सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
काठमाडौँ, ८ मङ्सिर । नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगर समितिको आयोजनामा आइतबार ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकबारे अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले नेमकिपाले २०४८ मै तत्कालीन संंसदमा उपत्यकालाई सांस्कृतिक सहर घोषणा गर्न प्रस्ताव पेश गरे पनि शासक दलहरूकोे अदूरदर्शिता र कमजोरीले अहिले देशमै सांस्कृृतिक अतिक्रमणको समस्या आएको बताउनुभयो ।
“सांस्कृतिक सहर घोषणा उहिले नै भएको भए आज उपत्यकामा ठमेलस्थित कमलपोखरी मासेर छायाँदेवी कम्प्लेक्स, खोकना र बुङ्गमतीमा उर्वर भूमि र सम्पदा म्हास्ने गौरवशाली योजना लाद्न सकिँदैनथ्यो”, उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य नारायण महर्जनले फोहोरी राजनीतिमा नेकपा फस्नु असैद्धाान्तिक एकताको उपज भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले उपत्यकाका जनतामा राजनैतिक संस्कार नभएको कारणले उपत्यकावासी अन्यायमा परेको बताउनुभयो ।
कार्यक्रममा भागवत सिं नेवारले कमलपोखरी पुनःस्थापित हुने बलियो प्रमाण भएकोले अदालतले पेशी पटक–पटक सार्दै आएको बताउनुभयो ।
महानगर समितिका सचिव सानुकाजी महर्जनले किसान नीतिमा नेपाल धेरै पछाडि परेको बताउँदै क्युवाको जस्तो किसान नीति आवश्यक रहेको बताउनुभयो ।
महानगर समितिका सदस्य नरमान महर्जनको सभापतित्वमा भएको कार्यक्रममा चन्द्रागिरिका जितबहादुर महर्जन, महानगर समितिका अध्यक्ष सुरेन्द्र महर्जनले ‘श्रमिक’ र ‘मजदुर’ पत्रिकाको आप्mनो अध्ययन प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply