भर्खरै :

कोरोनाको खोप विश्वको लागि नयाँ प्रयोग !

सुरुका दिनमा कोरोना भाइरस केही दिन रमेर खुरुक्क जाला भन्ने विश्वास थियो । आज भोलि भन्दाभन्दै कोरोना भाइरसले वर्ष दिन निरन्तरता पाएको छ । कोरोना अझै कति दिन रहिरहने हो, विश्वको कुन कुन भागमा फैलिने हो, कुनै यकिन छैन । विश्वका जनता कोराना भाइरसलाई छिट्टै बिदा दिन चाहन्छन् । तर, हालको लक्षण देख्दा कोरोना भाइरसले यति चाँडै बिदा लिएर जाने स्थिति देखिँदैन । विश्वका शक्ति राष्ट्रका ठूला नायकहरू कोरोना भाइरस विश्वव्यापी फैलिएर पनि त्यो रोग केही होइन आउँछ जान्छ भनिरहेका छन् । विज्ञहरू खोपबिना कोरोना भाइरस निर्मूल नहुने बताइरहेका छन् । वैज्ञानिकहरू खोप पत्ता लगाउन लागिरहेका पनि हुन् । खोपको परीक्षण भइरहेको र छिट्टै उपचारकै प्रयोगमा ल्याउने बताइरहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले विकासोन्मुख देशको लागि खोप वितरण गर्ने बनाएको योजनामा नेपालसहित एक सय ५६ मुलुक सहभागी हुने समाचार पनि प्रकाशमा आएको छ । हालसम्म अध्ययन अनुसन्धान गरेर पत्ता लागेको खोपको ९० प्रतिशत प्रभावकारी रहेको जानकारी पनि आएको छ । खोप पत्ता लगाउनु राम्रो काम हो । यो विश्वको लागि नयाँ प्रयोग पनि हो । समस्या देखिएपछि निदानको उपाय खोेज्नु आवश्यक पनि हो । खोप पत्ता लगाउने अनुसन्धन्तता, वैज्ञानिक तथा खोप पत्ता लगाउन क्रियाशील कुनै पनि देशको सरकार, पार्टी र चिकित्सकहरू धन्यवादका पात्र छन् ।
खोप लिइसकेपछि मात्रै कोरोना भाइरस अन्त्य हुने धारणा पनि देखिएको छ । पीडितले खोप लिएर रोग निको पार्ने एउटा पक्ष हो । तर, खोप लिनेलाई मात्र रोग नलाग्ने, अरूलाई लाग्ने हो भने रोग कसरी निर्मूल हुन्छ ? रोग लागे पनि नलागे पनि विश्वका सबै जनताले खोप लिनैपर्ने भयो भने त्यो अर्को समस्या हुनेछ । महँगो खोप हरेक परिवारका सदस्यले लिनुप¥यो भने त्यो खर्चिलो हुनेछ या खर्चको भार बढ्नेछ । सरकारले खोप निःशुल्क ग¥यो भने त ठिक्कै हुन्छ । यो रोग कुनै एक मुलुकमा निर्मूल भएर अन्त्य हँुदैन । यो रोगको अन्त्य संसारबाटै गरिनु आवश्यक छ । विश्वबाट रोग अन्त्य नभएसम्म यो रोग मान्छेबाट मान्छेमा सरिरहनेछ । एक देशका बासिन्दा हरेक देशमा पुग्न सकिन्छ, कहिले कहाँ पुग्छ ठेगान हँुदैन । कोरोना विश्वव्यापी बन्नुको कारण एक सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेरै हो । यो हिसाबले चाहेर पनि विश्वबाट एकैपटक रोग अन्त्य होला भन्ने लाग्दैन । रोग अन्त्यको निम्ति भइरहेको प्रयास ठिक्कै हो । केही महिनाभित्रै यो रोग विश्वबाटै अन्त्य होस् भन्ने कामना सबैको हो । अझ खोप नलिँदै अन्त्य भयो भने सुनमा सुगन्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *