भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
कुनै पनि व्यक्ति, समाज र देशको पहिचान त्यस व्यक्ति या देशको कला, संस्कृति र सम्पदाले दिने गर्दछ । व्यक्ति र समाजको कला, संस्कृति र सम्पदाको विनासले त्यस व्यक्ति र समाजको अस्तित्व नै सङ्कटमा पर्दछ । त्यसैले हरेक नागरिकले आ–आफ्नो कला, संस्कृति र सम्पदाको अस्तित्वलाई जोगाउनुपर्दछ । त्यस देशको सरकारले पनि स्थानीय कला, संस्कृति र सम्पदालाई जोगाउनुपर्दछ । यसबाट त्यस देशको पहिचान र अस्तित्व बचाउनुका साथै पर्यटन व्यवसायलाई प्रवद्र्धन गरी राजस्व वृद्धिमा मद्दत गर्दछ । स्थानीय निकायले पनि आ–आफ्नो ठाउँको कला, संस्कृति र सम्पदालाई प्रवद्र्धन गर्न सक्रिय भूमिका खेल्नु आवश्यक छ ।
नेपालमा ७५३ स्थानीय निकायहरू छन् । भक्तपुर नगरपालिका पनि एक हो । यस नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूले शतप्रतिशत जीत हासिल गरेको छ । वर्तमान अवस्थामा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू स्थानीय निर्वाचनमा गरेका प्रतिबद्धताहरू पूरा गर्न क्रियाशील छन् । नेपाल मजदुर किसान पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय निर्वाचन घोषणापत्र २०७४ मा कला, संस्कृति र सम्पदा संरक्षणमा प्रतिबद्धता जनाएको थियो । त्यस घोषणा पत्रअनुसार ‘नगरको कला–संस्कृति र सम्पदा संरक्षण गरी पर्यटन उद्योगलाई प्रोत्साहित गर्ने तथा सांस्कृतिकरूपले महत्वपूर्ण र विश्व सम्पदा क्षेत्रका निजी घरहरू पुनःनिर्माण गर्न आवश्यक जनशक्ति तालिम दिने र निर्माण सामग्री सहुलियत उपलब्ध गराइने” उल्लेख छ । त्यस्तै नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति भक्तपुर नगरपालिकाले स्थानीय तह निर्वाचनमा भक्तपुर नगरपालिकाको लागि नेपाल मजदुर किसान पार्टी घोषणापत्र २०७४ प्रकाशित गरेको थियो । उक्त घोषणापत्रको बुँदा नं. ४ मा कला संस्कृति÷पर्यटन शीर्षक दिई ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नारालाई सार्थक बनाउने उल्लेख छ । भक्तपुरका कला र संस्कृतिलाई व्यवसायीकरण गर्ने उल्लेख छ । स्थानीय घोषणापत्र र केन्द्रीय निर्वाचन परिचालन समितिले प्रकाशित गरेको घोषणापत्र सार्थक गर्न भक्तपुर नगरपालिकाले स्थानीय कला, संस्कृति र सम्पदा संरक्षण गर्नको लागि नीतिगतरूपमा नै ऐन पारित गरी कार्यान्वयमा ल्याएको छ । भक्तपुर नगरपालिकाले गर्दै आएको भक्तपुरको स्थानीय कला, संस्कृति र सम्पदा संरक्षण देशका स्थानीय निकायहरूको लागि उत्कृष्ट उदाहरण बन्न पुगेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाको पाँचौँ नगर सभा २०७६ ले कला संस्कृति र सम्पदा संरक्षण एवम् संवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ पारित गरेको थियो । भक्तपुर नगरपालिकाले २०७६ पुस ३ गते खण्ड ३, सङ्ख्या ११ मा प्रकाशित राजपत्रमा ‘कला, संस्कृति र सम्पदा संरक्षण एवम् संवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६’ उल्लेख छ । यस ऐनको दफा २ (ख) ले कला संस्कृतिको परिभाषित गरेको छ । जसअनुसार ‘कला संस्कृति’ भन्नाले समाजमा प्राचीनकालदेखि सामाजिक सदस्यका नाताले मानिसले तत् समाज सापेक्ष सोच्ने, विचार गर्ने, कार्य