भर्खरै :

सुरु भयो कक्षा १२ को परीक्षा

काठमाडौँ, ९ मङ्सिर । कोरोना महामारीको कारण केही समयदेखि अन्योलमा रहेको कक्षा १२ को बोर्ड परीक्षा मङ्ग लबारबाट देशभर सुरु भयो । सामान्यतः वैशाखमा हुने गरेको कक्षा १२ को परीक्षा यो वर्ष झन्डै ७ महिनापछि भएको हो । राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरेको हो । परीक्षा बोर्डका अनुसार परीक्षामा चार लाख ३२ हजार पाँच सय जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।
सबै विद्यार्थीले आ–आफ्नो विद्यालयमै परीक्षा दिएका छन् ।
परीक्षामा सम्मिलित विद्यार्थीले अनिवार्यरूपमा मास्क, स्यानिटाइजर र भाइजरसमेत लगाएर परीक्षा दिएका थिए ।
परीक्षा मङ्ग लबार बिहान ८ बजेदेखि सुरु गरिएको थियो । शिक्षा मन्त्रालयले दिएको जानकारीअनुसार कुल एक सय पूर्णाङ्कमध्ये ४० प्रतिशतको लिखित परीक्षा, ४० प्रतिशत आन्तरिक अन्य परीक्षा र २० प्रतिशत कक्षा ११ मा प्राप्त अङ्कको आधारमा विद्यार्थीको समग्र मूल्याङ्कन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *