भर्खरै :

विपद्मा पत्रकारिता र आचारसंहिता

घटना नम्बर- १:
हालै बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि बलिउड अभिनेत्री कंगना रनावतले एउटा भिडियो पोस्टमा भनिन्, ‘कोही मानिस जो अफवाह फैलाउन एकदमै जान्ने छन्, उनीहरू भन्दैछन् कि सुशान्त मानसिकरूपमा कमजोर थिए र डिप्रेसन भयो अनि आत्महत्या गरे । यिनीहरूको जो चम्चा पत्रकारहरू छन्, जो सुशान्तजस्ता कलाकारलाई मानसिक दुव्र्यसनी थिए भनेर लेख्छन् । यिनीहरू मलाई किन सन्देश पठाउँछन्, ‘तिम्रो नराम्रो समय छ, तिमी यस्तो उस्तो नभन्नु ती किन मेरो दिमागमा भर्न चाहन्छन् कि म आत्महत्या गरुँ ¤”
यस घटनाले अहिले स्वार्थको लागि बनेका पत्रकार र पत्रकारिताको कारण समग्र पत्रकार र पत्रकारिताको नै बेइज्जत भइरहेको छ । उनको आत्महत्याको कारण अझसम्म खुलेको छैन । तर मृत्युको कारण भन्दै युट्युबमार्फत दैनिक नयाँ नयाँ कुरा बाहिर आउनुले बलिउडलाई नै खण्डित बनाउने काम गरिरहेको छ भने आम मानिसमा नैराश्यता फैलाइरहेको छ । यसले भारतीय सञ्चारमाध्यम कसरी चलिरहेको छ भन्ने देखाउँछ । हामी पनि भारतीय सञ्चारमाध्यमबाट धेरै प्रभावित छौँ । सुशान्त एक सेलिब्रिटी थिए र उनको समाचार बन्यो । तर आजभोलि नेपालमा समेत कुनै दूरदराजमै किन नहोस्, कसैले प्रम ग¥यो वा आत्महत्या ग¥यो वा कसैलाई मा¥यो भने युट्युबर यसरी पुग्छन् मानैं उनीहरू दमकल हुुुुुुुुन् र सबै समस्यामा पानी फ्याँकेर समाधान गर्नेवाला छन् । आफन्त, स्थानीय र बाटोमा भेटिने जोकोहीसँग यसरी प्रश्न गर्छन् कि न उनीहरूलाई संवदेनाको हेक्का छ न सत्यताको । प्रहरीलाई अनुसन्धानमा प्रभावित पार्ने गरी लिइएका अन्तर्वार्ताले पीडितका आफन्तलाई कस्तो असर ग¥यो होला रु आमाको मृत्यु अर्को व्यक्तिसँगको सम्बन्धको कारण हो भन्न १२ वर्षको बालकलाई लगाइन्छ । आमा गुमाएको बालकको मनोदशा कस्तो होला रु यसले उसको भविष्यमा पार्ने प्रभावभन्दा ठूलो कुरा उनीहरूको च्यानलको प्रचारप्रसार गराउने स्वार्थ जो छ ।
घटना नं: २
एक दिन फेसबुक म्यासेन्जरमा एउटा लिङ्क आयो । तल लेखिएको थियो ‘एउटा एड्भाइस देऊ न, परिवारको कुरा यसरी मिडियामा ल्याउन मिल्छ र रु जसको पनि इज्जत हुन्छ नि पोखराको जस्तो लागेको छ मलाई यो न्युज । मालेपाटन भनेछ भिडियोमा । मलाई त हुने भए यो च्यानलमाथि मुद्दा हाल्न मन छ ।’ पत्रकार भएको नाताले आएको यस्तो म्यासेज देखेपछि आफैलाई नरमाइलो, लाज या रिस के आयो म व्यक्त गर्न सक्दिनँ । भिडियोमा सामन्य झगडामै बृद्ध महिला र पुरुष घरबाहिर निस्किएका थिए, छिमेकी सम्झाउँदै थिए, उनीहरूको कुरा अनुमति नै नलिइकन राखिएको थियो अहिलेसम्म मैले आचारसंहिता उल्लङ्घन गरेर समाचार लेखेको छैन, अझै बढी संवेदनशील नै रहेँ । तर पत्रकार भएको कारण बेला बेला म्यासेज आउने गर्छ । ‘पे्रस स्वतन्त्रताको नाममा कसैको व्यक्तिगत स्वतन्त्रता हनन् नहोस् ।’ गल्ती गर्नेको रिस हामीकहाँ ठोक्किन आइपुग्छन् । खराब पत्रकारले गर्ने गल्ती हामीजस्ता गलत काम नगर्ने पत्रकारलाई सुनाएर हाम्रो हौसला गिराउने र हेप्न खोज्नेको जमात त झेलिरहनु नै पर्छ । अझ बढी पीडा चर्चाको भोकमा समाचार नै नबन्ने सर्वसाधारणको गोपनीयता भङ्ग गरेकोमा हुन्छ । खराब व्यक्ति सबै पेसामा हुन्छन् तर एउटाको गल्तीले समाज, पेसा र देश बर्बाद हुनु हुँदैन । पत्रकार बिल कोभाचले भनेका छन्, ‘इन्टरनेटको उपस्थितिले गर्दा एक्काइसौं शताब्दीमा जोसुकै पत्रकार बन्न सक्छ तर उसले सही अर्थमा सैद्धान्तिक आधारहरूलाई बुझेर व्यवहारमा उतार्ने गरी पत्रकारिता गरेको हुनुपर्छ ।’ बिलले भनेजस्तै आजभोलि एउटा मोवाइल र बोल्न सकेको भरमा पत्रकारिता गरिरहेछन् । एउटा महिला र पुरुषलाई सँगै देख्दासमेत नाजायज सम्बन्ध छ भनेर छोराछोरीलाई प्रश्न सोध्ने, सोध्नै नमिल्ने कुरा झिक्ने, अझ महिलाको चरित्र हत्या गरेर उसको जीवन नै बर्बाद पार्ने जस्ता कुराले पत्रकारितामा वितृष्णा पैदा गर्दै लगेको छ भने धेरैको घर बिग्रिएको छ । अझ धेरै दर्शकलाई त यिनै कुरा समाचार लाग्छन् । जहाँ चेतनाको अभाव र व्यक्तिगत कुरालाई महत्वका साथ हेरिन्छ त्यहाँ यस्ता विषय चल्ने नै भए ।
त्यसैले आजभोलि चल्ने टिभी, डिजिटल पत्रिका, युट्युब र सामाजिक सञ्जालले के सत्य हो र के असत्य हो भन्ने कुरा नै भ्रममा पारेको देखिन्छ । नैरश्यता, अविश्वास र भ्रम फैलाउन यस्ता मिडियाले धेरै भूमिका खेलेका छन् । अझ उनीहरूका कुरा गर्ने तरिका, हाउभाउ र विषयमा राखिने शीर्षकले मानिसलाई भ्रमित बनाउँछ । हाम्रोमा प्रहरी, पत्रकार र अनुसन्धानकर्ता समेत आफै बन्ने चलन बढ्न थालेको छ । पत्रकारिताको आचारसंहिता बाहिर गएर यसरी कार्यक्रम गर्न थालियो भने नैतिकताको आधारमा भन्दा बढी होहल्लाको भरमा समाज चल्ने निश्चित छ । जसमा आचारसंहिता मान्ने पत्रकारको मूल्याङकन नहुने, उनीहरू टिक्न नसक्ने र लामो समय खराब आचरणले नेपाली पत्रकारिता निर्देशित हुनेछ । यसको मार समग्र पत्रकारितामा मात्र होइन देशमा नै पर्छ र्। । त्यसैले यस्ता सञ्चारमाध्यमलाई समयमै नरोके ठुलो दुर्घटना निम्ताउने पक्का छ । व्यक्तिगत इज्जतका कारण धेरैले आत्महत्या गर्ने र मानसिक रोगको सिकार हुने निश्चित छ । के हाम्रो उद्देश्य कर्तव्य र पत्रकार आचारसंहिता बिर्सेर दर्शक बढाउने मात्र हो त रु
घटना नं- ३:
बन्दाबन्दीमा सीमानाकाबाट भारतका रोजगारीका लागि गएका नेपाली लिएर आएको गाडी दुर्घटना हुँदा समाजार आयो, ‘सरकारको मार्ने योजना थियो, त्यसमा सामेल थिए वडाअध्यक्ष ।’ समाचारभित्र न भाषा शैली छ न कुनै मापदण्ड र सत्यता नै छ । सतही कुरा बुझ्नेले समाचासमा आएको कुरा भनेपछि सही र गलत होला भनी समालोचना गर्न लाग्लान् त रु समाचार भनेकै सूचनाको भरपर्दो माध्यम हो । यस्ता पूरै झूट र कपोलकल्पित समाचारले समाजमा के सन्देश दिन्छ रु हामीले कहिल्यै विचार गरेका छौँ रु प्रेस काउन्सिल नेपालले कोरोना भाइरस सङ्क्रमण सम्बन्धमा सबै सञ्चारमाध्यम र सञ्चारकर्मीमो निम्ति निर्देशिका जारी गरेको छ । यो पढेर कतिले पत्रकारिता गरेका होलान् रु
