भर्खरै :

जनतासँग ताल मिलाउँदा

कोरियाली मजदुर पार्टीको ७५ औँ स्थापना दिवसको अवसरमा आयोजित सैनिक परेडमा पार्टी अध्यक्ष किम जोङ उनले भन्नुभयो, “हाम्रो पार्टीको ७५ वर्ष लामो गौरवशाली इतिहासको प्रत्येक पाना पल्टाएर हेर्दै गर्दा, यस क्षणमा आज के कुराबाट सम्बोधनको सुरुवात गर्ने भन्नेबारे म अत्यन्त गम्भीरताका साथ विचार गर्दै छु । तर, हाम्रो जनताको लागि मेरो हृदयबाट एउटै शब्द निक्लिरहेको छ । धन्यवाद ।”
यद्यपि, उहाँले समय–समयमा महान कोरियाली जनताप्रति आभार व्यक्त गर्दै आउनुभएको छ । जो वास्तवमा नै कृतज्ञताको असली हकदार पनि हो । जब उहाँले आफ्नो कृतज्ञता व्यक्त गर्नुभयो, सारा दर्शक–स्रोतासँगै देशभरिका जनताका आँखा रसाएको थियो ।
कोरियाली सर्वोच्च नेता किमले ‘हाम्रो महान् जनता जिन्दावाद ¤’ को नाराका साथ आफ्नो सम्बोधन अन्त्य गर्नुभयो ।
कोरियाली क्रान्ति र निर्माणमा सर्वोच्च नेता किमको नौ वर्ष लामो नेतृत्व जनताप्रति उहाँको इमानदार सेवाको यात्राको निरन्तरता रह्यो ।
कोरियाली क्रान्तिको नेतृत्व सम्हालेलगत्तै जनताको हित र सुखलाई उच्च एवम् निरपेक्ष प्राथमिकतामा राख्ने सिद्धान्तको घोषणा गरेर उहाँले पहिलो पटक जनताको हितमा आफ्नो राजनीति समर्पित रहेको प्रदर्शन गर्नुभएको थियो ।
विश्वव्यापी सङ्कटकोे रूपमा पैmलिएको कोभिड–१९ बाट कोरियाली जनतालाई जोगाउन र कोरियाली इतिहासकै गम्भीर यस वर्षको बाढी तथा आँधीले पु¥याएको क्षतिपछिको पुनःनिर्माण कार्यको निरीक्षणको क्रममा जनताको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न दिनुभएको निर्देशनले कोरियाली जनताप्रति उहाँको विचार थप स्पष्ट पारेको छ ।
कोरियाली मजदुर पार्टीको ७५ औँ स्थापना दिवसको दिन हजारौँको सङ्ख्यामा बाढी पीडितहरूले आफ्नो नयाँ घरमा गृह–प्रवेश गरेका छन् । जनतालाई महत्व दिने र उनीहरूप्रति उच्च सम्मान व्यक्त गर्ने उहाँको राजनीतिलाई धन्यवाद छ । स्मरणीय गृह–प्रवेश समारोहहरूमा मानिसहरू आफ्नो उँचो स्वरमा ‘कोरियाली मजदुर पार्टी जिन्दावाद ¤’ को नारा लगाइरहेका थिए । पूरै कोरियाली भूमिमा कोरियाली मजदुर पार्टीलाई व्यक्त कृतज्ञताको आवाज गुञ्जिरहेको थियो ।
कोरियाली मजदुर पार्टीप्रति जनताको विश्वास असीमितरूपमा बढ्दै छ ।
कोरिया टुडे, जुच्छे १०९–११ (२०२०)

Leave a Reply

Your email address will not be published. Required fields are marked *