तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ११ मंसिर । नेपाल मजदुर किसान पार्टी, सूर्यविनायक नगर समितिको आयोजनामा बुधबार पार्टी विधानबारे अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले समाजवादी गणतन्त्रले मात्रै व्यापक मजदुर तथा किसानको हित गर्ने भन्दै उत्पादनका मुख्य–मुख्य साधन र सेवा सामाजिकीकरण नभएसम्म आर्थिक असमानता कायम रहने धारणा राख्नुभयो । उहाँले पार्टी सदस्य सिद्धान्तनिष्ठ र कर्तव्यपरायण हुनुपर्ने उल्लेख गर्दै निःस्वार्थरूपले जनताको सेवा गर्ने काम प्रत्येक कार्यकर्ताको कर्तव्य हो भन्नुभयो । पार्टी विधानमा अनुशासित, देशभक्त र दृढ क्रान्तिकारी कार्यकर्ताको अपेक्षा गरिएको उल्लेख गर्दै केन्द्रीय सदस्य गोसाईले आदर्श समाज निर्माण गर्न प्रत्येक कार्यकर्ता निरन्तर खटिरहनुपर्छ भन्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोँजूले नेमकिपाले विधानमा उल्लेख भएअनुसार नै विदेशी थिचोमिचो, हस्तक्षेप र शोषणको विरोध गरिरहेको बताउनुभयो । उहाँले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा पार्टीको मार्गनिर्देशक सिद्धान्त भएको उल्लेख गर्दै नेमकिपाले माक्र्सवादलाई देशको वस्तुगत परिस्थितिअनुसार लागू गर्दै आएको धारणा राख्नुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य पाण्डव सुवाल, महेन्द्र बखुन्छे, राजेन्द्र बखुन्छे, शिव खुलिमुली, बुद्ध लामालगायतले बोल्नुभएको थियो ।

Leave a Reply