भर्खरै :

भक्तपुर: महर्षि वाल्मीकिको समाधिस्थल

भक्तपुर नेपालको ऐतिहासिक र सांस्कृतिक सहर हो । भक्तपुरको पुराना दरबार र अनेकौँ चोकहरू कुनै न कुनै मन्दिर, देवी–देवताको मूर्तिले ढाकिएका छन् । मैले २०१९ सालमा पहिलोपटक भक्तपुर घुम्ने मौका पाएको थिएँ । त्यो साल म आइए परीक्षा दिन काठमाडौँ आएको थिएँ । त्यसपछि २०२४ सालमा भक्तपुरको चाँगुनारायण, सूर्यविनायक गणेश मन्दिर, भक्तपुर दरबार क्षेत्र, न्यातपोल मन्दिर, तलेजु भवानी, भैरवनाथ मन्दिर, दत्तात्रय मन्दिर, सिद्ध पोखरी, कैलासनाथ महादेव, सिद्धिलक्ष्मी मन्दिरलगायत अनेकौं धार्मिकस्थल देख्दा भक्तपुर, काठमाडौँ र ललितपुरको प्रभाव नेपालभरमा नै पर्न गएको जस्तो लाग्यो । भक्तपुरको उत्तरपूर्वतर्फ डोलेश्वर महादेव केदारनाथको शिर मान्ने मानिस पनि छन् । भक्तपुर राजधानीसँगैको जिल्ला भएर पनि त्यत्ति चर्चामा थिएन । मलाई त आश्चर्य लाग्यो, यस्तो इतिहासको निर्माण स्थल, मन्दिरै मन्दिरको स्वर्णभूमि किन उपेक्षित भएको होला ?
भक्तपुर किन उपेक्षित रह्यो भन्ने कुराको जवाफ अहिलेसम्म मैले पाउन सकेको छैन । भक्तपुर अन्न उत्पादनमा एक नम्बरमा पर्छ । वास्तवमा भक्तपुर सानो संसारजस्तो छ जहाँ जेजस्तो पनि उत्पादन हुन्छ । यहाँ अनेकौँ प्रकारका जडिबुटीहरू पाइन्छन् । हस्तकला, मूर्तिकलामा भक्तपुर एक नम्बरमा पर्छ । चीनमा गएर अरनिकोले यति धेरै प्रतिष्ठा कमाए, उनको मूर्ति चीनमा ठूलो इज्जतका साथ राखिएको छ । तीन वर्षअगाडि वैशाख महिनामा पेकिङको भ्रमण गरेको थिएँ । त्यहाँ ठूलो कम्पाउन्डभित्र अरनिकोको मूर्ति राखिएको छ ।
ढोकाभित्र पस्नासाथ अरनिकोको बारेमा नेपाली, अङ्ग्रेजी, चिनियाँ भाषामा बुझ्ने गरेर जानकारी राखिएको छ । आई.ए.मा भक्तपुरको इतिहास पढ्दा भक्तपुरका राजाहरूको नाम छोटकरीबाट ‘रासु पावित्रै जनजजि भूर’ अर्थात् राय मल्ल, सुवर्ण मल्ल, प्राण मल्ल, विश्व मल्ल, त्रैलोक्य मल्ल, जगतज्योति मल्ल, नरेन्द्र मल्ल, जगतप्रकाश मल्ल, जितामित्र मल्ल, भक्तपुरको अद्वितीय पचपन्न झ्याले दरबार र पाँचतले (ङातापोल्ह) देवल बनाउने भूपतीन्द्र मल्ल र रणजीत मल्लको नाम कण्ठ गरेको थिएँ । कान्तिपुरका राजा यक्ष मल्लले आफ्ना छोराहरूलाई कान्तिपुर, भक्तपुर, ललितपुर भागबन्डा गरिदिएको आधारमा कान्तिपुरका पहिला राजा रत्न मल्ल भए, भक्तपुरमा राय मल्ल र ललितपुरमा यक्ष मल्लले ललितपुर आफ्नी छोरीलाई दिए तापनि पछि लक्ष्मीनरसिंह मल्लका भाइ प्रताप मल्लका काका हरिहरसिंहका छोरा प्रसिद्ध कृष्ण मन्दिर बनाउने सिद्धिनरसिंह मल्ल राजा भएका थिए ।
भक्तपुरका राजा रणजीत मल्ल धार्मिक प्रकृतिका राजा थिए । उनका प्रधानमन्त्री रामकृष्ण थापा राजाका बफादार थिए । पृथ्वीनारायण शाहका पिता नरभूपाल शाहले भक्तपुरका राजा रणजीत मल्लसँग मित लगाएकाले बाल्यकालमा पृथ्वीनारायण शाह रणजीत मल्लको दरबारमा धेरै समय रहेर राजकीय ज्ञान सिक्ने मौका पाएका थिए । रणजीत मल्लका प्रधानमन्त्री रामकृष्ण थापाले पृथ्वीनारायण शाहलाई काशी यात्रा जानमा सहयोग गरेका थिए । काशीमा काशीनरेश बलवन्त सिंहसँग भेटघाट भएको थियो । काशी नरेश पृथ्वीनारायण शाहदेखि प्रभावित भएर आफ्नी छोरी विवाह गराउने मनसाय राखे । तर, पृथ्वीनारायण शाह र काशी नरेशको गोत्र भारद्वाज भएकाले विवाह गर्न नमिल्ने भएपछि रामकृष्ण थापाले राजकर्णिकरघाटमा ज्योतिषीसँग सल्लाह गरेर पृथ्वीनारायण शाहले आफ्नो गोत्र फेरेर काश्यप गोत्र कायम गरी काशीनरेशकी छोरीसँग विवाह गरेका थिए ।

वाल्मीकिको रामायण अनुवाद गरेर भानुभक्त नेपाली भाषाका आदिकवि बन्न पुगे । वाल्मीकिले नेपालको चितवन जिल्लाको दक्षिणतर्फ नारायणी नदीको किनारामा आश्रम कायम गरेका थिए । त्यही ठाउँमा रामले सीतालाई त्यागेपछि सीताले आश्रय लिएकी थिइन् । त्यही ठाउँमा लवकुशको जन्म भएको थियो । ‘मा निसाद’ प्रतिष्ठा त्गमयः शास्वस्ती समा, यादकौंचा मिथुनादेकः ममधि काममोहितम् । यो संस्कृत साहित्यको पहिलो कविता हो । वाल्मीकि आश्रमको किनारामा सोना र तमोसा नदीमा नुहाउन जाँदा एक ब्याधाले एक जोडी बाजलाई काँडाले हानेर घायल बनाएपछि त्यो विह्वल दृश्यबाट विस्फोटित बनेर करुणरसमय श्लोक वाल्मीकिबाट प्रस्फुटित भयो । त्यही श्लोक प्रस्फुटित भएपछि वाल्मीकिले रामायण लेखे । वाल्मीकि महर्षि हुन् ।

हिमवत्खण्ड नेपालको चितवन तथा भक्तपुरको हनुमानघाटलाई संस्कृत भाषाका आदिकवि वाल्मीकिले आफ्नो कर्मथलो बनाएका थिए । वाल्मीकिको जन्म कहाँ भएको थियो भन्ने कुरा यकिन गर्न नसकिए तापनि भक्तपुरको हनुमानघाटमा वाल्मीकिको समाधि छ । हनुमानघाटमा अनेकौँ ठूलठूला शिवलिङ्ग हरू छन् । यस्ता महत्वपूर्ण कुरा सुषुप्त रहिरहेको अवस्थामा नेपालका खोजकर्ता चैतन्यप्रसाद देवकोटाले बितेका तीन वर्षदेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा महर्षि वाल्मीकिको सम्झनामा इतिहासकार, धार्मिक चिन्तक तथा विद्वानहरूको उपस्थितिमा जन्मजयन्ती मनाउने क्रम बसालेका छन् । महर्षिको जन्मजयन्ती कार्यक्रम नेपालमा एक अध्यायको रूपमा प्रस्तुत हुनसक्छ । देवकोटाका कारण तीन वर्षअगाडि हनुमानघाट अध्ययन–भ्रमणको मौका मिलेको र त्यस्तो पवित्रस्थल देख्न पाउँदा आफूलाई गौरवान्वित ठानेको थिए । तर, अझै कतिपय मानिसहरूले भक्तपुर हनुमानघाटमा वाल्मीकिको समाधीस्थल छ भन्ने कुरालाई विश्वास गरेका छैनन् । जो–कोहीले उक्त क्षेत्रमा वाल्मीकिको समाधीस्थल देख्न सक्छन् । त्यही नै आज हामी नेपालीहरूको इतिहासको गौरवमय स्रोत हुन पुगेको छ ।
वाल्मीकिको रामायण अनुवाद गरेर भानुभक्त नेपाली भाषाका आदिकवि बन्न पुगे । वाल्मीकिले नेपालको चितवन जिल्लाको दक्षिणतर्फ नारायणी नदीको किनारामा आश्रम कायम गरेका थिए । त्यही ठाउँमा रामले सीतालाई त्यागेपछि सीताले आश्रय लिएकी थिइन् । त्यही ठाउँमा लवकुशको जन्म भएको थियो । ‘मा निसाद’ प्रतिष्ठा त्गमयः शास्वस्ती समा, यादकौंचा मिथुनादेकः ममधि काममोहितम् । यो संस्कृत साहित्यको पहिलो कविता हो । वाल्मीकि आश्रमको किनारामा सोना र तमोसा नदीमा नुहाउन जाँदा एक ब्याधाले एक जोडी बाजलाई काँडाले हानेर घायल बनाएपछि त्यो विह्वल दृश्यबाट विस्फोटित बनेर करुणरसमय श्लोक वाल्मीकिबाट प्रस्फुटित भयो । त्यही श्लोक प्रस्फुटित भएपछि वाल्मीकिले रामायण लेखे । वाल्मीकि महर्षि हुन् ।
वाल्मीकिले रामायणका केही भाग भक्तपुरको हनुमानघाटमा बसेर लेखेका थिए भन्ने प्रमाणहरू पनि धेरै जुटेका छन् । भक्तपुरको हनुमानघाट सानो छ । राम, सीता, लक्ष्मणको अखण्ड दीप प्रज्ज्वलित हनुमानघाट एउटा पवित्र धाम नै हो । यसको चियोचर्चा नभएकोले हनुमानघाटजस्तो पौराणिकस्थल अपरिचित हुन पुगेको हो । तर, केही वर्षदेखि हनुमानघाटको महत्व बढ्न थालेको छ । एउटा खुसीको कुरा, भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको सक्रियतामा हनुमानघाटको महत्वलाई व्यापक गराउन योजना कार्यान्वयनको थालनी भएको छ । आजभोलि भक्तपुरका इतिहासकार, समाजसेवी, शिक्षकहरू हनुमानघाटको विषयमा पौराणिक इतिहास उजागर गर्नमा तल्लीन छन् । हनुमानघाट हिन्दूहरूको विश्व प्रसिद्ध धाम तथा पर्यटकीय केन्द्रको रूपमा देखापर्ने निश्चित छ ।
विसं २०३७ मा चितवनको दक्षिणतर्फ अवस्थित वाल्मीकि आश्रमको अध्ययन भ्रमण गर्दा र तीन वर्ष अगाडि हनुमानघाटमा महर्षि वाल्मीकिको समाधीस्थल देख्न पाउँदा मलाई गौरव महसुस भएको छ । यी दुवै वाल्मीकिका कर्म क्षेत्र थिए । नेपालमा महान् ऋषिमुनिहरू, वेद, पुराण, उपनिषद्हरू, नीतिशास्त्रहरूका निर्माता र रामायण लेख्ने वाल्मीकिजस्ता महान् व्यक्तित्वहरूको जन्मस्थल तथा कर्मस्थल हिमवत्खण्ड नेपाल नै हुनु हामी नेपालीहरूको लागि गौरवको कुरा हो । वाल्मीकिजस्ता अनेकौँ ऋषि–महर्षिहरूबाट मानव सभ्यताका गौरवमय परम्परा स्थापित हुनसकेकोले हामी नेपालीहरू गौरवान्वित छौँ ।
नेपाल ऋषिमुनिहरूको जन्म र कर्मथलो– वेद, उपनिषद्, पुराण तथा नीतिशास्त्रहरूको पौराणिक वैदिक तथा बौद्ध भूमि हिमवत्खण्डको भूमि हो । हिमवत्खण्ड नेपाल भनेको पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दू कुश, उत्तरमा कैलाश मानसरोवर र दक्षिणमा गंगानदी छन् । अहिले त्यो पौराणिक भूमि खण्डित भएर पूर्वमा मेची र पश्चिममा महाकाली, उत्तरमा हिमालय र दक्षिणमा भारत रहेको छ । यो पुण्त्र्ूमिलाई भारतीय हिन्दूहरू देवभूमि भन्छन् भने भारतलाई कर्मभूमि भन्छन् । ऋषि–महर्षिहरूका अथक चिन्तनबाट संसारमा अविछिन्नरूपमा चलिरहने समयलाई सत्य, त्रेता, द्वापर र कलियुग गरी चार भागमा विभाजित गरिएको थियो । यसैको आधारमा मानव सभ्यताको आरोहण–प्रत्यारोहण हुने क्रम जारी छ ।
सामाजिक सुव्यवस्थाको लागि मानिसको आयुलाई सय वर्ष कायम गरी २५÷२५ वर्षको चार अवधिमा विभाजन गरिएको थियो । “विश्वमा सबै सुखी होऊन्, संसारमा कोही पनि दुःखी र रोगी नहोऊन्, सबै उदार होऊन्, विश्वका सम्पूर्ण मानव हाम्रा आफन्त हुन् । उदात्त विचार लिएर विश्वबन्धुत्वको लागि क्रियाशील बनौं” भन्ने यो वैदिक सनातन परम्परा हो । हिमवत्खण्ड नेपाल हिन्दू तथा बौद्ध धर्मको आधिकारिक थलो हो । वैदिक सभ्यता विस्तार गर्ने क्रममा ऋषिहरू भन्थे– ‘कृण्वन्तो विश्वमार्यम्’ अर्थात् विश्वलाई सभ्य बनाऔँ ।
प्राचीन समयदेखि हिमवत्खण्ड नेपाल तथा भारतको सभ्यतालाई विश्वले ठूलो महत्व राख्दै आएको छ । हिमवत्खण्ड नेपाल तथा भारतबीचमा युगौंयुगदेखि गहन तादात्म्यता छ । इतिहासविद् योगी नरहरिनाथले उल्लेख गर्नुभएको छ, “कैलाश–मानसरोवरदेखि हिन्द महासागरसम्म जसको राज्य र घर छ, त्यो हिन्दू हो । मानव ज्येष्ठ हाम्रो दर्शन ज्येष्ठ हो । मनु यही जन्मेका, वेद यहीँ जन्मेका, उपनिषद् तराईमा बनेका हुन् । विश्व सभ्यता हाम्रो दर्शनको मूल उद्देश्य हो ।” भारतमा मुसलमान र अङ्ग्रेजको अतिक्रमणको कारणले भारतमा हिन्दू अस्मिता नष्ट गराउने काम भयो ।

One response to “भक्तपुर: महर्षि वाल्मीकिको समाधिस्थल”

  1. Dirgha Raj Prasai says:

    Thanks!
    I have shared in Facebook and Twitter.
    Thank you
    D.R. Prasai

Leave a Reply

Your email address will not be published. Required fields are marked *