क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
वाशिङ्टन, १८ नोभेम्बर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई आदेश दिएका छन् । राष्ट्रपति ट्रम्पले मङ्गलबार सो आदेश दिएको अमेरिकी पेन्टागनले जानकारी दिएको छ ।
पेन्टागनका अनुसार राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकबाट आगामी जनवरी महिनाको मध्यसम्ममा कम्तीमा पनि २ हजार ५०० जना अमेरिकी सैनिक फिर्ता गर्न भनेका हुन् ।
अमेरिकाका कार्यबाहक रक्षामन्त्री क्रिस्टोफर मिलरले सो कुराको जानकारी मङ्गलबार दिएका हुन् ।
प्राप्त समाचारअनुसार उनले जनवरी महिनाको मध्यसम्ममा अफगानिस्तानबाट २ हजार ५०० र इराकबाट पनि २ हजार ५०० जना अमेरिकी सैनिक फिर्ता गर्न हालै आदेश दिनुभएको मङ्गलबार जानकारी दिएको बताइएको छ ।
केही समय अघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आगामी क्रिसमस अघि नै चार हजार ५०० सैनिक फिर्ता गरिसकिने बताएका थिए । तर पनि यहाँका वरिष्ठ सैनिक र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले भने अहिले नै हतार गरेर अफगानिस्तान र इराकबाट अमेरिकी सैनिकको संख्या कटौती गर्न नहुने अडान राख्दै आएका छन् ।
नाटोको चेतावनी
उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का महासचिव जेन्स स्टोल्टेन्बर्गले अफगानिस्तानमा तैनाथ विदेशी सैनिकलाई हतार हतार स्वदेश फर्काइए त्यसबाट अफगानिस्तानको सेनाले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सैनिक ठूलो मात्रामा कटौती गर्ने घोषणाप्रति टिप्पणी गर्दै महासचिव स्टोल्टेन्बर्गले उक्त विचार अघि सारेका हुन् ।
उनले अफगानिस्तान अझै पनि अन्तर्राष्ट्रिय आतङ्कवादीको केन्द्रका रूपमा रहने सम्भावना रहेको बताउँदै यहाँबाट पश्चिमा मुलुकभित्र आक्रमणका योजना बन्न सक्ने भन्दै ‘चिन्ता’ व्यक्त गरे ।
महासचिव स्टोल्टेन्बर्गले सिरिया र इराकमा परास्त भएका आइसिसले अफगानिस्तानलाई आफ्नो केन्द्रका रूपमा उभ्याउन सक्ने खतरा रहेको बताए ।
उनले एक वक्तव्य जारी गर्दै भने, “नेटो गठबन्धनले अफगानिस्तानको शान्ति प्रक्रियालाई मद्दत गरेको छ । यस प्रक्रियाको एक हिस्साका रूपमा हामीले ठूलै मात्रामा सैन्य उपस्थितिलाई अफगानिस्तानभित्र सीमित गरिसकेका छौं ।”
अफगानिस्तानमा तैनाथ सैनिकको सङ्ख्याका बारेमा निरन्तर समीक्षा भइरहेको छ भन्दै उनले भने, “अहिले अफगानिस्तानमा तैनाथ विदेशी सैनिकको सङ्ख्या १२ हजारभन्दा कम भइसकेको छ । त्यसमध्ये आधाभन्दा बढी गैर–अमेरिकी सैनिक छन् ।”
अफगानिस्तानबाट अमेरिकी सैनिकको सङ्ख्या निरन्तर कटौती गरिए पनि नाटोले अफगान सैनिकलाई तालिम, परामर्श र सहायताका कार्यलाई निरन्तरता दिने स्पष्ट गरिसकेको छ । उनले भने, “हामी अफगान सैनिकलाई आगामी सन् २०२४ सम्म मद्दत गर्नेछौं ।”
गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आगामी क्रिसमस अघि नै चार हजार ५०० सैनिक फिर्ता गरिसक्नुबताएका थिए । तर वरिष्ट सैनिक तथा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले हतारमा सैनिक सङ्ख्या कटौती गर्न नहुने सुझाव दिएका थिए ।
Leave a Reply