गर्ने, खाने, पिउने, बोल्ने, व्यवहार गर्नेलगायत चाडपर्व, नाचगान, भजन, साहित्य, कला, वास्तु आदिसँग सम्बन्धित व्यवहार, ज्ञान, प्रविधि र क्रियाकलापहरूको समुच्चतालाई जनाउनेछ । त्यस्तै दफा २ (ग) ले प्राचीन सम्पदाको परिभाषा दिएको छ । जसअनुसार ‘प्राचीन सम्पदा’ भन्नाले इतिहास, कला, विज्ञान, वास्तुकला वा स्थापत्यकलाको दृष्टिकोणले महत्व राख्ने सार्वजनिक सम्पत्ति एक सय वर्ष नाघेको मन्दिर, स्मारक, घर, देवालय, शिवालय, मठ, घाट, पोखरी, विहार, स्तुप आदि सम्झनुपर्छ र सो शब्दले स्मारक रहेको ठाउँ र राष्ट्रिय वा अन्तर्राष्ट्रिय दृष्टिकोणले विशिष्ट मूल्य राख्ने एक अर्कोसँग जोडिएको वा एकै इलाकामा बेग्लाबेग्लै रूपमा अवस्थित मानव बस्ती वा स्थल र प्राचीन मानव बस्तीको अवशेष, प्राचीन स्मारकहरूको भग्नावशेष, गुफा आदि समेतलाई जनाउनेछ ।
त्यस्तै दफा २ (ट) ले प्राचीन धार्मिक स्थलको परिभाषा गरेको छ । जसअनुसार ‘प्राचीन धार्मिक स्थल’ भन्नाले देवताको मूर्ति राखी वा नराखी सजाइएका विभिन्न धर्मावलम्बीहरूले पूजा आराधना, प्रार्थना गर्ने कलात्मक स्थललाई जनाउनेछ । यस शब्दले मन्दिर, चैत्य, विहारलगायतका प्राचीन धार्मिक स्थललाई जनाउनेछ ।
भक्तपुर नगरपालिका क्षेत्रमा कला, संस्कृति र सम्पदा संरक्षण गर्न नगर प्रमुखको अध्यक्षतामा ११ सदस्यीय कला, संस्कृति सरंक्षण नगर समिति रहने व्यवस्था दफा ३ ले गरेको छ । जसमा उप–प्रमुख, जनप्रतिनिधि ३ जना, गुठी संस्थान, भक्तपुरका प्रमुख, स्मारक संरक्षण कार्यालय, भक्तपुरका प्रमुख, विज्ञहरू २ जना, सम्पदा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था रहेको छ । दफा ५ ले समितिको काम, कर्तव्य र अधिकार तोकेको छ । नगरभित्रका मठ, मन्दिर, चैत्य, विहार, पाटी, पौवा, सत्तल, देवालय, शिवालय, द्योछेँ, द्वार, चोक, राजकुलो, प्राचीन कलात्मक सम्पदा एवम् वस्तु आदिको लगत राख्ने, रेखदेख गर्ने, जीर्णोद्वार गर्ने र स्थानीय सरकारको बजेटले नपुगे प्रदेश सरकार र केन्द्रीय सरकारसमक्ष लगत इस्टिमेट पठाउने कार्य गर्दछ । प्राचीन कला–संस्कृति एवम् सम्पदाहरू यथास्थितिमा र कलात्मक स्वरूप जोगाई राख्न जनचेतना जगाउन विभिन्न कार्यक्रमहरू गर्ने कार्य गर्दछ । यस ऐनको दफा ५ (७) ले नगर क्षेत्रभित्रका पुरातात्विक, ऐतिहासिक एवम् सम्पदाको हिसाबले महत्वपूर्ण क्षेत्रलाई सिमाना तोकी सांस्कृतिक क्षेत्र घोषणा गर्न नगर कार्यपालिकामा सिफारिस गर्ने अधिकार पनि समितिलाई रहेको छ । यही दफालाई टेकेर भक्तपुर नगरपालिकाले भक्तपुर नगरको पुरानो बस्ती क्षेत्रलाई सांस्कृतिक नगर पनि घोषणा गरिसकेको छ । चुनावी घोषणापत्रमा पनि नगर क्षेत्रलाई सांस्कृतिक नगर घोषणा गर्ने नीति रहेको थियो । भक्तपुर नगर कार्यपालिकाले सांस्कृतिक नगर घोषणा गर्ने निर्णयले निश्चय नै नगरका जनताको आर्थिक स्तर वृद्धि गर्न निकै सघाउ पु¥याउनेछ भन्ने नगरका जनताको क्रयक्षमता वृद्धि गर्न मद्दत गर्दछ । सांस्कृतिक नगर घोषणाले पर्यटन व्यवसायमा टेवा पु¥याउनुका साथै भक्तपुरको पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत पुग्नेछ ।
