भर्खरै :

तिहारमा बजार अनुगमन

भक्तपुर, ३० कार्तिक । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवम् ३ नं वडाका वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा अनुगमन समितिका सदस्य एवम् ६ नं वडाका वडाध्यक्ष डा. हरिराम सुवालसहितको टोलीले टौमढीमा रहेको फलफुल पसलहरू अनुगमन ग¥यो ।
अनुगमनमा पसलेहरूले तिहारमा अति आवश्यक फलफुललगायत सामानहरूमा तौल नपुग्ने गरी बिक्री वितरण गरी उपभोक्ताहरूलाई ठगेको भनी जनगुनासोको आधारमा अनुगमन गरिएको संयोजक गोराले बताउनुभयो ।
अनुगमन गर्दा अधिकांश ढक तराजु नमिलेको काँटा २४ वटा, दुई किलो ढक २० वटा, एक किलो ढक ४४ वटा, आधा किलोको ढक ३० वटा, दुई सय ग्रामको ढक ६ वटा, सय ग्रामको ढक २ वटा, पचास ग्रामको ढक १ वटा र २० ग्रामको ढक १ वटा जफत गरेको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *