भर्खरै :

प्रजग कोरियाको नियमित सेना स्थापनाको समय

सन् १९४५ अगस्ट १५ का दिन जापानी साम्राज्यवादी सैनिक शासनबाट कोरिया मुक्त भयो । यससँगै नयाँ मुलुकको भरपर्दो निर्माण र सार्वभौमिकताको रक्षाको निम्ति एक नियमित सेनाको निर्माण अत्यावश्यक बन्यो ।
तथापि, सारा कोरियाली जनताको हात रित्तो रहेको त्यस अवस्थामा त्यो काम त्यति सहज भने थिएन । त्यस समय कोरिया आधुनिक सैन्य विज्ञान तथा प्रविधिबाट सुसज्जित सेना एवम् कार्यकर्ता अभावको सामना गर्दै थियो । साथै, सैन्य सामग्री उत्पादन तथा वितरण गर्ने उद्योगको पनि कमी थियो ।
यद्यपि, नयाँ कोरियाका नेता किम इल सङले कोरियाली क्रान्तिकारी जनसेनालाई नै कोरियाको नियमित सेनाको रूपमा विकास गर्ने निर्णय गर्नुभयो । यसले तत्कालीन परिस्थितिलाई सम्बोधन गर्नुका साथै क्रान्तिकारी सैनिक बल निर्माणको वैधानिक आवश्यकता पनि पूर्ति गथ्र्यो ।
सन् १९४५ को नोभेम्बरमा कोरियामा सैनिक तथा राजनैतिक कार्यकर्तालाई तालिम दिने पहिलो शैक्षिक संस्था स्थापनाका निम्ति उपयुक्त स्थान छनोट गर्न उहाँले जिउल–रि, तामि, रोङग्याङ, दक्षिण–प्योङयाङ लगायतका क्षेत्रहरूको भ्रमण गर्नुभयो । विद्यालय शिक्षा क्रान्तिकारी हुनैपर्नेमा जोड दिँदै उहाँले कोरियाली क्रान्ति तथा जनाताको सेवामा क देखि ज्ञ सम्म आस्थावान हुनुपर्ने बताउनुभयो । भविष्यमा आवश्यक पर्ने सैनिक तथा अन्य सैन्य सेवाका निम्ति नयाँ सैनिक विद्यालयहरू स्थापना गर्न संस्थाको विकास गर्नुपर्नेमा समेत जोड दिनुभयो । उक्त संस्थाको नाम ‘प्योङयाङ इन्स्टिच्यूट’ राखियो । यो नै कोरियाको स्वतन्त्रतापछि स्थापना गरिएको सबैभन्दा पहिलो संस्था बन्यो ।
यस संस्थाको मानार्थ प्रधानअध्यापकका रूपमा किम इल सङले शिक्षक तथा विद्यार्थीलाई पहिलो कक्षा लिनुभयो । सन् १९४६ को फेब्रुअरीमा संस्थाको उद्घाटन कार्यक्रमको सम्बोधनमा उहाँले बधाई सन्देश दिनुभयो ।
यस संस्थाको स्थापनासँगै जापानी साम्राज्यवादी सैनिक शासनमा आफ्नो मौलिक सेना नभएको कोरियामा पहिलोपटक सैनिक एवम् राजनैतिक कार्यकर्तालाई तालिमको निम्ति जग हाल्न सम्भव बनायो । पछि किम इल सङले सैनिक जवानको तालिम प्योङयाङ इन्स्टिच्यूटबाट अलग्ग गरी सेन्ट्रल सेक्युरिटी अफिसर्स स्कुलबाट विभिन्न सेवा तथा हतियारबारे तालिम दिने व्यवस्था गर्नुभयो ।
यससँगै नियमित सेनाको लागि सुहाउने पोशाक बनाउन किम इल सङले दिलोज्यान लगाउनुभयो । उहाँ भन्नुहुन्थ्यो, “जनसेना जनताको सच्चा सेना हो । सेनाले जनताको सेवा गर्छ भन्ने सन्देश उसको पोशाकमा झल्किनुपर्छ ।” उहाँले सेनाको अधिकारीहरूको पोशाकको बाहुलामा रातो चिह्न राखी सिलाउन दिनुभयो । जसको अर्थ कोरियाली भाषामा मानिस हुन्छ । साथै, जनसेनाको टोपीमा त्यो चिह्न राख्न लगाउनुभयो । उहाँको मार्ग निर्देशनमाा यो काम तिव्रताका साथ सम्पन्न भयो । सन् १९४७ को मे महिनासम्ममा कोरियाका सम्पूर्ण सैनिक जवानले आफ्नो पोशाक पाइसकेका थिए ।
कोरियाको नियमित सेनाको निर्माणका लागि किम इल सङले आवश्यक सङ्गठनात्मक परिमार्जन गर्नुभयो । सैनिकहरू नयाँ ढङ्गले स्थापित गर्नुभयो । नीति नियम तथा निर्देशिका, सैनिक आचारसंहिताको निर्माण तथा कार्यान्वयन गर्नुभयो ।
सन् १९४६ को सेप्टेम्बरमा उहाँले गीतकारहरूलाई सैनिकहरूले गाउने गीत रच्न लगाउनुभयो । त्यसको शीर्षक ‘पिपल्स आर्मी मार्च’ राखियो । नियमित क्रान्तिकारी सैनिक बललाई एकीकृत निर्देशन हुने गरी सन् १९४८ को फेबु्रअरीमा उत्तर कोरियाली जन क्रान्तिअन्तर्गत एउटा राष्ट्रिय रक्षा ब्यूरोको स्थापना गर्नुभयो ।
अन्ततः सन १९४८ को फेबु्रअरी ८ का दिन प्योङयाङमा सम्पन्न एक भव्य कार्यक्रमबीच कोरियाली जन सेना स्थापनाको घोषणा भयो । उक्त दिन किम इल सङले सैनिक परेड अवलोकन गर्दै विभिन्न क्षेत्रका प्रतिनिधिहरूका साथ लाखौँ जनताको उपस्थितिमा ‘कोरियाली जन सेनाको स्थापनाको अवसरमा’ एक ऐतिहासिक सम्बोधन गर्नुभयो ।
उक्त सम्बोधनमा जापानविरोधी क्रान्तिकारी सङ्घर्षको गौरवपूर्ण इतिहास स्मरण गर्दै उहाँले भन्नुभयो, “कोरियाली जनसेना मजदुर, किसान र अन्य कामदार जनताका छोराछोरीबाट निर्माण भएको एक सच्चा जनताको सेना हो । यस सेनाले कोरियाको स्वतन्त्रताको रक्षाका निम्ति र कोरियाली जनताको सुखी जीवनका निम्ति बाहिरी आक्रामक शक्ति र आन्तरिक प्रतिक्रियावादी शक्तिविरुद्ध लड्नेछ ।”
कोरियाली जनसेनाका रूपमा नियमित क्रान्तिकारी सेनाको स्थापनासँगै कोरियाली जनताले विगतको राज्यविहीनताको तितो स्थिति अनुभव गर्न परेन । आफ्नो मुलुकको स्वतन्त्रता र शत्रुको आक्रमणबाट राष्ट्रिय सार्वभौमिकताको दृढतापूर्वक रक्षा गर्न सक्षम बन्यो ।
सिमचोल योङ
कोरिया टुडे, जुच्छे १०९ (२०२०)

Leave a Reply

Your email address will not be published. Required fields are marked *