भर्खरै :

‘श्रमिक’ साप्ताहिकबारे अन्तरक्रिया

काठमाडौँ, ४ मङ्सिर । नेपाल मजदुर किसान पार्टी, काठमाडौत् महानगर समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिकको अङ्क ४४ मा प्रकाशित विभिन्न लेख–रचनाबारे अन्तरक्रिया भएको छ ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले अन्धविश्वासविरूद्ध आन्दोलनको आवश्यकता भएको धारणा राख्नुभयो । उहात्ले मध्ययुगमा युरोपका पोपहरूले ‘स्वर्ग’ को बाटो खुला गर्न ‘पापमोचनपत्र’ बिक्री गर्ने हल्ला गर्दा मानिस तिनलाई विश्वास गरेर पछि लागेको भन्दै १६ औत् शताब्दीको सुरूवाततिर मार्टिन लुथरले ‘पापमोचनपत्र’ को विरोधमा छेडेको आन्दोलनले त्यस्तो अन्धविश्वास हटाएको उल्लेख गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले कुनै देवीदेवताको पूजा गर्नेबित्तिकै कसैको आयु बढ्छ, कोही स्वस्थ हुन्छ भन्ने धारणा अन्धविश्वास हो, शास्त्र मानिसको भलाइको निम्ति हो, मानिस शास्त्रको निरीह सिकार बन्नु हुत्दैन भन्नुभयो । शास्त्र पनि समयानुकूल बदलिनुपर्ने भन्दै उहात्ले मानिस जे काम गर्न पनि शास्त्र पल्टाउने र त्यही नै अन्तिम सत्य मान्नु गलत भएको तर्क गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले जनताको समस्या एकातिर राखेर शासक पार्टीभित्र सत्ताको कुकुरझगडा भइरहेको भन्दै पुत्जीवादी व्यवस्थाले गरिब जनताको समस्याप्रति बेवास्ता गर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपकिपाका केन्द्रीय सदस्य राजवीर डंगोल, वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवाल, पार्टी सदस्यहरू रमेश डंगोल, सुनिल महर्जन, श्रीकुमार महर्जन, सानुकाजी महर्जन, सुरेन्द्र महर्जन, नरेश महर्जनलगायतले विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *