष्ट्रपति निर्वाचनमा उनी हारे । आफ्नो दल हारेको रिसमा अहिले ट्रम्प पक्षधर दलका नेता–कार्यकर्ताहरू सडकमा विरोध प्रदर्शन गर्दै छन् । व्यवहारतः ट्रम्प राष्ट्रपतिको निर्वाचनमा हारे पनि अमेरिकी सरकारले अहिलेसम्म ट्रम्प हारेको दाबी गरेको छैन ।
निर्वाचन आयोगले प्रस्टतः धाँधली नभएको स्पष्टीकरण दिइसकेको छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय निर्वाचन टोलीले पनि धाँधली नभएको प्रतिवेदन सार्वजनिक गरिसकेको छ । तर, ट्रम्प पक्षधर दललाई चित्तबुझेको छैन । विरोध प्रदर्शन गर्न पाउनु प्रजातान्त्रिक अधिकार हो । तर, प्रदर्शन जनताको न्यायोचित पक्षमा हुनुपर्छ, साँचो कुरामा हुनुपर्छ । सेतोलाई कालो बनाउन, निष्पक्ष, शान्तिपूर्ण निर्वाचनलाई धाँधली भनी सत्य कुरा छोप्न गरिएको प्रदर्शनले सत्य सन्देश प्रवाह गर्दैन । यसले डेमोक्रेटिक दल र दलका उम्मेदवार बाइडेन पक्षलाई झन् सहयोग पु¥याउँछ । हारेर पनि विधिसम्मत मतदान गरे आफू जित्ने दाबी गरेका ट्रम्प सरकारको अमेरिकी जनतासामु बदनाम भएको छ । यसले रिपब्लिकन पार्टीलाई नै क्षति हुने राजनीतिक विश्लेषकहरूको टिप्पणी सुझबुझपूर्ण देखिन्छ ।
Leave a Reply