सांस्कृतिक क्षेत्रभित्रका निजी सम्पदा घर, भवनलगायत लामो समयसम्म मुद्दा परी, विवाद भई वा सम्बन्धित धनीले बेवास्ता गरी जीर्ण वा नष्ट हुने अवस्थामा पुगी उक्त सम्पदा वा घर, भवन लडी, भत्की, नासिने अवस्थामा देखिएमा विवादको अन्तिम किनारा भएपछि सम्बन्धित घर वा जग्गा धनीबाट लागत असुल्ने गरी त्यस्ता सम्पदाहरूको तत्काल पुनःनिर्माण र जीर्णोद्वार गरी संरक्षण र संवद्र्धन गर्न नगरपालिकामा सिफारिस गर्ने अधिकार पनि समितिलाई रहेको छ । साथै सांस्कृतिक क्षेत्रभित्र मौलिक शैलीमा घर, भवन र निजी सम्पदा बनाउन एवम् पुनःनिर्माण गर्न अनुदानको लागि नगरपालिकामा सिफारिस गर्ने अधिकार पनि समितिलाई रहेको छ । यस व्यवस्थाले सम्पदामा गनिएका निजी घर, भवनहरू पनि कुनै कारणले नबनेको अवस्था छ भने नगरपालिकाले बनाउने सक्ने प्रावधान गरेबाट त्यस्ता सम्पदाहरू नासिनबाट जोगिनेछ । नगरपालिकाले गरेको यस कार्य निकै सराहनीय र महत्वपूर्ण छ । यसले नयाँ पुस्तालाई हाम्रो प्राचीन मौलिक शैलीका घर भवन तथा अन्य सम्पदाहरू पनि जोगिन गई धरोहरको रूपमा रहनेछ । वर्तमान समयमा भक्तपुर नगरभित्र धेरै मानिसहरूले पुरानै शैलीमा घरहरू बनाउने गरेको पाइन्छ । यसरी बनाउने व्यक्तिलाई नगरपालिकाले मोहदामा लाग्ने खर्चमा ३५ प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । त्यसरी अनुदान लिनेहरूको सङ्ख्या बढिरहेको छ ।
भक्तपुर नगरको निश्चित क्षेत्रभित्र सवारी आवागमन निश्चित सीमा र सयम तोकी निषेध गर्न सिफारिस गर्नसक्ने अधिकार समितिलाई रहेको छ । यस व्यवस्थालाई भक्तपुर नगर कार्यपालिकाले कार्यान्वयमा ल्याइसकेको छ । विगतमा भक्तपुरको दरबार
स्क्वायरमा सवारी आवागमनमा निषेध गरेको थियो भने जनप्रतिनिधि बहालीपछि पर्यटकीय क्षेत्र टौमढीलाई बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सवारी आवागमनमा रोक लगाएको छ । भक्तपुर नगर क्षेत्रभित्रको भार्वाचोदेखि च्याम्हासिंहसम्म सवारी आवागमन निषेध गर्ने जनताको माग आइरहेको छ ।
यस ऐनको दफा ६ (५) ले अर्को एउटा महत्वपूर्ण व्यवस्था गरेको छ । यस दफाअनुसार भक्तपुर नगरको पुराना बस्तीभित्रका घर जग्गाहरू स्थानीय नागरिकबाहेक अन्यले खरिद गर्न नपाउने गरी नगरपालिकाले रोक लगाउन सक्नेछ । यस व्यवस्थाले नगरभित्रको जनसङ्ख्यालाई एकातिर नियन्त्रण गर्दछ भने अर्कोतिर नगरभित्रको कला, संस्कृति, सम्पदा जोगाउनेछ । बाहिरका मानिसहरूको स्थायी बसोबासलाई यस दफाले निरुत्साहित गर्ने भएकोले स्थानीय मानिसहरूमात्र हुने भएपछि निश्चय नै यहाँको कला, संस्कृति र सम्पदाहरू संरक्षण हुनेछ । यस्तै व्यवस्था भारतको जम्मु काश्मीर प्रान्तमा पनि थियो । तर, हाल सत्तासीन भारतीय जनता पार्टीले केन्द्रीय संसदबाट कानुन पास गरेर जम्मु काश्मीरको विशेषाधिकार खारेज गर्नुका साथै केन्द्र प्रशासित राज्यमा परिणत गरको छ ।
यस ऐनले दण्ड र सजायको पनि व्यवस्था गरेको छ । दफा ७ (१) अनुसार कसैले प्राचीन सम्पदाहरूलाई बिगार्ने, मास्ने, क्षति पु¥याउनेलगायतका कार्यलाई सम्पदाविरुद्ध कार्य मानिने उल्लेख छ । यस्तो कार्य गर्ने व्यक्ति वा संस्थालाई रु. ५,००० देखि ५,००,००० सम्म जरिवाना र उक्त सम्पदा यथावत कायम गर्न, यथास्थितिमा निर्माण गर्न र नगरे नगरपालिकाबाट उपलब्ध हुने सबै सेवा रोक्का राखी प्रचलित कानुनअनुसार कारबाही गर्नसक्ने व्यवस्था गरेको छ ।
Leave a Reply