क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
भक्तपुर, ३ मङ्सिर । दस वर्ष । संसारका कति देशले दस वर्षको अवधिमा काँचुली फेरेका छन् । दस वर्षको अवधिमा मानिसकै जीवनमा पनि धेरै फेरबदल हुने गर्छ । इतिहासमा एक दसक भनेको छोटो अवधि पक्कै होइन । तर, भक्तपुरको नगरकोट सडक विस्तार र पुनःनिर्माण थालेको झन्डै दस वर्ष भइसकेको छ । सडकको काम भने अझै पूरा भएको छैन । दस वर्षको अवधिमा सात जना प्रधानमन्त्रीको नेतृत्वमा आठ वटा सरकार बनिसके । यो अवधिमा सो क्षेत्रमा एक पटक सङ्घीय संसद्, एक पटक स्थानीय तह र दुई पटक प्रदेशसभाको निर्वाचन भए । निर्वाचनमा सबभन्दा बढी चर्चाको विषय पनि नगरकोट सडक खण्ड नै बन्यो । गत वर्ष सम्पन्न प्रदेश सभा निर्वाचनमा प्रतिस्पर्धी सबै दलका प्रमुख चुनावी एजेन्डा नगरकोट सडक खण्ड विस्तार योजना चाँडोभन्दा चाँडो सम्पन्न गर्ने थियो । चुनावको समयमा केही ट्रक माटो र ढुङ्गा खसाल्ने काम भयो । चुनाव सम्पन्न भएपछि बाटोको काम अघि बढेन । सडकको अवस्था ज्यूँका त्यूँ रह्यो ।
शासक दलका सांसदहरू सम्मिलित एउटा संसदीय समितिले सो सडक विस्तार कार्यको अनुगमन पनि ग¥यो । संसदीय समितिको अनुगमनपछि समितिले निर्माण कार्य विलम्ब भएकोमा ठेकेदारलाई कारबाही गर्नुको साटो निर्माण अवधि थप गरिदियो । संसदीय समितिको अनुगमन हुन अघिल्लो दिन पनि ठेकेदारले केही ट्रक माटो फाल्ने काम गरेको थियो । संसदीय समितिले त्यही माटो हेरेर गयो र ‘बन्दै रहेछ’ भन्दै समय थप गर्न हरियो बत्ती देखायो । तर, त्यसपछि बाटो निर्माणको काम भने शङ्खेकीराको गतिमा अघि बढ्यो ।
पर्यटकीय स्थल नगरकोट जाने प्रमुख मार्ग यो सडकको दुरवस्थाले नगरकोटको पर्यटन व्यवसायीलाई गहिरो प्रभाव त पा¥यो नै । साथै चाँगुनारायण नपा वडा नं ५ छालिङ, वडा नं ६ बागेश्वरी, वडा नं ७ नगरकोट र वडा नं ८ सुडालका हजारौँ जनताको दैनिक जीवन र स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ । बाटो धुलाम्य र खाल्डाखुल्डी हुँदा स्थानीय जनतामा श्वासप्रश्वास, आँखा र ढाडका स्वास्थ्य समस्या देखिने पक्का छ ।
बाटोको दुरवस्थाबाट आजित स्थानीय जनताले धेरै पटक धेरै सरकारसमक्ष दबाबका अनेक गतिविधि गरिसकेका छन् । तर, शासक दलको उच्च नेतृत्वसँग नजिकको सम्पर्क र सम्बन्ध भएको सो योजनाका ठेकेदारलाई तसमस गर्न सकेको अवस्था छैन । नेकपा नेता पुष्पकमल दाहालको घरबेटी भनी चिनिएका योजना ठेकेदार शारदाप्रसाद अधिकारी र ठेकेदार शैलुङ कम्पनीमाथि कति पनि दबाब पु¥याउन सकेको देखिएको छैन । स्थानीय जनताको जायज आवाजलाई अधिकारीले सुनेनसुनेझैँ गरेका छन् । बरू शासक दल नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका केही स्थानीय नेताहरूलाई हातमा लिएर विरोधका आवाजलाई मत्थर बनाउँदै आएका छन् । जनतासामु चोखो बन्न विरोधको आवाज उठाए जस्तो गरे पनि शासक दलले ठेकेदार कम्पनीबाट लाभ उठाएर वास्तविक विरोधको आवाजलाई विषयान्तर गर्दै आएको छ । सडक नबन्नमा यस्ता खालका अनैतिक गठजोड पनि जिम्मेवार छ ।
नगरकोट सडक पूरा हुन अब कति समय लाग्ने हो, उत्तर कसैसँग छैन । सरकार र स्थानीय तह जिम्मेवारीबाट भागिसकेको छ । काम र जिम्मेवारी पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्ने कसले ? स्थानीय जनताले अझै कति वर्ष सडकको दुरवस्था भोग्नुपर्ने हो ? जनताले विरोध गर्दा केही ट्रक माटो खसालेर मुखमा बुझो लगाउने र पछि उही लोसेपना दोहोरिने नियति कहिलेसम्म ? अझ कति वटा दस वर्ष सकेपछि नगरकोट सडक बन्ने हो ?
Leave a Reply