भक्तपुर काण्डको नाममा भएको अत्याचारबारे नयाँ पुस्तालाई बताउनुपर्ने
- भाद्र ९, २०८३
भनिन्छ, स्वार्थ नभई मित्रता हुँदैन र स्वार्थकै कारण भएको मित्रता लामो समयसम्म टिक्न पनि सक्दैन । भएको वा हुँदै गरेको भनिएको नेकपा एकता अहिले ‘भङ्ग’ हुन लागेको सन्दर्भमा पनि यही कुरा लागू भएको देखिन्छ ।
भ्रष्टाचार र भ्रष्टाचारी संरक्षण गर्ने सन्दर्भमा ओलीका कमी–कमजोरी नभएका होइनन् । तर, यतिखेर व्यक्तिगत स्वार्थका कारण बहुमत सचिवालय सदस्य प्रचण्डको पक्षमा भए पनि ‘प्रचण्डको कार्यशैली’का कारण माओवादी पार्टी लोप हुन लाग्दा ओलीले बचाइएर गुण लाएका पनि हुन् ।
पदीय सन्तुलनका लागि दुई अध्यक्ष भएको यो दुईमुखे पार्टी ढिलो–चाँडो यो अवस्थामा आउनु नै थियो । स्वार्थजन्य विवाद उत्कर्षमा पुग्ने क्रममा प्रचण्डले ओलीलाई ‘सङ्गीन आरोप’ लगाए । यसलाई कतिपयले ‘आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने’ प्रवृत्ति पनि भनेका छन् । उक्त १९ पृष्ठे आरोप प्रस्तावको जवाफ ओलीले मौखिकरूपमा दिइसके । अब लिखितरूपमा दिने दिन पनि आउँदै छ । हुने भनेको जसरी पनि नेता नाङ्गिने र जनता आक्रोशित हुने नै हो ।
यतिखेर दुई फरक धारका नेता, कार्यकर्ता र मिडिया दुई अध्यक्षको बचाउ र निन्दा गर्न व्यस्त छन् । देश र जनताको हविगतबारे कसैलाई चासो छैन । अबका दिनमा, दुवै अध्यक्षले आ–आफ्ना गल्ती र कमजोरी एकअर्कामा ‘एक्स्क्युज’ गरेर मात्र हुँदैन, देश र जनतासमक्ष माफी मागी न्यायोचित कारबाही पनि भोग्नुपर्छ ।
Leave a Reply