यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
संरा अमेरिकामा हालै सम्पन्न निर्वाचनमा जो बाइडन र कमला ह्यारिस क्रमशः राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी बनेका छन् । बाइडन–ह्यारिसको जीत प्रशासन ठूला व्यापारिक घराना, पुलिस नेतृत्व, युद्ध सामग्रीका व्यापारी र ठूलठूला असफल बैङ्कहरूका लागि राम्रो समाचार हो तर बहुआयामिक समस्याले घेरिएका जनता र यस ग्रहका लागि राम्रो हुनेछैन ।
बाइडनले डोनाल्ड ट्रम्पलाई झिनो मतान्तरले हराउने अनुमान त पहिल्यै गरिएको थियो तर अन्तिममा आएर बाइडनलाई समर्थन गर्न आएका शासक वर्गले फेरि पनि जनता र यस ग्रहमाथि शोषण गर्नेछन् । निर्वाचन परिणामले २०२० को निर्वाचनलाई लिएर गरिएका डेमोक्र्याटहरूमाझ लोकप्रिय दुईवटा अनुमानहरूलाई गलत साबित गरिदिएको छ । मत सर्वेक्षणहरूले बाइडनले ट्रम्पलाई इलेक्टोरल कलेज मतमा ठूलो मतान्तरले हराउने अनुमान गरिएको थियो । बाइडनको झिनो मतान्तरको जीतले डेमोक्र्याटिक पार्टीले दावी गरेजस्तो सुनिश्चित विजयको कुनै सूत्र नभएको प्रमाणित गरेको छ ।
त्यसभन्दा महत्वपूर्ण त डेमोक्र्याटहरूले बाइडनको विजयलाई मानवताको विजय मानी प्रचार गरिरहेका छन् । तर, वास्तविकता यो होइन । पुनर्विचार गरौँ ! बाइडन र डेमोक्र्याट्सहरूले जनतालाई आफ्नो पक्षमा तान्नका लागि विगत चार वर्षमा संसद्का हलहरू हल्लाउने कुनै कुरा गरेका थिएनन् । न त डेमोक्र्याटिक पार्टीले ट्रम्पलाई पराजित गर्नका लागि निर्वाचनको अवधिमा जनतासमक्ष कुनै वाचा नै गरेको थियो । संरा अमेरिकामा कोभिड–१९ का कारण साढे २ लाखभन्दा बढी जनताले ज्यान गुमाए र करोडौँ जनताले आफ्नो रोजगार गुमाए तर न बाइडनले न त डेमोक्र्याटिक पार्टीले त्यसबारेमा एक शब्द केही बोलेका छन् । निर्वाचनमा बाइडन–ह्यारिसको जीतमा डेमोक्र्याटिक पार्टीको वैधानिकताले भन्दा बाइडनको लोभलाग्दो प्रस्तुति र उनका गुप्त सम्झौताहरूको योगदान बढी छ । त्यसैले यस विजयलाई मानवताको विजय भन्नु सही हुन सक्दैन ।
बाइडनको प्रशासनमा पनि मानवताले ठूलो मूल्य चुकाउनुपर्नेछ । काला जातिकाहरूको अमेरिकामा अझ खराब स्थिति हुनेछ । ट्रम्प र उनको प्रशासनका अधिकारीहरूले त ‘ब्लैक लिभ्स म्याटर’का कार्यकर्ता र काला जातिका जनताविरुद्ध खुल्ला युद्ध नै गरेका थिए तर बाइडनले पनि काला जातिको आन्दोलन दबाउन प्रहरी विभागलाई सङ्घीय कोषबाट ३० करोड डलरभन्दा बढी प्रदान गर्ने वाचा गरेका छन् । यसले काला जातिका जनताको नेतृत्वमाथि खतरा निम्त्याउने र गोरा जातिका मालिकहरूको प्रभुत्वलाई सुरक्षित राख्ने देखिन्छ ।
राष्ट्रपति ओबामा र उपराष्ट्रपति बाइडन हुँदाको शासनकालमा काला जातिका अमेरिकीहरूको सम्पत्ति तीव्र दरमा घटेको थियो । अहिलेको आर्थिक सङ्कट, बाइडनसित कामदार वर्गको सङ्कटमा राहत दिने कुनै योजना नहुनुले २००७–२००८ को आर्थिक मन्दीले राम्ररी उठिनसकेका करोडौँ काला अमेरिकीहरूको जीवनस्तर अझै खस्कनेमा दुईमत नहोला ।
डेमोक्र्याटिक पार्टीभित्रका वामपन्थी झुकाव राख्ने कतिपयले ट्रम्पको बहिर्गमनले नै कैयौँ महत्वपूर्ण क्षेत्रमा मानवताले व्यहोरिरहेको कष्ट निवारण हुने दावी गर्छन् । केही समाचार पोर्टलहरूले बाइडनले पेरिस जलवायु सम्झौता, इरानसितको आणविक सम्झौता र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा फर्कने बाइडनले इच्छा जताएको लेखेका छन् । यसले बाइडनलाई ट्रम्पभन्दा बढी प्रगतिशील अवश्य देखाएको छ । तर, बाइडनले मानवताको लागि काम गर्ने दावीमा तथ्यगत भूल अवश्य छ । बाइडन आफ्नो शासनमा परिवर्तन देखाउनका लागि आफ्नो संस्थागत पृष्ठपोषण प्रयोग गर्ने मनसायमा देखिन्छन् तर विश्वमाथि संरा अमेरिकाले लाद्दै आएको दुःखकष्टको दर घटाउन कदापि तयार छैनन् ।

बाइडनको पेरिस जलवायु सम्झौतामा फर्कने इच्छालाई उनको उत्पादन वृद्धि गर्ने प्रतिबद्धताले स्थगन गरिदिनेछ । अत्यन्त महत्वपूर्ण देखिएको इरानसितको सम्बन्ध सहजीकरण र प्रतिबन्ध हटाउने कुराको कुनै सुनिश्चितता छैन र मध्यपूर्व क्षेत्रमा साम्राज्यवादी प्रभुत्व कायम राख्ने उनको अर्को प्रतिबद्धताले निराशामा पु¥याउनेछ । ओबामा प्रशासनकालमा अमेरिकी युद्ध दुई देशबाट सात देशविरुद्ध पु¥याउन बाइडनले खेलेको भूमिका कसैले बिर्सन सक्दैन । डेमोक्र्याटिक पार्टीको नेतृत्व गरेको यस आठ वर्षको अवधिमा बाइडनले होन्डुरसमा निर्वाचित राष्ट्रपतिविरुद्धको सैनिक विद्रोहलाई साथ दिए, लिवियामा कर्णेल कद्दाफीलाई अपदस्थ गरे र सिरियाविरुद्ध छद्म युद्धमा सहयोग गरे ।
जहाँसम्म बाइडनको डब्ल्युएचओमा फर्कने प्रतिबद्धता छ, त्यसमा उनको स्वार्थलाई बिर्सन मिल्दैन । उनले सधैँ नै स्वास्थ्योपचारमा एकै संस्थाले खर्च व्यहोर्ने ढाँचाको सधैँ विरोध गर्दै आएका छन् र स्वास्थ्योपचार उद्योग (बीमा कम्पनी र अस्पताल) हरूबाट ठूलो रकम चन्दा पनि प्राप्त गर्दै आएका छन् । यसको अर्थ उनले संरा अमेरिकाको स्वास्थ्योपचारलाई कहिल्यै सार्वजनिक स्वास्थ्योपचार प्रणालीमा लाने छैनन् भन्ने कुराको टुङ्गो हो ।
अमेरिकी कामदार जनताको हितका लागि बाइडन प्रशासनले केही गर्नेछ भन्ने कुराको एउटै आधार बाइडन र डेमोक्र्याटिक पार्टीको संयुक्त प्रशासन चल्नेछ भन्ने मात्रै हो । संरा अमेरिकी वित्तीय बजार वालस्ट्रिटले बाइडनको निर्वाचन प्रचार अभियानलाई ठूलो रकम चन्दा दिएको छ र उनको प्रशासनले उद्योगहरूलाई ज्याला घटाउन, उत्पादकत्व (कामदारमाथिको शोषण) बढाउन र पुँजी कमभन्दा कम व्यक्तिको हातमा केन्द्रीकृत गर्न समर्थन दिने पूरा विश्वासमा त्यो चन्दा दिइएको हो । बोइङ कम्पनीका सीईओले त स्पष्ट शब्दमा भनिसकेका छन् – निर्वाचनमा जो सुकै जितेपनि उनले बोइङको व्यापार नीतिको सेवा गर्नेछन् । बाइडनले कमला ह्यारिसलाई आफ्नो उपराष्ट्रपति घोषणा गरेपछि सेयरहरूको बिक्री कम भई स्टक सेयर बढ्यो । नोभेम्बर ४ का दिन रोयटर्सले त घोषणा नै ग¥यो पुँजीका मालिकहरू चुपचाप छन् किनभने नयाँ राजनीतिक शासकका रूपमा संसद् र ओभल अफिस (अमेरिकी राष्ट्रपति) मा जोसुकै निर्वाचित भएर आएपनि कुनै पनि मुख्य नीतिहरू परिवर्तन नहुनेमा उनीहरूलाई विश्वास दिलाइएको छ ।
बाइडनले निश्चय पनि सबै क्षेत्रको नीतिमा समग्रमा दक्षिणपन्थी नवअनुदारवादीका रूपमा शासन गर्नेछन् । उनले आफ्नो खेमामा भिœयाएका रिपब्लिकनका कैयौँ व्यक्तित्व र सुरक्षा मामिलाका उच्चपदस्थहरूको सङ्ख्या हिलारी क्लिन्टनको सन् २०१६ जत्तिकै ठूलो छ । एक सय जनाभन्दा बढी रिपब्लिकन प्रशासनका राष्ट्रिय सुरक्षाका नाममा युद्धपिपासु अधिकारीहरूले निर्वाचन हुने मितिको अन्तिम हप्तामा बाइडनलाई समर्थन दिएका थिए । सन् २००७–२००८ को आर्थिक सङ्कटका मुख्य जिम्मेवार ल्यारी समर्स बाइडनको निर्वाचन अभियानका सल्लाहकार रहेका छन् । पूर्वविदेशमन्त्री सुसन राइस र माइकल फ्लोर्नोय बाइडनको विदेश नीति निर्माणको टिममा रहने पक्कापक्की छ । यसको स्पष्ट सङ्केत विदेशमा हत्यारा युद्धहरूमा संरा अमेरिकाको खरबौँ डलरको खर्चले निरन्तरता पाउनेछ ।
अर्को प्रश्न पनि रहेको छ – के बाइडनले पहिलेका डेमोक्र्याटिक पार्टीका प्रशासनहरू जस्तै प्रभावकारी ढङ्गले शासन गर्न सक्लान् ? धेरैको अनुमान छ – सक्ने छैनन् । सक्नेछन् भन्ने धारणाको एउटै आधार डेमोक्र्याटिक पार्टीको वैचारिकता रहेको छ । तर, त्यो वैचारिकता पनि संरा अमेरिकाको सङ्कटको अवधिमा पङ्गू साबित भइसकेको छ । बाइडनको ‘राष्ट्रको आत्मा’ फर्काउने डिसेन्सी (भद्र) परियोजना अगाडि बढाउने क्षमतामाथि उनकै ‘धनीहरूको लागि आधारभूतरूपमा केही पनि परिवर्तन हुनेछैन’ धारणाले अवरोध गर्ने देखिन्छ । बाइडनसित चामत्कारिक व्यक्तित्व र प्रतिभाको अभाव पनि खट्कन्छ ।
चार वर्षको कटौती र राष्ट्रपतिको आफ्नै जनताविरुद्धको युद्धपछि करोडौँ अमेरिकी जनता डोनाल्ड ट्रम्प नामको व्यक्तिबाहेक अरू जो कसैलाई मत दिन तयार भएको अवस्थामा बाइडनले आफ्नो जीत चिट्ठामा पाएका हुन् । ट्रम्पले धनी र गरिबबीचको पुर्न नसकिने खाडललाई अझै गहिरो पारेर देशलाई खुलारूपमा वामपन्थी र दक्षिणपन्थी राजनीतिक ध्रुवमा विभाजित हुने सुनिश्चितता गरेका थिए । तर, सामाजिक शान्ति कायम राख्नका लागि बाइडनले ओभल अफिसलाई डेमोक्र्याटिक पार्टीभित्र र बाहिरका वामपन्थी शक्तिहरूलाई हैरान पार्न व्यापारिक शक्तिहरूलाई सङ्गठित पार्नमा लगाउनेछन् । बाइडनले सकेसम्म सामाजिक आन्दोलनहरूको चिहानभूमिलाई आफ्नो राजनीतिक जमिन फराकिलो पार्नमा लगाउनेछन् । शासक वर्गको शक्तिलाई प्रगतिमा लानका लागि एक ‘मध्यमखालको’ क्रान्ति घोषणा गरिने छ । सायद त्यसको सबभन्दा राम्रो उपाय भनेको ‘विवेकको विकास’को आह्वान हुनसक्छ । डेमोक्र्याटिक पार्टीले हालैमात्र सामाजिक प्रजातन्त्रको विरोध गरेको छ र रिपब्लिकनहरूले झैँ कामदार वर्गहरूको हितको पनि विरोध गरेको छ । डेमोक्र्याट्सहरूको सङ्कीर्णतालाई चुनौती दिने पर्याप्त अवसरहरू अगाडि रहेका छन्, जनताको शक्तिको साँचो अभ्यास गर्ने हो भने कैयौँ तगाराहरूलाई उखेलेर फ्याँक्नुपर्ने अवस्था छ ।
२०२० को निर्वाचनमा निर्वाचन प्रक्रियामात्र नभई सामाजिक आन्दोलनहरू राजनीतिले ध्यान दिनुपर्ने विन्दुका रूपमा देखिएको छ । जहाँ राजनीतिको अन्तर्राष्ट्रवादी दृष्टिकोण पनि विशेष महत्वपूर्ण भएको छ । बोलिभियामा एक वर्ष लामो संरा अमेरिका समर्थित सैनिक विद्रोहपछि सामाजिक आन्दोलनहरूले तिनीहरूको आफ्नो समाजवादी पार्टीलाई पुनः सत्तामा पु¥याउन सफल भएका छन् । समाजवादी देशहरू क्युवा, भियतनाम र चीनले आधारभूत तहमै व्यापक कार्यकर्ता परिचालन गरी कोभिड–१९ को महामारीलाई केही महिनाभित्रै नियन्त्रणमा लिए । साम्राज्यवादीहरूको आशाविपरीत इथियोपिया र इरिट्रियाले युद्धभन्दा शान्तिको लागि सीमा क्षेत्रमा सेना परिचालन गर्ने सहमति गरेका छन् । एक शताब्दीभन्दा अगाडिदेखि विश्वका विकासशील देशहरूमा प्रगतिको लहर बहेको छ । संरा अमेरिकामा भएको सबैभन्दा प्रगतिशील परिवर्तनहरू त्यहाँका जनसङ्गठनहरूको सक्रियताको परिणतिका रूपमा आएका छन् । संरा अमेरिकी राज्य स्वयम्ले भने आन्तरिकरूपमा कालो अमेरिका जस्तो आन्तरिक उपनिवेश कायम राखेको छ भने बाह्यरूपमा विभिन्न देशका आत्मनिर्णयको अधिकार खोसेर संरा अमेरिकी साम्राज्य विस्तारमा जोड दिइरहेको छ ।
संरा अमेरिकाको २०२० को निर्वाचन आयो र गयो पनि । हामीलाई के थाहा छ भने बाइडन क्रान्तिकारी परिवर्तनका घोर विरोधी हुन् । बाइडनको शासनकालमा मानवताको अझ ठूलो बिजोग हुनेछ, कामदार वर्गका जनतामाथि थप शोषण हुनेछ । कामदार जनता बाइडन र डेमोक्र्याटिक पार्टीको शत्रुतापूर्ण वर्गीय स्वार्थबारे थप परिचित हुनेछन् । वास्तवमा ट्रम्पलाई अमेरिकी जनताले मात्र होइन अमेरिकी व्यापारिक घरानाहरूले पनि मन पराउन छोडेका थिए । त्यसैले व्यापारिक घरानाको नियन्त्रण रहेको निर्वाचन प्रक्रियामा ट्रम्पलाई पनि अस्वीकार गरियो जसरी २०१६ मा हिलारी क्लिन्टनलाई गरिएको थियो ।
संरा अमेरिकाको राजनीति नवउदारवाद र पतनोन्मुख साम्राज्यवादले प्रदान गरेको साँघुरो सम्भावनामा सीमित भएको छ । शोषित–पीडित अमेरिकी जनताले मानवतालाई पूर्णतः ध्वंस हुनबाट जोगाउने ध्येयले शक्ति निर्माणको राजनीति सिर्जना गर्नु र समाहित हुनुको विकल्प छैन । त्यसका लागि बाइडन र सिङ्गो डेमोक्र्याटिक पार्टी समेत जनताको नयाँ विश्व निर्माणको लडाइँको प्राथमिक तारो हुन सक्नेछ ।
(Joe Biden’s victory is still a loss for humanity)
अनुवाद: प्रकाश
Leave a Reply