भर्खरै :

श्रमिक’ साप्ताहिकको अनलाइन अन्तरक्रिया

भक्तपुर, १० मङ्सिर । नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नगर समितिको आयोजनामा अनलाइनमार्फत ‘श्रमिक’ साप्ताहिकको अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले पठन संस्कृतिको विकास गर्न अध्ययनलाई जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधालाई जनतामाझ पु¥याउन पार्टीले ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक प्रकाशन गरिरहेको बताउनुभयो । पार्टी कार्यकर्ताहरू देश र जनताको सेवामा समर्पित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । आयोजक समितिका उपाध्यक्ष मञ्जु लाखाको सभापतित्वमा भएको उक्त कार्यक्रममा अनिता जधारी, मीरा दुगुजू, रत्ना चवाल, बिकुलक्ष्मी कोजू,, मैयालक्ष्मी त्यात, बुद्धलक्ष्मी त्वायना, रञ्जना त्वातीलगायतले ‘श्रमिक’ पत्रिकाबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *