सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
काठमाडौँ, ८ मङ्सिर । सरकारले कोटेश्वर–जडीबुटी सडकखण्ड ६ लेनमा विस्तार गर्ने काम पुसदेखि सुरु गर्ने तय भएको छ । मङ्सिर तेस्रो हप्तासम्ममा ठेक्काको टुङ्गो लाग्नेछ । चालू आर्थिक वर्षभित्रै काम सक्ने योजना रहेको सरकारी अधिकारीहरूले जनाएका छन् । सडक विस्तार कोटेश्वर चोकदेखि काठमाडौँ र भक्तपुर जोड्ने मनोहरा पुलसम्म गरिनेछ । १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको सडक विस्तारका लागि सबै प्राविधिक अध्ययनको काम सम्पन्न भइसकेको छ ।
पूर्वबाट राजधानी भित्रिने प्रमुख नाकामा दैनिक घण्टौँ जाम हुन थालेपछि समाधानको उपायस्वरूप सडक विस्तार गर्ने योजना अघि सारेको हो । यसअघि बजेटमा समेत सरकारले सो क्षेत्रमा जामको समस्या समाधान गर्न सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको थियो ।
नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार संस्थानले अहिले कोटेश्वर–जडीबुटी सडकखण्डमा विद्युत् र टेलिफोनको तार भूमिगत गर्ने काम गरिरहेको छ । उनीहरूले मङ्सिर तेस्रो हप्तासम्ममा काम सम्पन्न गर्ने जानकारी दिएको सडक डिभिजन कार्यालयको भनाइ छ । “अब निर्माण हुने सडकलाई पटक–पटक भत्काउन नपरोस् भनेर तार भूमिगत गर्ने काम सकेर मात्र सडक निर्माण थाल्न लागिएको हो,” डिभिजन कार्यालयले जनाएको छ । ढल र सडक निर्माणको काम भने एउटै ठेक्कामा गर्ने गरी समन्वय गरिएको छ ।
सडक डिभिजन कार्यालय काठमाडौँका अनुसार सडक विस्तारका लागि जग्गा प्राप्तिको काम सकिएको छ । त्यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले चर्चेको क्षेत्रमा नागरिक उड्डयन प्राधिकरणले जग्गा उपलब्ध गराइसकेको छ । प्राधिकरणले साढे सात रोपनी जग्गा उपलब्ध गराएको हो । त्यस्तै, सडकको दक्षिणी क्षेत्रमा पर्ने काठमाडौँ महानगरपालिकाको जग्गा प्राप्त गर्ने प्रक्रियामा सहमति भइसकेको डिभिजन प्रमुख नेपालीले जानकारी दिनुभयो । त्यस क्षेत्रमा सार्वजनिक शौचालय र अन्य केही केबलहरू रहेछन् । उनीहरूले १० वर्षको सम्झौता महानगरसँग गरेका थिए । तर, अझै ३ वर्ष सम्झौता बाँकी हुँदाहँुदै पनि महानगरपालिकाले शौचालय हटाउने निर्णय गरेको र त्यसका लागि अन्य ठाउँमा जग्गा उपलब्ध गराउने गरी सहमति भएको छ ।
तर, जडीबुटी चोकमा रहेको एउटा सानो घर प्राप्तिमा भने अझै सहमति भएको छैन । घरधनीले धेरै मुआब्जा खोजेका कारण ढिलाइ भएको हो । त्यसलाई पनि मनाउने काम भइरहेको डिभिजन कार्यालयले जानकारी दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार कोटेश्वरदेखि जडीबुटी जाने सडकको बायाँतर्फ एक लेन र दायाँतर्फ दुई लेन सडक विस्तार गर्न पुग्ने जग्गा प्राप्ति भएको छ । तर, तत्काललाई दुवैतर्फ एक–एक लेनमात्र विस्तार गरिनेछ ।
सरकारको योजनाअनुसार अहिले तिनकुने–कोटेश्वर–जडीबुटी हुँदै पेप्सीकोलातर्फ जानेलाई मात्र एकतर्फी एउटा छुट्टै लेन तयार गरिनेछ । त्यस्तै, भक्तपुरतिरबाट कोटेश्वर चोक हुँदै बालकुमारी–ललितपुरतर्फ जानका लागि एकतर्फी दुईवटा ‘डेडिकेटेड लेन’ तयार गरिनेछ । यसले अहिले कोटेश्वरको जाम गङ्गाघरसम्म पुग्ने र ‘पिक आवर’ मा ३ घण्टासम्म जाममा बस्नुपर्ने अवस्था अन्त्य हुने विश्वास छ ।
धुलिखेल–बर्दिवास जोड्ने बीपी राजमार्ग सञ्चालनमा आएपछि पूर्व जाने सवारीसाधनको एकमात्र निकासद्वार कोटेश्वर–जडीबुटी सडकलाई मानिन्छ । बीपी राजमार्ग सञ्चालनमा आएपछि पूर्व जाने सवारीसाधनको अत्यधिक वृद्धि भयो । तर, काटेश्वर र जडीबुटीका बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘लाइट सिग्नल’ पोलका कारण साँघुरो (बोटलनेक) सडक छ । यसैकारण जाम हुने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार बिहान र बेलुका अधिकतम ३५ मिनेटसम्म जाम हुने गरेको छ । तर, सर्वसाधारणले औसतमा ३ घण्टा जाम खेप्नु परिरहेको बताउँछन् । जाम हुनुको अर्को कारण भक्तपुर क्षेत्रमा बस्ती विकास आक्रामकरूपमा हुनुलाई पनि मानिन्छ ।
Leave a Reply