भर्खरै :

तारकेश्वरमा ‘श्रमिक’ र ‘मजदुर’ को अन्तरक्रिया

काठमाडौँ, ८ मङ्सिर । नेपाल मजदुर किसान पार्टी तारकेश्वर नगर समितिको आयोजनामा आइतबार ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकको जूममार्फत अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपा जनताको समस्यामा साथ दिने, राष्ट्रिय सम्पत्ति जोगाउन सङ्घर्ष गर्ने, देशभक्तिपूर्ण भावना जगाउने पार्टी हो, यो पार्टी नेपाली कामदार जनताको पार्टी हो, नेमकिपा सत्तासीन पार्टी नेकपाजस्तो पद, पैसा र भारतीय विस्तारवादको इसारामा पार्टीभित्र भागबन्डा गर्ने पार्टी होइन भन्नुभयो ।
उहाँले भन्नुभयो, “रासायनिक मल कारखानाको स्थापना गर्न नेमकिपाकले २५ वर्ष अगाडि नै आवाज उठाएको हो । छायाँदेवी कम्प्लेक्सको नामबाट सार्वजनिक पोखरी हडेपेको होस्, खोकना–बुङ्गमतीवासीको समस्यामा होस्, कृषि मल उपलब्ध नभएको विषयमा होस् नेमकिपाले गतिविधिलाई निरन्तरता दिइरहेको छ । तर, ठूला पार्टीले जनताको समस्याबारे आवाज उठाएको छैन । जनताबीच एकताको सन्देश दिनुपर्नेबेला नेकपाका दुई नेता झगडा गर्दै छन् ।”
भारतीय विस्तारवादले प्रत्यक्ष वा परोपक्षरूपमा हस्तक्षेप बढाइरहेको उल्लेख गर्दै उहाँले सत्तासीन दलका नेताहरू क्षणिक लाभ, आर्थिक लाभका निम्ति झगडा गर्दैछन् भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले नेपाल सरकारले गरेको कोभिड–१९का बिरामीमाथि हेल्चेक्र्याइँ, सरकारले समयमै ध्यान नपु¥याउँदा कोभिडका बिरामी बढिरहेको बताउनुभयो । खोकना–बुङ्गमतीका जनतालाई साथ दिई सम्पदा संरक्षण गर्नुपर्नेमा सम्पदा मास्नेगरी दु्रतमार्ग ल्याउने सरकारी योजनाको विरुद्ध सङ्घर्षरत जनतालाई दबाउने सरकारी कदमको हामी घोर विरोध गर्दछौँ भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले ठमेलस्थित पलेस्वाँ पुखु (कमलपोखरी) पुरेर छायाँदेवी कम्प्लेक्स निर्माण कार्य ठूला पार्टीकै नेताहरूको साथ र सहयोगमा भएको हुँदा सार्वजनिक सम्पत्तिमा बनाइएको छायाँदेवी कम्प्लेक्स हटाउन जनताको सङ्घर्षबाहेक अर्काे उपाय छैन भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले सन् १९६२ मा नेहरू नेतृत्वको भारतीय सरकारले आफू हार्छ भन्ने थाहा पाइकनै चीनमाथि आक्रमण गरेको, चीनले आक्रमण ग¥यो भनी कम्युनिस्टमाथि बदनाम गर्ने र भारतमा कम्युनिस्ट दबाउने उद्देश्यसहित चीनमाथि आक्रमण गरेको थियो, त्यस युद्धमा भारतको महाभूल भएको कुरा युद्धमा युद्धबन्दी बनाइएका भारतीय ब्रिगेडियर जेपी डाल्भीको ‘हिमाली महाभूल’ पुस्तकमा उल्लेख गरेको विवादबाट थाहा हुन्छ भन्नुभयो ।
जनसरोकार समिति खोकनाका अध्यक्ष नेपाल डंगोलले निजगढ काठमाडौँ फास्टट्रयाक उपत्यकावासी र नेपालको हितमा नभएको, खोकना–बुङ्गमतीका जनता भोका नाङ्गा स्थितिमा पु¥याउन खोजेको हुँदा १२ वर्षदेखि सङ्घर्षरत रहेको बताउनुभयो । उहाँले फास्टट्रयाक बाटो कुनै पनि हालतमा खोकना–बुङ्गमतीका जनताले रोक्ने बताउनुभयो ।
नेमकिपा तारकेश्वरका अध्यक्ष श्यामकुमार महर्जनको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रममा श्रीकुमार महर्जन, विशोक डंगोल, सविन महर्जन, मन्दिरा महर्जन, रमेश डंगोललगायतले बोल्नुभएको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *