भर्खरै :

स्वतन्त्रताका लागि मानव–समूहको सङ्घर्षको एक पाटो मानव इतिहास

जुच्छे विचारले व्याख्या गरेको अर्को एक सामाजिक–ऐतिहासिक सिद्धान्तले भन्छ, “स्वतन्त्रताका लागि मानव–समूहको सङ्घर्षको एक पाटो मानव इतिहास हो ।” यो किन सही छ त ?
यसको पहिलो कारण हो, स्वतन्त्रताका लागि गरिएका प्रसिद्ध जनसङ्घर्षहरूको सामाजिक–ऐतिहासिक आन्दोलनहरूले नै इतिहासलाई दोहो¥याएको छ ।
मानव जातिको इतिहास मानव–समूहको सामाजिक – ऐतिहासिक आन्दोलनहरूले निर्माण र विकास गरेको छ । आदिम समुदायबाट प्राचीन समाजमा पदार्पण गरेका मानिसहरूले आफ्नो सृजनात्मक श्रम र सङ्घर्षबाट एक–एक पाइला चाल्दै समाजको निर्माण गरे । यसरी समाज प्रणाली दास युगबाट सामन्तवादी युग हुँदै पुँजीवादी प्रणालीमा परिणत भयो । र यो समाजवादको दिशामा अघि बढ्दैछ ।
मानिसहरूसँगै मिलेर प्रकृतिको दोहन गरे र अथाह भौतिक तथा सांस्कृतिक सम्पत्तिको निर्माण गरे । यी सबै प्रक्रियामा मानिस स्वयम् पनि परिवर्तित र विकसित हुँदै गयो ।
इतिहासका पानाहरूमा संसारमा घटेका परिवर्तनका यी घटनाहरूले के सङ्केत गर्छ त ? के उद्देश्यका लागि मानिसहरूले प्रकृति र समाजमा परिवर्तन गरे र इतिहासको विकास गरे ?
छोटोमा भन्नुपर्दा, उनीहरूले यो सबै स्वतन्त्राको प्रत्याभूति पाउनका लागि गरे ।
यस दृष्टिकोणबाट नियाल्दा, सामाजिक–ऐतिहासिक आन्दोलनको प्रमुख घटक मानिसको समूह हो । यी सङ्घर्षको उद्देश्य निः सन्देह यस समूहको स्वतन्त्रताको प्रत्याभूति प्राप्तिका लागि हो । मानव समूहको स्वतन्त्रताको प्रत्याभूति प्राप्तिका उद्देश्यले सामाजिक–ऐतिहासिक आन्दोलनबाट निर्माण र विकसित भएको मानव इतिहास भएको यस विश्लेषणले यो इतिहास उनीहरूको स्वतन्त्रताको सङ्घर्षको इतिहास भएको प्रमाणित गर्छ ।
यसको दोस्रो कारण हो, मानव–समूहको सङ्घर्षबाट नै इतिहासको परिवर्तन र विकास हुन्छ ।
इतिहासको परिवर्तन र विकास भन्नुको अर्थ प्रकृति, समाज र मानिसको परिवर्तन र विकास हो ।
मानिसहरूको सृजनशील क्रियाकलाप र संघर्षको परिणामस्वरूप प्रकृतिको दोहन र सांकृतिक सम्पत्तिको निर्माण भएको हो । यही प्रक्रियाको क्रममा ढुङ्गाका औजारलाई सुरुमा कांसले विस्थापित ग¥यो र पछि त्यसलाई फलाम हुँदै आज त्यसको स्थान पनि अत्याधुनिक मेसिनहरूले लिइसकेको छ । मानिसको निरन्तरको सोच र सृजनाले अँध्यारो युुगबाट आज आई टी र डिजिटल युगमा प्रवेश गर्न सफल भएको छ ।
समाज पनि परिवर्तित र विकसित भएको छ । नाता सम्बन्धमा आधारित पहिलो समाजका रूपमा विकसित आदिम समुदायको जन्मदेखि नै मानव समूहले आफ्नो सक्रिय सङ्घर्षको बलमा समाजको अविछिन्न परिवर्तन र विकास गरेको छ ।
प्रकृति र समाज रुपान्तरणको प्रक्रियामा मानिसले आफूलाई थप सक्तिशालि प्राणि बनाउन सधँै तैयारी गरेको छ । मानव इतिहासको सबैभन्दा पहिलो वर्गमा आधारित दास युगका मानिसको तुलनामा आजको युगका मानिसको बौद्धिक, सैद्धान्तिक र सांस्कृतिक तहको प्रगतिको दर तीव्र छ । साथै मानव समूहको स्थान र भूमिका निरन्तर बढ्दो छ । यी सारा परिवर्तन र विकास इतिहासको वाहक मानव–समूहको सङ्घर्षबाट नै प्राप्त भएका हुन् । स्वतन्त्रताका लागि जनताको सङ्घर्ष मानव इतिहासको एक पाटो हुनुको निहितार्थ यसैमा आधारित छ ।
स्वतन्त्रताका लागि मानव–समूहको सङ्घर्षको एक पाटो मानव इतिहास हुनुको वैज्ञानिक स्पष्टिकरण दिन जुच्छे विचारले सङ्घर्षका मुख्य विषयमाथि प्रकाश पारेको छ ।
स्वतन्त्रताका लागि मानव–समूहको सङ्घर्षमा समाज, प्रकृति र मानिसलाई रुपान्तरण गर्ने उद्देश्य निहित हुन्छ । यी तीन उद्देश्य नैस्वतन्त्रताका लागि सङ्घर्षका प्रमुख घटक हुन् । यसै कारण समाज र प्रकृति तथा मानिस स्वयम्मा पनि मान्छेको स्वतन्त्रतामाथि अङ्कुश लगाउने नेलको अंश समाहित छन् ।
सामाजिक बन्धन, प्रकृतिका बाधा–व्यवधान र पुराना विचार तथा सङ्कीर्ण परम्पराबाट मानव–समूह मुक्त नभएसम्म उनीहरूले पूर्ण स्वतन्त्रताको अनुभुति गर्नसक्ने छैनन् । यसैकारण स्वतन्त्रताका लागि सङ्घर्षले समाज रुपान्तरण, प्रकृतिको पुनः निर्माण र नयाँमानिसको सृजनाका सारा पहेलु आफूमा समाहित गरेको छ ।
नदी समुद्र पुग्ने दिशामा बग्छ भन्नु जति सत्य हुन्छ, त्यति नै सत्य हुन्छ –मानव इतिहास निरन्तर मानव–समूहको स्वतन्त्रताको दिशामा अगाडि बढ्छ ।
यो इतिहासको एक अकाट्य नियम हो ।
कोरिया टुडे, जुच्छे १०९–११ (२०२०)

Leave a Reply

Your email address will not be published. Required fields are marked *