सत्यमोहन जोशीको गन्तव्य : अरनिकोको खोज
- असार ३, २०८३
केही मानिसहरू भन्छन्, “साँच्चै नै क्रान्तिकारी सेनामा फेरिनाका लागि महान् क्रान्तिकारी सेनाका सबै जोधाहाहरूमा पूराका पूरा सही र प्रस्ट विचारहरू हुनैपर्छ ।” यसो हेर्दा त यो अत्यन्त जायज र पूराका पूरा क्रान्तिकारी कुराजस्तो देखिन्छ । तर, वास्तवमा यो कुरा असम्भव माग र खालि रित्तो गन्थन हो, क्रान्तिलाई विषाक्त पार्ने चास्नी लाएको गोली हो ।
मानिसहरू हात बाँधेर हाँसून् र निहुरिऊन् अनि “सारा संसार शान्तिमय होओस्” भनेर साम्राज्यवादीहरूको जाँतोमुनिका सम्पूण मुलुकलाई ‘विश्वव्यापी प्रेम’ सिकाउनु जतिकै नै यो असम्भव छ । क्रान्तिका वैरीहरूमुनि, हाम्रो सबै देशवासीहरूलाई सही किसिमबाट विचार गर्न लाउन र कुरा तथा कामबाट फेर्नु पनि उत्तिकै असम्भव हुन्छ । नौलो क्रान्तिकारी—शक्तिका जोधाहाहरूले साझारूपमा लिएको एउटै विचार यथास्थितिप्रति विरोध हो । उनीहरूका अन्तिम उद्देश्यहरू वास्तवमा निकै भिन्नाभिन्नै छन् । कोही समाजको लागि विद्रोह गर्छन्, अरू गुटका लागि, आइमाईका लागि, आफ्नै लागि वा आत्महत्या गर्ने साधनका रूपमा विद्रोह गर्छन् । तर, क्रान्तिकारी सेना भने अघि लम्कन्छ किनभने यस अभियानमा वैरी समूहवादीको गोलीले जस्तै व्यतिmवादीको गोलीले पनि मारिनसक्छ र कस्तै खालको सिपाही मारिन्छ र घाइते हुन्छ भने पनि सेनाका जुझारू शक्तिमा उत्तिकै नोक्सान पुग्नेछ । वास्तवमा अन्तिम उद्देश्यमा भिन्नता रहेकोले, सङ्घर्षताका जवानहरू (सङ्ग्राम छोडी) अन्त लाग्छन्, भाग्छन्, पथभ्रष्ट हुन्छन् वा पाखण्डीमा फेरिन्छन् । तर, अघि लम्किरहुञ्जेल समय बित्दै जाँदा भने उनीहरूको सेना कम छ्यासमिसे र अझ राम्ररी प्रशिक्षित हुनेछ ।
येह युन–छनको ‘दश वर्षमात्र’ का लागि भूमिका लेख्ता मैले यो एक जना मानिसले समाजका लागि गर्नसक्ने काम गर्दा भएको हो भनी विचार गर्थेँ । यो उपन्यासको नायकले मोर्चामा गएर प्रहरीको काम ग¥यो । (हुन त उसलाई कसैले पनि बन्दुक चलाउने काम कहिल्यै सिकाएको थिएन) त्यसकारण ऊ आफ्ना घुँडा समाएर विलाप गर्ने वा आफ्ना द्वेष जनाउने ती विद्वानहरूभन्दा बढी नै व्यवहारिक थियो । सबै जोधाहरूमा सही दृष्टिकोणहरू हुनैपर्छ र उनीहरू स्पात जत्तिकै दरो हुनुपर्छ भनी ढिपी कस्नु त सबभन्दा अनुचित काल्पनिक सपना देख्नु हो ।
तर, पछि मैले उक्त नायक आफ्नो व्यक्तिगत मनसायहरूकै लागि (सेनामा) सम्मिलित भएकोमा गहिरो असन्तुष्टि व्यक्त गर्दै ‘शुन पाव’ मा प्रकाशित अझ तीखो र बढ्ता उग्र आलोचना बढेँ । ‘शुन पाव’ शान्तिकै पक्षमा मात्र र क्रान्तिको चर्को विरोधमा रहेकोले पहिलो हेराइमा नै यो असङ्गतिपूर्ण देखिन्छ । तर, हेर्नामा उग्र क्रान्तिकारी– वास्तविकरूपमा भने अत्यन्त अक्रान्तिकारी वा प्रतिक्रान्तिकारी व्यक्तिवादी टिप्पणीकारले यस्तो पत्रिकालाई सुहाउँदो यस्तो आलोचना कसरी गर्नसक्छ भन्ने कुरा मलाई व्याख्या गर्न दिनुस् ।
एक थरी पतनोन्मुख हो । निश्चित आदर्शहरू वा सामथ्र्यको अभावमा, ऊ क्षणिक मनोरञ्जनको खोजीमा यताउति लाग्छ र कुनै खास आनन्दबाट चाँडै नै थाकेपछि उसलाई नयाँ उत्तेजनाको खोजीमा लाग्नुपर्ने हुन्छ, ऊ खालि सबभन्दा चर्को उद्वेगमा मात्र आनन्द लिन सक्छ । उसका लागि क्रान्ति एउटा नौलो उत्तेजना हो । यो कुरा खञ्चुवालाई पनि लागू हुन्छ, जसको तालु अति थाकेको छ र रुचि बिग्रेको छ, आधा वटुको भात खानुभन्दा पहिले, उसले पसिना काढ्न एक मुट्ठी मरिच वा खुर्सानी खानैपर्छ । ऊ पूराका पूरा पच्चीसै आनाको क्रान्तिकारी लेख चाहन्छ । युगको कुनै पनि दोष त्यसमा देखिने बित्तिकै ऊ आँखीभौँ खुम्च्याउँछ र यो त परालको त्यान्द्रो जतिको पनि भएन भनी विचार गर्छ । त्यस कुराले उसलाई आनन्द दिउञ्जेल, तपाईँ सत्य कुराबाट पन्छिनुभयो भने पनि उसलाई केही छैन । क्रान्तिको स्वागत गर्ने तर क्रान्तिले आफ्नो पतनोन्मुख जीवनमा हात हाल्ने भएपछि क्रान्तिप्रति घृणा गर्ने पतनोन्मुख फ्रान्सेली कवि वोडलेयरबारे हरेकलाई थाहा छ । त्यसो भएकोले लेख्ता क्रान्तिकारीहरू–क्रान्तिअघिका अत्यन्त पूर्ण, प्रचण्ड क्रान्तिकारीले क्रान्ति आइपुगेपछि आफूलाई नै थाहा नहुने गरी आफूले लाइरहेका मुखुन्डो च्यातच्युत पार्छन् । सुरूका केही असफलतापछि नै आफूसित स्थिति छ भने (वा पैसा छ भने) टोकियोको पूर्व वा पेरिसको पच्छिमपट्टि दगुर्ने चेङ फाड–उ जस्ता ‘क्रान्तिकारी लेखकहरू’ लाई यस्ता घटनाहरू उल्लेख गरिनुपर्छ ।
अर्को थरीको वर्गीकरण गर्नु कठिन छ । तिनीहरूको मुख्य कुरा के भने तिनीहरूको कुनै दृढ धारणाहरू हुँदैन । त्यसैले तिनीहरू जहिले पनि अरूलाई बेठीक र आफू भने जहिल्यै ठीक ठान्छन् । अन्तिम विश्लेषणमा यी यथास्थितिसित अत्यन्त सन्तुष्ट भएकाहरू हुन् । आलोचकहरू भएर बोल्दा तिनीहरूले अर्को पक्षको मुख थुन्न कुनै पनि विषयलाई जथाभावी लिन्छन् । पारस्परिक सघाउको खण्डन गर्न तिनीहरू अस्तित्वको लागि सङ्घर्षको विषयमा बोल्छन् र अस्तित्वको लागि सङ्घर्षको खण्डन गर्नुपर्दा तिनीहरू पारस्परिक सघाउने विषयमा बोल्छन् । शान्ति–वार्ताको विरोध गर्न तिनीहरू वर्ग–सङ्घर्षको वकालत गर्छन् र वर्ग–सङ्घर्षको विरोध गर्न विश्वप्रेमको पक्षमा बोल्छन् । आदर्शवादीसित वादविवाद गर्दा तिनीहरू भौतिकवादी अडान लिन्छन् र भौतिकवादीहरूको खण्डन गर्नु पर्दा आफू आदर्शवादीमा फेरिन्छन् । छोटकरीमा रसियाली भस्र्ट (नापतौल) लाई नाप्न अङ्ग्रेजी नाप्ने छडी प्रयोग गरेर र इन्च नाप्नु प¥यो भने फ्रान्सेली नाप्ने छडी प्रयोग गरेर तिनीहरूले कोही पनि विशेष बिन्दुसम्म पुगेका छैनन् भन्ने कुरा पत्ता लगाउँछन् । कसैले पनि विशेष बिन्दुलाई छुन नसकेकाले तिनीहरू आफूलाई सुनौलो मध्य बिन्दुका एकमात्र व्याख्याकारहरू भन्ठान्दै हिँड्न सक्छन् र सधैँभरिका लागि सन्तोष लिनसक्छन् । तिनीहरूको मतअनुसार खोट भएका कुनै पनि कुरा राम्रा हुँदै हँुदैनन् । आजको संसार सतप्रतिशत सही हुन नसक्ने भएकोले सुरक्षित रहनाका लागि चुपो लाएर बस्ने राम्रो हुन्थ्यो । तर, चुपो लाएर बस्नु पनि ठूलो गल्ती हुनेछ । छोटकरीमा यस विश्वमा जीवन निकै नै गा¥हो छ र क्रान्तिकारी हुन स्वाभाविकरूपमा झन् बढी यस्तै हुन्छ ।
‘शुन पाव’ ले ‘दश वर्षमात्र’ को नायकलाई ठ्याम्मै क्रान्तिकारी नभएकोमा आलोचना गरे तापनि यसले सामाजिक विज्ञानसम्बन्धी अनुवादकहरूप्रति पनि तीखा छेडहरू हान्छ । त्यसो भएकोले रुचि जगाउन मरिच चपाउन खोज्न लाउने पतनोन्मुख विश्व–थकावतको छाप भएको यसको भित्री आत्माचाहिँ दोस्रो काँटमा पर्छ ।
स्रोत ः लुसुनका निबन्धहरू
Leave a Reply