भर्खरै :

छाङ अ ५ नं. चन्द्रमा अन्वेषण यन्त्र सफलताका साथ प्रक्षेपित

नोभेम्बर २४ तारिख बिहान ४ बजेर ३० मिनेट जाँदा चीनले वनछाङ प्रक्षेपण केन्द्रबाट छाङअ ५ नम्बर चन्द्रमा अन्वेषण यन्त्रवाहक छाङचङ नामक रकेटको सफलताका साथ प्रक्षेपण गरेको छ । प्रक्षेपित सो रकेट आकाशमा २२०० सेकेन्टसम्म उडेपछि अन्वेषण यन्त्रलाई निर्धारित लिगमा पु¥याएको छ जसबाट चीनले बाह्य अन्तरिक्षमा नमुना लिएर फर्कने पहिलो यात्रा थालेको छ ।
५ नम्बर रकेटले बोकेको छाङ अ ५ नम्बर चन्द्रमा अन्वेषण यन्त्रको लागि बाह्य अन्तरिक्षमा नमूना लिएर फर्कने पहिलो यात्रालगायत ३ वटा लक्ष्यहरू तोकिएको छ । यो प्रक्षेपण छाङचङ मालवाहक रकेटले गरेको ३५३ औँ प्रक्षेपण कार्य हो ।
चन्द्रमा जान÷आउन कति दिन लाग्ला ?
नोभेम्बर २४ तारिख प्रक्षेपित छाङ अ ५ नं. चन्द्रमा अन्वेषण यन्त्रले जानेआउने दुईटै टिकट लिएको छ । चन्द्रमाको बाहिरी क्षेत्रमा सही तथा सुरक्षितरूपमा ओर्लनुका साथै छाङ अ ५ नं. चन्द्रमा अन्वेषण यन्त्रले चन्द्रमाको ढुङ्गा नमूना लिएर पृथ्वीमा फर्किनुपर्नेछ । वैज्ञानिकहरूले गणना गरेअनुसार, पृथ्वी र चन्द्रमा बीचको औसत दूरी ३.८ लाख किलोमिटर छ । छाङ अ ५ नं. चन्द्रमा अन्वेषण यन्त्रको चन्द्रमा यात्रामा ११ वटा उडड्यन चरण डिजाइन गरिएको छ र लगभग २० दिनमा यो यात्रा पूरा हुने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *