भर्खरै :

१४ औँ पञ्चवर्षीय योजनाको नक्साले शताब्दी लक्ष्य दोस्रो लक्ष्य प्राप्तिको लागि बाटो कोर्नेछ

अबको एक महिनामा १३ औँ पञ्चवर्षीय योजना (सन् २०१६–२०२०) सकिँदै छ, यसैबीच चिनियाँ पार्टीको स्थापनाको सय वर्ष पुगेको अवसरमा लिइएको दुईवटा शताब्दी लक्ष्यको पहिलो लक्ष्य सबै क्षेत्रमा मध्यमस्तरको सम्पन्न समाज निर्माणको लक्ष्य प्राप्तितिर केन्द्रित छ ।
पेइचिङमा गत अक्टोबर २६ देखि २९ सम्म भएको चिनियाँ कम्युनिस्ट १९ औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकबाट १४ औँ पञ्चवर्षीय योजनाबारे एउटा महत्वपूर्ण बैठक थियो । जसमा सामाजिक तथा आर्थिक विकासको लागि आउँदो ५ वर्षका योजनालगायत २०३५ सम्मका लक्ष्यबारेमा छलफल भएको थियो ।
सन् १९४९ अक्टोबर १ का दिन चिनियाँ जनक्रान्तिको सफलताबाट स्थापित जनवादी गणतन्त्र चीनको सय वर्ष पुग्ने बेलाको लागि लिइएको शताब्दी लक्ष्यको दोस्रो लक्ष्य अर्थात् चीनमा आधुनिक समाजवादी देश बनाउने लक्ष्यको विषयमा पनि सो बैठकको छलफल केन्द्रित थियो । सन् २०१७ मा चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ केन्द्रीय समितिले दुई चरणको दीर्घकालीन विकास योजना बनाएको थियो । पहिलो चरणमा सन् २०२० देखि २०३५ सम्ममा मध्यमस्तरको सम्पन्न देशको रूपमा आधुनिक समाजवादी देश निर्माण गर्ने र दोस्रो चरणमा २०३५ देखि २०५० सम्ममा विकसित, सम्पन्न, सबल, प्रजातान्त्रिक, सांस्कृतिकरूपले अगाडि बढेको सामञ्जस्यपूर्ण र सुन्दर देशको रूपमा चीनलाई विकास गर्ने लक्ष्य लिएको छ ।
यी दीर्घकालीन लक्ष्यहरू प्राप्त गर्ने दिशामा अगाडि बढ्न चीनलाई त्यति सहज भने छैन । हालको समय चीनको लागि रणनीतिक हिसाबले यी लक्ष्य प्राप्तिका लागि राम्रो अवसर हो । तर, अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको जटिलताका कारण यी लक्ष्य प्राप्तिका अघिल्तिर ठूलो पहाड नै उभिएको छ । अन्तर्राष्ट्रिय परिवेशमा भएका उतारचढावहरू र आन्तरिक सामाजिक वातावरणमा केही केही विरोधाभास देखिए पनि चिनियाँ सरकार र जनताले स्पष्टसँग बुझेको छ कि चिनियाँ राष्ट्रको पुनर्जागरणको निम्ति दिगो, निष्पक्ष र कुशलतासहित अत्यन्त गुणस्तरीय विकासको खाँचो पर्दछ ।
सो पूर्ण बैठकबाट नवप्रवर्तित योजनाले जरो गाडेका संस्थागत तगाराहरूलाई पन्छ्याउँदै, महत्वपूर्ण क्षेत्रहरूमा अझ बढी सुधारको बाटोमा बढ्न अझ बढी साहसिक कदमहरूलगायतका उपाय अपनाउनुपर्ने आवश्यकता छ । नयाँ विकासका अवधारणासँगै आन्तरिक र बाह्य बजार बढ्नुका साथै बजारलाई अझ खुला गर्दै अन्तर्राष्ट्रियरूपमै समावेशी ढङ्गको विकासलाई अगाडि बढाउनेछ ।
‘पेइचिङ रिभ्यु’ को नोभेम्बर ५ को अङ्क ४५ को सम्पादकीय

Leave a Reply

Your email address will not be published. Required fields are marked *