भर्खरै :

सूर्यविनायकमा अनलाइन शुभकामना कार्यक्रम

भक्तपुर, ३० कार्तिक । नेपाल संवत् ११४१ को उपलक्ष्यमा सूर्यविनायक प्रगतिशील सांस्कृतिक समाजको आयोजनामा अनलाइनमा शुभकामना कार्यक्रम भएको छ ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले चाडपर्व, धर्म र विज्ञानको बारेमा आफ्ना विचार राख्ने क्रममा शासकहरूले धर्मको नाममा शासन गरेको र भगवानले संसारको सिर्जना गरेको विचार जनतामाझ थोपरेको बताउनुभयो ।
उहाँले बाइबलले भ्रम सिर्जना गरेको र विज्ञानले ब्रह्मालाई झूटो सावित गरेको बताउनुभयो । नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएको तर पृथ्वीनारायण शाहको पालादेखि शक संवत् प्रचलनमा ल्याएको र राणाकालदेखि विक्रम संवत् प्रचलनमा ल्याएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा सूर्यविनायक नगर समितका अध्यक्ष सूर्यभक्त त्वातीले सरकार जनउत्तरदायी नभएकोले जनता एकजुट हुनुपर्ने र सरकारका गलत क्रियाकलापको विरोध गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति तथा सूर्यविनायक प्रगतिशील समाजका अध्यक्ष काजीबहादुर पञ्चले प्रधानमन्त्रीले भारतका रअ प्रमुखलाई भेटेर गलत काम गरेको बताउनुभयो । कार्यक्रममा श्यामकृष्ण खुलिमुलीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *