भर्खरै :

‘विचारको मत कसै हल्लाएर हल्लिदैन’

भक्तपुर । ‘हाम्रो मत विचारको मत हो । यो चट्टानजस्तै हो ,कसैले हल्लाएर हल्लिदैन । विपक्षले हाम्रो संगठन भाँड्न करोडौं–करोड खर्च गरे तर जिल्ला–जिल्लाका साथीहरु निरन्तर संघर्षरत छन् । हाम्रा एउटा–एउटा मत प्रतिक्रियावादीविरुद्ध बम–बारुदजस्तै हुन् ।’
उपरोक्त विचार नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले शुक्रबार आयोजित बृहत जिल्लास्तरीय महिला भेलामा व्यक्त गर्नुभएको हो ।
‘पैसा बाँडेर जित्नेले पछि पछुताउनु पर्नेछ । त्यो एक प्रकारको अपराध हो । पैसा, सामान बाँड्ने काममा यो पटक एमालेले अरु दललाई उछिन्यो । पैसा, सामान बाँडेर जितेको मतले चेतनाको स्तर बढ्दैन ।’
अध्यक्ष रोहितले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो – ‘आफुभन्दा ठूलो अर्को शक्तिको दास बन्न र झुक्न तयार हुनेहरु नेमकिपालाई सानो भनी हेपिरहेका छन् । सानो भनी हप्नेहरुविरुद्ध बदलाको भावका साथ उठ्नुपर्छ ।’
भेलामा नेपाल क्रान्तिकारी महिला संघकी अध्यक्ष अनुराधा थापामगर , नेमकिपा भक्तपुरका कार्यबाहक अध्यक्ष सुरेन्द्रराज गोसाई, भक्तपुर नपाकी उपमेयर रजनी जोशी, महिला नेतृहरु कमलमैंया सुवाल, मनशोभा त्वाती, गीता काफ्ले, कमला गिरी, नजरमाया बाटी र सुलोचना छ्वाजूले पनि बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *