संयुक्त राष्ट्रसङ्घद्वारा गाजापट्टीमा जारी इजरायली आक्रमणको निन्दा
- जेष्ठ १९, २०८३
सर्वहारा वर्गका महान गुरूहरू कार्ल माक्र्स र फ्रेडरिक ऐँगेल्सद्वारा लिखित सर्वाधिक चर्चित र प्रसिद्ध ‘कम्युनिस्ट घोषणापत्र’ सोमाली भाषामा पनि प्रकाशित हुने भएको छ । बाका स्युसिगा (Booqa Shuciga) शीर्षकमा लेखक एवम् अनुवादक अवदियजिज माहदी (Abdiaziz Mahadi) ले सोमाली भाषामा अनुवाद गरेको कम्युनिस्ट घोषणापत्र हिल प्रेस (Hill Press) ले यो वर्षमा प्रकाशन गर्ने जनाएको छ ।
अनुवादक माहदीले TFT World सँगको कुराकानीमा कार्ल माक्र्सलाई सोमाली पाठकहरूले आफ्नै भाषाका माध्यमबाट चिन्न र बुझन् सकून् भन्ने चाहनाअनुरूप कम्युनिस्ट घोषणापत्र अनुवाद गरेको विचार व्यक्त गर्नुभयो । बोलीचालीका हिसाबले विश्वकै पुरानो भाषामध्येको एक सोमाली भाषामा कम्युनिस्ट घोषणापत्रको प्रकाशनले अन्य महत्वपूर्ण दस्तावेजहरू पनि अनुवाद गर्न उत्प्रेरणा मिल्ने र यसप्रकारको दस्तावेजहरूको अनुवादले सोमालीभाषाका शब्दावली र वाक्यांशहरूलाई समृद्ध बनाउन टेवा पुग्ने व्यक्त गर्नुभयो ।
अनुवादित पुस्तक प्रकाशनपछिको प्रभाव सम्बन्धमा सोचिएको प्रश्नको जवाफमा लेखक माहदीले सोमाली भाषामा उपलब्ध सीमित पुस्तकमा माक्र्सलाई सोमाली पाठक र लेखकहरूले आफ्नै मातृभाषामै छलफल बहस र नयाँ विचार र धारणा निर्माण गर्न सहज वातावरण सृजना हुनु महत्वपूर्ण पक्ष रहेको विचार राख्नुभयो ।
साथै लेखकले मेजर जनरल मोहम्मद सियाद बार्रे (Mohammed Siad Barre) ले लामो शासन गरे तापनि कम्युनिस्ट घोषणापत्रलगायत कुनै पनि माक्र्सवादी दर्शन, सिद्धान्त र त्यससँग सम्बन्धित पुस्तकहरू सोमाली भाषामा अनुवाद गरेको आफ्नो जानकारीमा नरहेको दाबी गर्नुभयो ।
स्रोत: TFT World.com
Leave a Reply