अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
काठमाडौँ, ७ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति, वडा नं २ का वडाध्यक्ष हरिप्रसाद वासुकलालगायतको टोलीले आइतबार कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भूसालसँग मन्त्रालयमा भेटी गहुँ छर्न र आलु रोप्न मलको हाहाकार भएको हुँदा किसानलाई समयमै मल उपलब्ध गराउन आग्रह ग¥यो ।
सांसद सुवालले रोपाइँमा मलको अभाव भएको हुँदा देशको कृषि उत्पादन नै घटेकोमा मन्त्री भूसालको ध्यानाकर्षण गराउँदै कृषि सामग्री कम्पनी लिमिटेडका अधिकारीहरूबाट अबको ८ दिनमा मल पर्याप्त उपलब्ध हुने बताएको सत्य हो, होइन जिज्ञासा राख्नुभयो ।
भक्तपुर जिल्लाको ४० हजार रोपनीभन्दा बढी भूमिमा थप गहुँ खेती हुने उल्लेख गर्दै सांसद सुवालले मन्त्रालयको जिल्लागत मल आपूर्तिको कोटा पर्याप्त नभएको औँल्याउनुभयो ।
भनपा प्रमुख प्रजापतिले कुल मागको ३० प्रतिशत मलमात्र सरकारले आपूर्ति गरेको उल्लेख गर्दै समयमा मल आपूर्ति नगरेका ठेकेदारको धरौटी ५ करोड रूपैयाँ जफत गर्ने सरकारी निर्णय अपुग भएकोले त्यसबाट पर्न गएको बाली नोक्सानीको क्षतिपूर्तिसमेत भराउने निर्णय हुनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रजापतिले देशभित्रै मल कारखाना खोल्नुपर्ने र युवाहरूलाई स्वदेशमा रोजगारी दिन फलफुल, जडीबुटीको खेतीलगायत चुरे पहाडको चुन खानी उपयोगको सम्भाव्यता अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मन्त्री भूसालले काठमाडौँ उपत्यकालगायत तराई क्षेत्रमा गहुँ र मकै खेती कम भएको उल्लेख गर्दै अधिकांश सहकारी संस्थाबाट मल लुकाउने र कालोबजारीसमेत भएको हुँदा उक्त कार्य रोक्न यस वर्ष स्थानीय सरकारको सिफारिसमा सहकारी संस्थामार्फत मल बिक्री गर्ने बताउनुभयो ।

उहाँले मलको दुरूपयोग रक्सी उत्पादन, प्लाई, रोजिन र रङरोगन उद्योगमा पनि भएको चर्चा गर्दै यसको नियमन गर्न र कालाबजारी रोक्न सरकार चुकेको स्वीकार गर्नुभयो ।
मन्त्री भुसालले अर्थमन्त्रीको नेतृत्वमा मल कारखानाको सम्भाव्यता अध्ययन समिति गठन भएको उल्लेख गर्दै आफूले जापानी संस्था जाइका र कोइकासँग मल कारखानाबारे छलफल चलाएको बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालबारे स्वास्थ्यमन्त्रीसँग छलफल
उक्त टोलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेटी भक्तपुर क्यान्सर अस्पताल सञ्चालन कार्यविधिमा २०–२२ वर्षदेखि अस्पतालमा स्थायी भई सेवारत स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई करारमा नियुक्त गर्न सकिनेम अवस्थामा पु¥याइएको हुँदा स्वास्थ्यकर्मी र कर्मचारीहरू असन्तुष्ट भएकोले यसको सीधा असर बिरामीको उपचारमा परेकोमा मन्त्रीको ध्यानाकर्षण गरायो । सांसद सुवालले स्वास्थ्यकर्मी र कर्मचारीकै सेवासम्बन्धी र सञ्चालक समितिमा भक्तपुर अस्पताल प्रमुख हुनुपर्नेमा ‘प्रमुख अस्पताल’ मात्र भएको कार्यविधिको कमजोरी राजपत्रमा प्रकाशित हुनुअगाडि नै सच्याउन स्वास्थ्य मन्त्रीसँग आग्रह गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले क्यान्सर अस्पतालमा कार्यरत कर्मचारीहरूमध्ये आधाजसो स्थायी भइसकेको हुँदा साविकमा कार्यरत कर्मचारीहरूको खाइपाई आएको सुविधा कटौती नहुने गरी हाल कार्यरत कर्मचारीहरूको सेवा निरन्तरताको सुनिश्चितता गठन आदेशमा हुनुपर्ने बताउनुभयो ।
स्वास्थ्यमन्त्री ढकालले गठन आदेशमा सबै पक्षलाई समेटिने प्रयास गरिएको तथा कर्मचारीलाई अप्ठेरो नबनाई खाइपाई आएको सुविधालाई असर नपर्ने गरी गठन आदेशलाई प्रस्ट बनाउन संशोधनको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
छलफलमा मन्त्रालयका डा. गुणराज लुईँटेलको पनि सहभागिता रहेको थियो ।
भक्तपुर साना उद्योग क्षेत्रको प्रदूषणबारे
टोलीले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड र आपूर्ति सचिव नारायण रेग्मीसँग भेटी भक्तपुरको परम्परागत सीपमा आधारित हस्तकलाका उद्योग सञ्चालन गर्न स्थानीय किसानको जग्गा अधिग्रहण गरी भक्तपुर साना उद्योग क्षेत्र स्थापना गरिएकोमा स्थापनाको उद्देश्यविपरीत ध्वनि, धुवाँ, रसायन प्रदूषण फाल्ने टेक्सटाइल, डाइङ्ग, रङरोगन, प्लास्टिक उद्योग सञ्चालन गराइएको हुँदा पीडित जनता २०५३ सालदेखि आन्दोलनमा रहेको तर्फ सरकारको ध्यानाकर्षण गरायो ।
टोलीले उद्योग क्षेत्रको हरियाली क्षेत्रमासमेत भवन उठाइएको, सार्वजनिक सडक च्यापेर उद्योगको भवन बनाइएको उल्लेख गर्दै जस्ताको टहरा र टायल छानाको एक तलाको भवनमा टेक्सटाइल, रङरोगन, डाइङ, प्लास्टिक उद्योग सञ्चालन सम्भव नभएको सरकारको ध्यानाकर्षण गरायो ।
राज्यमन्त्री दुगड र सचिव रेग्मीले उद्योग क्षेत्रको सरकारी जग्गा भित्रभित्रै खरिद–बिक्री भएको प्रतिवेदन पेश गराउन एउटा प्राविधिक टोली गठन भएको र सो प्रतिवेदनअनुसार जनताको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Leave a Reply