यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
प्रजग कोरियाको उत्तर र दक्षिण ह्वाङहाइ, काङवन, उत्तर र दक्षिण हाम्योङ प्रान्तलगायतका क्षेत्रमा यस वर्षको वर्षात्को मौसममा अतिवृष्टिसँगै लगातार आएका आँधीले ठूलो जनधनको क्षति व्यहोर्नुप¥यो ।
कोरियाली मजदुर पार्टी र प्रजग कोरियाको सरकारले बाढी पीडित जनता र उनीहरूको समस्याबारे गहिरो सरोकार राख्दै जीवन चाँडोभन्दा चाँडो सामान्य बनाउन हरसम्भव उपाय अवलम्वन गरे ।
देशभरिबाट सक्षम निर्माण संस्था र कोरियाली जनसेनाका इकाईहरू बाढीग्रस्त क्षेत्रमा खटाइए । प्रभावित क्षेत्रको भ्रमणका क्रममा सर्वोच्च नेता किम जोङ उनले लेख्नु भएको खुल्ला पत्रको हार्दिक समर्थनस्वरूप राजधानी प्योङयाङबाट पार्टीका सदस्यहरू उत्तर र दक्षिण हाम्योङ प्रान्तका प्रकोप ग्रस्त क्षेत्रमा काम गर्न पुगे ।

बाढीले प्रभावित जनतालाई विगतको भन्दा राम्रो आवास उपलब्ध गराउने दृढ निश्चयका साथ उनीहरू साराले दिन–रात काम गरे । एकले अर्कोलाई सहयोग गर्ने र अरूको दुःखकष्टलाई पनि आफ्नैसरह सम्झेर उनीहरूले आफूलाई समाजको एक जिम्मेवार सदस्य भएको भावना प्रदर्शन गरे ।
पुनःनिर्माण कार्यक्रमलाई तीव्रता दिंदै उत्पादन वृद्धि गर्न पूरै देश एकजुट भयो ।
सेप्टेम्वर १७ का दिन बाढीबाट पु¥याइएको क्षतिको कुनै अंश बाँकी नरहने गरी काङबुक–रि, कुम्चोङ काउन्टी, उत्तर ह्वाङहाइ प्रान्तका जनतालाई नयाँघरमा गृह प्रवेश गराउने समारोहको आयोजना सफल पारियो । यसलाई पछ्याउँदै उत्तर र दक्षिण ह्वाङहाइ प्रान्त र काइसोङ सहरका पुन ः स्थापित क्षेत्रहरूमा अक्टोवर महिनामा यस्तै समारोहहरूको आयोजना गरियो ।
अक्टोवर १५ का दिन टाइचोङ–रि, उन्फा काउन्टी, उत्तर ह्वाङहाइ प्रान्तका बाढीका कारण घरवारविहिन स्थानीयहरू २ महिनाभन्दा छोटो समय अवधिमा नै सेनाले निर्माण गरेको ८२० नयाँभवनमा सरेका थिए । अक्टोवर १८ मा यस्तै कार्यक्रमहरू दक्षिण हाम्योङ प्रान्तको होङवोन काउन्टीका उन्फो र क्योन्फो जिल्लाहरूमा सम्पन्न भए ।
राजधानीबाट हिँडेका पार्टीका सदस्यहरू भट्केका बाटोहरू मर्मत गर्दै होङवोन र रिवोन काउन्टीका प्रभावित क्षेत्रहरूमा घटनाको १८ औं दिनमा पुगेका थिए । उत्कृष्ट भवनहरूको निर्माण सम्पन्न गर्न उनीहरूले २९ सेप्टेम्बरको दिनसम्म दिन–रात काम गरे ।
नयाँभवनका आवासहरू गहिरो भावनाले भरिएका छन् ।
कुम्चोन काउन्टीका कान्वुक सहकारी फार्मको कार्य समिति नं ३ का एक कृषक जाङ ¥योङहुई भन्छन्, “आँधीले मेरो घर भत्केको रात एक क्षणको लागि पनि म निदाउन सकिन । तर, आज आफ्नो सुन्दर नयाँ घर नियाल्दै गर्दा, म कामना गर्दैछु कि यो मेरो कल्पना मात्र नहोस् ।”
उन्फा काउन्टीको ताइचोङ–रिका एक स्थानीय वृद्ध याङ हि सोपले आँसु रसाउँदै भने, “बिना कुनै लगानी यो महलजस्तो घरमा म कसरी बस्दैछु, विश्वास गर्न सकिरहेको छैन । यदि कोरियाली मजदुर पार्टी नहुँदो हो त, प्राकृतिक प्रकोपबाट पीडित हामीहरूले यति महान उपलब्धिबाट सौभाग्यशाली हुँदै गरेको यो वास्तविकता कसरी कल्पनासम्म पनि गर्न सक्थ्यौँ होला ?”
Leave a Reply