तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, १० मंसिर । नेपाल मजदुर किसान पार्टी, कीर्तिपुर नगर समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिकको अङ्क ४५ मा प्रकाशित विभिन्न आलेखबारे अध्ययन गोष्ठी भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेकपाले विकासको प्राथमिकीकरण गर्न नसकेको धारणा राख्नुभयो । उहाँले राज्यको करोडौँ रूपियाँको खर्चमा भ्यु टावर बनाउनेले विज्ञानका नयाँ आविष्कारको निम्ति अनुसन्धान केन्द्र बनाउनेबारे कहिल्यै नसोचेको भन्दै आर्थिक विकास विज्ञान तथा प्रविधिको क्षमतामा भरपर्ने उल्लेख गर्नुभयो ।
उहाँले नेपालको विकास योजनामा विज्ञान तथा प्रविधिको विषय विसं २०४० को दशकमा मात्र समावेश हुन थालेका उल्लेख गर्दै विज्ञान तथा प्रविधिको क्षेत्रको अनुसन्धानलाई फाल्तु खर्चको रूपमा बुझ्ने नेताहरू सत्तामा रहेसम्म यो प्राथमिकताको विषय बन्ने छैन भन्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले सरकारी विश्वविद्यालयका प्राध्यापकहरू निजी कलेजहरूतिर दौडधुप गर्नमै रमाइरहेको भन्दै त्रिविका सेरिड, सिनास, सेडा र रिकास्टजस्ता अनुसन्धान केन्द्रबाट पर्याप्त अनुसन्धानको काम हुन नसकेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले भारतीय एकाधिकार पुँजी र भारतीय सरकारको पुँजीबाट नेपाली शासक दलहरू भाग्न नसकेको उल्लेख गर्दै राष्ट्रिय तथा विदेशी पुँजीपति वर्गको उल्काइमा सत्तासीन पार्टीमा सत्ताको ‘कुकुरझगडा’ भएको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले नेपाल–चीनबीच विद्यमान सीमा समस्या विगतका सन्धि–सम्झौताका आधारमा सुल्झाइसकेको भन्दै नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको उच्च सम्मान गर्दै आएको उत्तरी छिमेकी चीनबाट नेपालको भूमि अतिक्रमण नभएको उल्लेख गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा विश्वक डंगोल, सविन महर्जन, सानुकाजी महर्जन, कवीन्द्र डंगोल, सुनयना महर्जन, रामचन्द्र महर्जनलगायतले बोल्नुभएको थियो ।
Leave a Reply