अहिले व्यवसायिकरूपमा खोलिएका भनिएका सञ्चारमाध्यम नै व्यक्तिगत स्वार्थपूर्तिका लागि प्रयोग भइरहेका छन् भने अझ आचारसंहिता नै थाहा नभएर खोलेको सञ्चारमाध्यमको हालत के होला रु हामी पढ्दा पाठक तीन किसिमका हुन्छन् भनेर पढ्थ्यौं । १।जस्तो सुन्यो, उस्तै बुझ्ने २। सच्याएर बुझ्ने र ३। बिगारेर बुझ्ने । यी तीन किसिमका पाठक, स्रोता र दर्शकको सङ्ख्या कति होला रु तथ्याङक छैन ।
आजभोलि धेरै लेखपढ गर्न नसक्ने मानिसले समेत समय काट्न फेसबुक र युट्युब हेर्ने गर्छन् । उनीहरू विषय खोज्न जान्दैनन् युट्युब खोल्दा त्यहाँ जे देखे त्यसैलाई सत्य मान्छन् । त्यसकारण, युट्युबको प्रभाव बढी देखिन्छ । पत्रकार आचारसंहिता के हो भन्ने
कुरा स्वयम् प्रस्तोता र सञ्चालकले नै थाहा नपाएको अवस्थामा अब भन्नुहोस् दर्शकले कति थाहा पाउलान् रु कडा स्वरमा बोलेको, थर्काएको र गहिरोरूपमा सम्बन्धको टिकाटिप्पणी गरेको कुरालाई सही पत्रकारिता ठान्ने जमात बढ्न थालेको छ । एक वर्षअघि युट्युब सञ्चालाकको भेलाले आचारसंहिता पालना गर्ने प्रतिबद्धता पनि जनाए तर यसमा संलग्न भएका कति युट्युब होलान् रु प्रेस काउन्सिल नेपालले धेरैलाई कारबाहीको तथ्याङ्क त छ तर यो यस्तो गरी फैलँदो छ कि अब कारबाहीलाई गर्ने र छाड्ने भन्ने ठम्याउन गाह्रो भइसकेको छ । पे्रस काउन्सिल नेपालले गरेको सर्वेक्षणमा आचारसंहिता पालना नगर्नेको सङ्ख्या २।३ प्रतिशत छ भने सामन्य पालना गर्नेको सङ्ख्या ६२।५ प्रतिशत छ, १४।८० प्रतिशत अधिक पालना गर्नेको छ । हाम्रो स्थिति यसबाट समेत प्रस्ट हुन्छ ।
विपद्को बेला सही सूचना पनि औषधि समान हो । त्यसैले पत्रकारितालाई सम्मानकासाथ चौथो अङ्गमा राखिएको होला । तर के हामीले पत्रकारिताको मूल धर्मलाई निभाएका छौँ रु सेलिब्रिटी बन्ने धनुमा चलाइने कति कार्यक्रमले आफ्नो कर्तव्य पूरा गरेका छन् त रु कुनै पेसा व्यवसाय गर्दा आफ्नो मर्यादामा बस्नुपर्छ । अझ पत्रकारिता पेसामा प्रेत्येक पटक परिक्षा दिनुपर्छ । यसले गर्ने हरपटकको गल्तीले दुर्घटना निम्ताउन सक्छ । हरक्षण सजग रहनुपर्ने पेसालाई हामीले मनोरञ्जन र नाम कमाउने मात्र थलो त सम्झेका छैनौँ रु पत्रकारसँगै पाठक, दर्शक र स्रोता पनि सचेत हुनु आवश्यक छ भने सरकारले पनि यस्तो विषयमा कडाइकासाथ कारबाही गर्नुपर्छ । नत्र भविष्यमा यसलाई नियन्त्रण गर्ने गाह्रो हुन्छ । हामीले लहैलहैमा गरेका काम हाम्रा सन्ततीको लागि भारी पर्न सक्छ । त्यसैले समयमै विचार गरौँ । यदि आचारसंहितामा रहेर काम गछौँ भनेमात्र आम नागरिक सुसूचित हुनुको साथै जनमानसमा पेसाप्रति सम्मान बढ्छ । जुनसुकै पेसामा पनि आफ्नो मर्यादामा रहनुपर्छ अझ पत्रकारले दिने सन्देशले धेरैलाई प्रभाव पार्ने कारण उनीहरू अझ बढी मर्यादामा रहनु आवश्यक छ । कानून पालना गर्नुको साथै नैतिक जिम्मेवारी पनि हाम्रो कर्तव्य हो ।
स्रोतः संहिता

Leave a Reply

Your email address will not be published. Required fields are marked *