भर्खरै :

श्रमिक’ र ‘मजदुर’ को अन्तरक्रिया

काठमाडौँ, ९ मङ्सिर । नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिको आयोजनामा भएको ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकको अनलाइन अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिका सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजुले ‘श्रमिक’ सप्ताहिक र ‘मजदुर’ दैनिकको अन्तरक्रिया कार्यक्रमले सदस्यहरूमा स्वअध्ययन गर्ने बानीको विकास भएको र देश विदेशका राजनीतिक, सामाजिक घटनाहरू निरन्तररूपमा प्रकाशित भइरहेको बताउनुभयो ।
नेमकिपा टोखा नगर समितिका अध्यक्ष रवीन्द्र डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य नारायण महर्जन, नेमकिपा केन्द्रीय वैकल्पिक सदस्य नारायणबहादुर दुवाल, फास्टट्रयाकविरूद्ध बुङ्ग मती सरोकार समितिका सचिव महेन्द्र ब्रह्माचार्य, ललितपुर सुनाकोठी सडक सङ्घर्ष समितिका सदस्य अशोक डंगोल, नेमकिपा टोखा नगर समितिका सचिव मदन श्रेष्ठ, इन्जिनियरिङ समाज नेपाल काठमाडौँ जिल्ला समितिका अध्यक्ष सविन महर्जन, मनहेरा श्रेष्ठ, कवीन्द्र डंगोल र शैलेश डंगोललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *