भर्खरै :

अध्यक्ष माओकृत ‘सोभियत अर्थशास्त्रको आलोचना’: एक अध्ययन

सन् १९१७ मा रुसी अक्टोबर समाजवादी क्रान्ति सफल भएको ३२ वर्षपछि चीनमा समाजवादी क्रान्ति सफल भयो । रुसको भूमिमा माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक र व्यावहारिक प्रयोगबाट चिनियाँ जनता अभिप्रेरित भए । अध्यक्ष माओले भन्नुभएको थियो – “रुसी अक्टोबर क्रान्तिको तोपको आवाजले युगौँ–युगदेखि सुतिरहेका करोडौँ करोड चिनियाँ जनतालाई बिउँझाइदियो । रुसले नै चीनको माटोमा माक्र्सवाद हुर्काउने बाहिरी वातावरण दियो । रुसी क्रान्तिअघि चिनियाँ जनता लेनिन र स्तालिन मात्र होइन माक्र्स र एङ्गेल्स पनि चिन्दैनथे । क्रान्तिले चिनियाँ जनतालाई माक्र्सवाद–लेनिनवादको मार्ग प्रदान ग¥यो ।” इतिहासको अध्ययनले बताउँछ कि माक्र्सवाद–लेनिनवादको चिनियाँ माटो सुहाउँदो व्यावहारिक प्रयोगबाटै माओ त्से तुङ विचारधाराको जन्म भएको हो । चीनको परिवेश सुहाउँदो माओको विचारले चिनियाँ मजदुर–किसानको विजय र मुक्ति सम्भव भयो ।
चिनियाँ क्रान्ति सफलतापश्चात् चीन अब कसरी अगाडि बढ्ने ? प्रश्न तड्कारो थियो । समाजवादी व्यवस्था भएको देश रुसबाट के सिक्ने ? सम्पूर्ण ‘बेस’ र ‘सुपरस्ट्रक्चर’ मा रुसी मोडल अनुशरण गर्ने या चीनको मौलिक विचार अनुसार अगाडि बढ्ने ? चीनकै कति नेताहरूले रुसको अन्धनक्कल गर्ने प्रस्ताव राखे भने केहीले रुसको परिवेश सुहाउँदो विचार चीनका निम्ति श्रयेष्कर नहुने बताए । विशेषतः क्रान्तिपछि अर्थतन्त्रको सवाल प्रमुख थियो । सामन्तवादी र पुँजीवादी अर्थव्यवस्थालाई उल्ट्याएर नयाँ समाजवादी अर्थव्यवस्था स्थापना गर्नु एक रातमा सम्भव हुने विषय होइन, वर्षौँ वर्ष लाग्ने विषय थियो । त्यसका निम्ति चीनले पहिलो पञ्चवर्षीय योजनामा रुसको मोडल पछ्याएको देखिन्छ । पहिलो पाँच वर्षमा चीनको आर्थिक तथा सामाजिक परिवर्तन अत्यन्त न्यून देखिएपछि दोस्रो पञ्चवर्षीय योजना बनाउँदा अध्यक्ष माओले ‘ठूलो पाइला अगाडि’ (-Great leap forward) अभियानको अगुवाइ गर्नुभयो । उहाँले सोभियत सङ्घ र चीनको पृष्ठभूमिमा चालिएका आर्थिक तथा सामाजिक कदमहरूलाई पुस्तक ‘सोभियत अर्थशास्त्रको आलोचना’ (A critique of Soviet Economics) मा केलाउनुभएको छ । जनगणतन्त्र चीनको आर्थिक तथा सामाजिक अभियानको रूपमा चिनिने पहिलो चरणको ‘ठूलो पाइला अगाडि’ सन् १९५८ देखि १९६२ सम्म चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चल्यो । त्यो अभियान कृषिप्रधान अर्थतन्त्रबाट कम्युनिस्ट समाज निर्माण तथा जनकम्युन स्थापनाका निम्ति थियो । अध्यक्ष माओले चीनको अर्थतन्त्रमा रूपान्तरण, सामाजिक तथा सांस्कृतिकरूपमा अब्बल व्यवस्था खडा गर्न चाल्नुभएको महत्वपूर्ण पाइलामध्ये त्यो पनि एक थियो । आज चीन आर्थिकरूपमा जुन उचाइमा छ त्यसको जग अध्यक्ष माओको तत्कालीन अर्थनीति नै हो भन्ने सत्य पुस्तकले अवगत गराउँछ । बलियो जगविनाको अर्थतन्त्र जति उचाइमा गएपनि ढलेको उदाहरण थुप्रै छन् । माओले अर्थतन्त्रलाई चिनियाँ किसानको जीवनसँग जोड्नुभयो । अर्थतन्त्रलाई राजनीति, समाजिक र सांस्कृतिक व्यवस्थाभन्दा निरपेक्ष छोड्नुभएन । चीनको आवश्यकता र दिगो उन्नयनका निम्ति लिनुभएका अडानहरूको बारे राम्रो जानकारी पुस्तकमा पाइन्छ ।
पुस्तक ‘सोभियत अर्थशास्त्रको आलोचना’ माक्र्सवादी–लेनिनवादी राजनीतिक अर्थशास्त्रको आधारशिलामा माओले लेख्नुभएको पुस्तक हो । यो पुस्तक सन् १९५८ देखि १९५९ सम्मको समयमा तयार पार्नुभयो । ‘सोभियत सङ्घको समाजवादका आर्थिक समस्याहरू’ र सोभियत सङ्घको विज्ञान एकेडेमीबाट तयार पारिएको ‘राजनीतिक अर्थशास्त्र’ को पाठ्यपुस्तकमाथिको तार्किक खण्डन माओले गर्नुभयो । यस पुस्तकमा का. स्तालिनका केही आर्थिक कार्यनीतिमा पुनर्विचार गर्नुपर्ने सन्दर्भहरू छन् । कृषिमा सामूहिकीकरण र राज्यको भूमिका विषयमा स्तालिनको विचारमाथि मन्थन छ । सामाजवादी औद्योगिकीकरण कृषिमा सामूहिकीकरणको आवश्यक पूर्वावस्था हो भन्ने स्तालिनको विचार चीनको भूमिमा सान्दर्भिक भएन । ठूल्ठूला उद्योगको विकासलाई असन्तुलित ढङ्गले प्राथमिकतामा राख्ने पछिल्लो सोभियत अर्थनीतिको आलोचना गर्नुभयो । त्यतिमात्र होइन जनताको प्रजातन्त्र र सोभियत प्रजातन्त्रबीचको भिन्नता प्रस्ट्याउनुभयो ।
अध्यक्ष माओले – ‘ठूलो पाइला अघिल्तिर’ अभियानबाट किसानहरूलाई अग्रमोर्चामा राख्नुभयो । कृषिप्रधान र गाउँ नै गाउँको देश चीनमा प्रमुख श्रमशक्ति किसान नै थिए । तिनको जीवनस्तर उकास्न सकिएन भने, किसान समस्या सल्टाउन सकिएन भने आर्थिक प्रगति र विकासको मार्ग नखुल्ने विचार माओको थियो । त्यसकारण, उहाँले सोभियत सङ्घभन्दा फरक स–साना उद्योगहरूलाई ग्रामीण भेगमा विकेन्द्रिकृत बनाउनुभयो र अन्नबालीलाई दुगुणा बढाउने तयारी थाल्नुभयो । त्यो दक्षिणपन्थी विचार र प्रतिक्रियावादीहरू निर्मूल पार्ने अभियान पनि थियो । अभियान चीनको समाजवादलाई दिगो बनाउन चिनियाँ विशेषतासहित अगाडि बढ्यो । योभन्दा अघि सोभियत रुस चीनका निम्ति पथप्रदर्शक मानिन्थ्यो । सोभियत रुसको अनुभवबाट सिकेर चीनले काम गरेको देखिन्छ । रुसको ‘राजनीति अर्थशास्त्र’ पाठ्यपुस्तकको तेस्रो संस्करण सन् १९५० मा चीनमा प्रचार भइसकेपछि माओले लुसान (Lushan) सम्मेलन (सन् १९५९) मार्फत रुसको सो पाठ्यपुस्तकलाई आलोचनात्मक दृष्टिले हेर्नुपर्ने विचार राख्नुभयो ।

चिनियाँ जनता ‘आजको रुस भोलिको चीन हो’ भन्ने नारा लगाउँथे । त्यसकारण, पहिलो पञ्चवर्षीय योजनामा ठूल्ठूला उद्योग, उच्च केन्द्रीकरण, योजना निर्माणमा कर्मचारी प्रवृत्ति या तरिका, साना उद्योगहरूलाई कम प्राथमिकता, उपभोग्य वस्तुको कम उत्पादनजस्ता योजना चीनका निम्ति सुहाउँदो भएन । कृषकलाई बचतको ठूलो स्रोतको रूपमा हेरियो र शक्तिशाली एवम् केन्द्रीकृत आर्थिक मन्त्रालयहरू पेइचिङमा खडा गरिए । सोभियत शैलीको यो पञ्चवर्षीय योजनाले भविष्यमा निम्तिन सक्ने समस्यामा माओ घोत्लिनुभयो । सहर र गाउँबीचको बढ्दो खाडल ठूलो समस्या बन्दै थियो । सन् १९५५ तिर माओले सहर र गाउँको विकासलाई अन्तरसम्बन्धित बनाउनुपर्ने विचार अघि सार्नुभयो ।

चीनले सन् १९४९ बाटै क्रान्तिकारी सङ्घर्षका निम्ति क्रान्तिकारी रणनीति र कौशल उपयोग ग¥यो । माक्र्सवाद–लेनिनवादबाट कहिल्यै विचलित भएन । त्यसकारण, क्रान्ति सफल भयो । सोभियत सङ्घमा समाजवादी विकास र बन्दोवस्तको अनुशरण गर्नुको कुनै विकल्प तत्काल थिएन । त्यसकारण, आप्mनो पहिलो पञ्चवर्षीय योजनामा सोभियत सङ्घको नक्कलले चीन सन्तुष्ट बनेन । चिनियाँ जनता खुसी हुन सकेनन् । त्यसकारण, सोभियत मोडललाई तीन वटा शीर्षक – आदिम समाजवादी सञ्चय (कृषकको खर्चको आधारमा), सर्वहारावर्गको अधिनायकत्व र उत्पादनशील शक्तिको सिद्धान्त, चीनमा कम्युनिस्ट पार्टीको अवधारणाका आधारमा आलोचना गर्नुभयो ।
सन् १९५० सम्म नै चिनियाँ जनता ‘आजको रुस भोलिको चीन हो’ भन्ने नारा लगाउँथे । त्यसकारण, पहिलो पञ्चवर्षीय योजनामा ठूल्ठूला उद्योग, उच्च केन्द्रीकरण, योजना निर्माणमा कर्मचारी प्रवृत्ति या तरिका, साना उद्योगहरूलाई कम प्राथमिकता, उपभोग्य वस्तुको कम उत्पादनजस्ता योजना चीनका निम्ति सुहाउँदो भएन । कृषकलाई बचतको ठूलो स्रोतको रूपमा हेरियो र शक्तिशाली एवम् केन्द्रीकृत आर्थिक मन्त्रालयहरू पेइचिङमा खडा गरिए । सोभियत शैलीको यो पञ्चवर्षीय योजनाले भविष्यमा निम्तिन सक्ने समस्यामा माओ घोत्लिनुभयो । सहर र गाउँबीचको बढ्दो खाडल ठूलो समस्या बन्दै थियो । सन् १९५५ तिर माओले सहर र गाउँको विकासलाई अन्तरसम्बन्धित बनाउनुपर्ने विचार अघि सार्नुभयो । उद्योग र कृषि, समाजवादी औद्योगिकीकरण र समाजवादी कृषि रूपान्तरण उही होइन तर जोडिएको हुन्छ भन्ने विचार राख्नुभयो । त्यसकारण, सोभियत सङ्घले सहर केन्द्रीत ठूल्ठूला उद्योगको स्थापनालाई मात्र जोड दिनु चीनको हकमा हितकर नभएको बताउनुभयो । त्यतिमात्र होइन ग्रामीण कृषिसँग जोडिएको जीवनशैलीसँग जोडिएका उद्योगहरूलाई प्राथमिकता दिनुभयो । रुसले कृषकलाई महत्वका साथ अगाडि नराखेको सन्दर्भ माओले उजागर गर्नुभयो । रुसको सञ्चय प्रक्रिया किसानको उत्साहलाई निमोठ्ने खालको थियो भन्दै माओ लेख्नुहुन्छ – “यदि तिमी कुखुराले थुप्रै अन्डा पारोस् भन्ने चाहन्छौ भने तिनलाई प्रशस्त खुवाउनुपर्छ । घोडा छिटो कुदोस् भन्ने पनि चाहन्छौ तर बाँधेर राख्छौ भने के हुन्छ ? किसानबाट बचतमात्र खोज्नुको परिणति त्यही नै हुन्छ । चीनजस्तो कृषिप्रधान देशका निम्ति त्यो उपयुक्त पनि थिएन । माओले कृषिमा औद्योगिकीकरणसँगै क्रान्तिकारी रूपान्तरणलाई जोड दिनुभयो । जबसम्म कृषकसँग, भूमिसँग जोडिएको समस्या समाधान हुन्न तबसम्म समग्र देशको कृषि क्षेत्रको उन्नयन हुन्छ भन्ने परिकल्पना यथार्थ बन्न सक्दैन । त्यसकारण, माओले किसान समस्या समाधानको मार्ग पहिल्याउनुभयो । त्योसँगै चीनले सामाजिक, राजनीतिक र आर्थिक एकतालाई किसान आन्दोलनको उपलब्धिसँग जोड्नुभयो । क्रान्तिकारी रूपान्तरणको येनान मोडल धेरै चर्चामा आयो । आत्मनिर्भर, विकेन्द्रित, सम्भ्रान्त वर्ग र कर्मचारी प्रवृत्तिप्रति शत्रुता, सामूहिक उद्देश्यको सिद्धान्त र अनुशासन, अभौतिक प्रोत्साहन र सामाजिक आर्थिक गतिविधिमा जनसहभागिताका निम्ति येनान नमुना बन्यो । विकासको येनान मोडललाई देशैभर प्रचार गरियो । भूमि सुधार र किसानको चेतनास्तर उकास्ने कामलाई सहकारी या जनकम्युनको स्थापनासँग सम्बन्धित बनाउनुभयो । जनकम्युन र सहकारीको सिद्धान्तमार्फत चीनका किसानको जीवनस्तर माथि उकासियो । दु्रत गतिमा सामूहिकीकरण सम्भव भयो, कृषिमा आधुनिकीकरण अघि बढ्यो । व्यक्तिगत स्वामित्वको अन्त्यसँगै मानिसको उत्पादन सम्बन्ध बदलियो । पुँजीवादी अर्थव्यवस्थाको जरा उखेल्न माओले उत्पादन साधनमा सार्वजनिक स्वामित्वको विचार अघि सार्नुभयो ।
समाजवाद निर्माण र समाजवादी अर्थतन्त्र विकासमा कम्युनिस्ट पार्टीको भूमिका महत्वपूर्ण हुन्छ भन्ने शिक्षा पुस्तकबाट मिल्छ । रुसको बोल्सेविक पार्टीभित्रका संशोधनवादी निकिता खु्रस्चेभहरूलाई अध्यक्ष माओले आलोचना गर्नुभयो । पार्टीभित्रको गलत विचारका कारण क्रान्तिको उपलब्धि नष्ट हुनुका साथै बहुमत जनताले दुःख पाउँछन् । इतिहासका रचयिता जनता नै हुन् । त्यसकारण, कम्युनिस्ट पार्टीले जनतालाई केन्द्रमा राखेर, जनताको अवस्थालाई ध्यानमा राखेर कार्यनीति तय गर्नुपर्छ । चीनमा सामूहिकीकरणको अभियान चलिरहँदा अर्थात् आर्थिक सामाजिक रूपान्तरणको अभियान चलिरहँदा चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्ता सबैभन्दा बढी सक्रिय थिए । क्रान्तिपछिका सङ्घर्षहरूमा पार्टी कार्यकर्ताले सिक्दै योगदान गरे । पार्टी नीतिलाई जनतासँग जोड्ने भूमिका कार्यकर्ताले निर्वाह गरे । यसर्थ, क्रान्तिमा मात्र होइन समाजवाद निर्माणमा पार्टी र कार्यकर्ताको भूमिका बेजोडको रहन्छ । कर्मचारीतन्त्र, कृपावाद र सामन्त प्रवृत्तिविरुद्ध लड्न पनि कार्यकर्ताको समर्पण भावना अनिवार्य रहन्छ ।
पुँजीवादको पतन र समाजवादको जन्मपछि समग्र व्यवस्था परिवर्तनको सङ्क्रमणकालीन अवधिमा नेतृत्वको सही निर्णय कति महत्वपूर्ण हुन्छ भन्ने दृष्टान्त पुस्तकले प्रस्तुत गर्छ ।
पुँजीवादी अर्थव्यवस्थाबाट समाजवादमा सङ्क्रमणको अवधिमा अवलम्बन गरिएको वस्तु प्रणाली, मुद्रा विनिमय, पुँजीपतिहरूको अधिकार लगायतका विषयमा देखिएको परिणामले केही भिन्नताहरू सृजना ग¥यो । गाउँ र सहरबीचको भिन्नता, मजदुर र किसान बीचको भिन्नता, बौद्धिक श्रम र शारीरिक श्रमबीचको भिन्नता । यी भिन्नता समाप्त गर्नु समाजवादी बन्दोवस्तको उद्देश्य भएपनि पहिलो पञ्चवर्षीय योजनाअन्तर्गत चीनले उपलब्धि हासिल गर्न सकेन । माओले त्यसकारण सङ्क्रमणकालीन अवधिमा वर्गसङ्घर्षको आवश्यकताबारे प्रस्ट पार्नुभयो । भर्खर स्थापना भएको समाजवादी व्यवस्थामा हिजोका पुँजीपति र सम्भ्रान्त वर्ग रहन्छन्, तिनका मूल्यमान्यता, संस्कार र प्रवृत्ति रहिरहन्छ । समाजवादी बन्दोवस्तमा पुँजीवादी प्रवृत्ति हावी हुन थाल्नुले पुँजीवाद फर्कन सक्ने सम्भावनाको सङ्केत दिन्छ । त्यसकारण, ती राष्ट्रिय पुँजीपतिहरूलाई देशको आर्थिक सामाजिक विकासमा असङ्लग्न राख्नुभन्दा सहभागी बनाउनु फलदायी हुन्छ भनिएको छ । सङ्क्रमणकालीन समयमा सम्पूर्ण सामाजिक र उत्पादन सम्बन्ध बदल्ने आधार तयार हुनुपर्दछ — अर्थतन्त्र, राजनीति, विचारधारा र संस्कृति । सोभियत रुसको राजनीतिक अर्र्थशास्त्रको तीन भागको विषयमा चर्चा पुस्तकमा छ । पुँजीवादबाट समाजवादसम्मको सङ्क्रमणकालीन अवधि, सर्वहारा वर्गीय क्रान्तिको विश्वव्यापी र विशिष्टिकृत विशेषताबारे चर्चा छ । रुसी अक्टोबर क्रान्ति मेन्सेविकवाद, विश्व संशोधनवाद र अन्तर्राष्ट्रिय फासीवादविरुद्धको विजय पनि थियो । क्रान्तिको ठाउँमा शान्तिपूर्ण सङ्क्रमणको संशोधनवादी विचारले रुसमा खडा भएको समस्या, प्रजातान्त्रिक क्रान्तिदेखि समाजवादी क्रान्तिसम्मको यात्रामा रुसले व्यहोरेका समस्याहरूलाई मिहिन ढङ्गमा केलाइएको छ । उपद्रोह र सर्वहारा अधिनायकत्व, सर्वहारा राज्यको अवस्था, पुँजीवादी उद्योग र वाणिज्यको रूपान्तरण, मध्यमवर्गीय किसान, मजदुर–किसानको गठबन्धन, बौद्धिक वर्गको रूपान्तरण, औद्योगिकीकरण र कृषिमा सामूहिकीकरणबारे रुस र चीनको पृष्ठभूमिमा मौलिक व्याख्या छ ।
के पिछडिएको देशमा क्रान्तिको सम्भावना न्यून हुन्छ ? भन्ने प्रश्नमा माओ लेख्नुहुन्छ – “आजको परिवेश बदलिएको छ । पिछडिएको अर्थतन्त्र, गरिब जनतालाई बढी क्रान्तिको आवश्यकता हुन्छ । पुँजीवादी देशमा धनी पुँजीपतिहरूले क्रान्तिको सम्भावना रोक्ने गर्दछन् । त्यसकारण, गरिब जनता अझ छिटो सङ्गठित हुन्छन् । समाजवादी रूपान्तरणका निम्ति ठूलो स्तरको उद्योग अर्थात् औद्योगिकीकरण मात्र समाजवादी बन्दोवस्तको पूर्वअवस्था बन्न सक्दैन । साथै, नयाँ उत्पादन शक्तिको पूर्ण विकास पनि पिछडिएको उत्पादन सम्बन्ध रूपान्तरणको पूर्व अनिवार्य सर्त नहुन सक्दछ भन्ने दृष्टान्त अध्यक्ष माओले प्रस्तुत गर्नुभएको छ । सम्पूर्ण सुपरस्ट्रक्चर जस्तै राज्यको वर्गीय चरित्र, दर्शन, विज्ञान र अर्थतन्त्रको हकमा उत्पादन सम्बन्धहरूलाई ऐतिहासिक भौतिकवादी दृष्टिकोणले विश्लेषण गर्नुपर्ने औँल्याइएको छ । चीनको औद्योगिकीकरणमा देखापरेका समस्याहरूबारे पनि छलफल प्रस्तुत छ ।
अध्यक्ष माओले रुसको तत्कालीन राजनीतिक अर्थशास्त्रको आलोचना गर्नु का. स्तालिनको विरोध थिएन । चीनको विशेषता सुहाउँदो आर्थिक सिद्धान्तको प्रादुर्भाव थियो । रुसको पृष्ठभूमिमा चीनको आगामी बन्दोवस्तको तयारी थियो । रुसको औद्योगिकीकरण, उत्पादन सम्बन्ध, किसानको स्थान, कृषिमा सामूहिकीकरणको विचारमा चीनले चिनियाँ विशेषतासहितको अगुवाइ ग¥यो । वस्तु उत्पादनको हकमा चीनले उपभोग्य वस्तु र जनतालाई आवश्यक वस्तु उत्पादनको नीति लियो । अर्थतन्त्रमा किसानको प्रत्यक्ष योगदान या सक्रियताका निम्ति जनकम्युनको स्थापना अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनकै निम्ति उदाहरण बन्यो । समाजवादी व्यवस्था स्थापना हुने बित्तिकै साम्यवादी व्यवस्थामा छलाङ मार्न खोज्नुले समाजवाद तुहिनसक्नेमा चीन संयमित थियो । त्यसकारण, माओले पाइला – पाइला गरी पुँजीवादी अवशेषहरू खत्तम गरी पूर्णतः समाजवादी व्यवस्थाको बलियो जग तयार पार्नुभयो । त्यसरी स–साना पक्षहरूलाई उपेक्षा गर्दै क्रान्तिपछि नै चीनले धनी देश बन्न ठूल्ठूलो उद्योग र उत्पादन विकासमा मात्र जोड दिएर महत्वाकाङ्क्षी नीति लिएको भए चीनको आर्थिक, राजनीतिक तथा सामाजिक जग बलियो हुँदैनथ्यो कि भन्न सकिन्छ ।
यसरी, यस पुस्तकले तत्कालीन सोभियत रुसको राजनीतिक अर्थशास्त्रको आलोचनासँगै चीनको राजनीतिक–आर्थिक इतिहास उजागर गर्छ । माओ त्सेतुङ विचारधाराका केही अध्यायहरू पस्कन्छ । माक्र्सवाद लेनिनवादको आधारशीलामा देशको माटो सुहाउँदो राजनीतिक आर्थिक तथा सामाजिक अभ्यासको आवश्यकताबारे अवगत गराउँछ । पुस्तकमा माओको विचार समयक्रमले व्यावहारिक र सही प्रमाणित गरेको अनुभव हुन्छ साथै पुस्तकको अध्ययनले चिनियाँ अर्थराजनीतिको धरातल बुझ्न सघाउँछ । समग्रमा पुस्तक पठनीय तथा सङ्ग्रहणीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *