भर्खरै :

नेकाले बहुमत जनताको सेवा गर्नेछैन

नेपाली काङ्ग्रेस पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । पुँजीवादी व्यवस्था कायम गर्ने काम नेकाले गर्नु स्वाभाविक हो । पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने नेकाले बहुमत जनताको हित हेर्दैन, सेवा गर्दैन । नेका बहुमत जनताविरोधी दल हो । कम्युनिस्ट पार्टीको विरोध गर्नु नेकाको धर्म नै हो । तर, नेकाले नेकपाको नेतृत्वमा रहेको सरकारको विरोध गरे पनि प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेको छैन । नेकपाभित्रको आन्तरिक विवाद चर्काएर नेका सत्तामा जाने दाउमा पो छ कि ¤ पद र पैसाको निम्ति राजनीति गर्ने नेकाको सरकारमा जाने या नजाने स्पष्ट दृष्टिकोण आएको छैन । यसबारे नेकाका नेताहरूको मत फरक फरक देखिन्छ । सरकारमा जाने र नजाने दुवै पक्षका नेताहरू नेकाभित्र देखिएका छन् ।
झन्डै दुईतिहाइ मत प्राप्त नेकपाको सरकारसँग पनि नेका भागबन्डामा लागेको छ । प्रधानमन्त्री ओली नेकाका सभापति सभापति शेरबहादुर देउवासँगको भेटघाट के उच्चपदस्थ पदको भागबन्डा केन्द्रित छैन ? नेकाका नेता गोपालमान श्रेष्ठले त एकलौटी सरकार चलाउन सरकार चलाउन पायो भने नेकाले सोच्न सक्छ भनी राय व्यक्त गरे । उनको यो भनाइमा सत्ताको गन्ध देखिन्छ । सत्तामा हाम्रो नजर छैन, जनताले प्रतिपक्षमा रहेर मतदान गरेको भन्दै नेकाका केही नेताहरू सरकारमा जान चाहँदैन । यसरी एउटै दलका नेताहरुमा सरकारमा जाने र नजानेसम्बन्धी फरक फरक मत देखिएका छन् ।
सरकारको नेतृत्व गरिरहेका नेकपाले नेकालाई सत्तामा सामेल हुन आग्रह गर्नु आवश्यक छैन । आफ्नै दलका नेताहरूसँग पानी बाराबार गर्ने र रिसइवि पोख्ने प्रम ओलीले कम्युनिस्ट विरोधी नेकाका सभापतिसँग बातचित गरेर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई तर्साउने प्रयास गरेका हुन् कि ¤ यो बेला नेकपाभित्र जस्तो विवाद भए पनि, पार्टी नै फुटे पनि नेका एक्लैले शासन गर्ने स्थिति छैन । नेकपासँग गठबन्धन गरेर संयुक्त सरकार चलाउने स्थिति पनि छैन । प्रम ओली या नेकपा अध्यक्ष दाहालसँग मिलेर नेकाले संयुक्त सरकार चलाए हाल बाँकी रहेको दुई वर्ष भागबन्डा मिलाउँदा मिलाउँदै सकिनेछ ।
देशमा बढी शासन गरेको दल नेका नै हो । नेकाको पालामा व्यापक भ्रष्टाचार र अनियमितता भएको थियो । भारतसँग भएको असमान सन्धि र सम्झौता नेकाकै पालामा बढी भएको थियो । भारतले नेपालमा जस्तो सीमा अतिक्रमण गरे पनि, जग्गा मिचे पनि, नियमविपरीत बाँध तथा तटबन्ध बनाए पनि मौन रहने पार्टी नेका नै हो । नेपाल र नेपालीको स्वार्थभन्दा भारतीय शासकहरूको स्वार्थ पूरा गर्ने राजनीति नेकाले गरिरहेको छ । देशमा कम्युनिस्ट पार्टीप्रति जनताको विश्वास छ, कम्युनिस्ट पार्टीले नै देशमा आमूल परिवर्तन ल्याउने हो । तर, विडम्बना ¤ देशको नेतृत्व गरिरहेको नेकपा पुँजीपति वर्गको सेवा गर्ने राजनीतिमा लागेको हुँदा यो सरकारको विरोध बढेको हो । कम्युनिस्ट पार्टीले पुँजीवादी राजनीति गर्ने होइन, पुँजीपति वर्गको सेवा गर्ने होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *