भर्खरै :

संरा अमेरिका – जो चोर उसैको ठूलो स्वर

संयुक्त राष्ट्रसङ्घको निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिको ७५ औँ साधारणसभामा संरा अमेरिकाका अधिकारीले चीनले नै कोभिड–१९ फैलाएको र रूस र चीनले आणविक हतियारहरू तयार गरिरहेका कारण अन्तर्राष्ट्रिय सुरक्षाको प्रमुख चुनौती भएको भनी झूटो लाञ्छना लगाएको थियो ।
यो संरा अमेरिकाको चोर आयो, चोर आयो भन्दै चोरी गर्ने पुरानो तरिका हो । तथ्याङ्कलाई मान्ने हो भने संरा अमेरिकाले भन्नुपर्ने थियो, “आफू नै संसारमा अशान्ति र अराजकताका मुख्य कारक हो ।”
डोनाल्ड ट्रम्पले सरकार सम्हालेसँगै राष्ट्रिय सुरक्षाको नाममा अनावश्यक ढङ्गले एकतर्फीरूपमा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू तथा प्रतिज्ञाहरूबाट पछि हट्दै आफै नियम कानुनबाट मुक्त हुन खोज्दै छ ।
हतियार नियन्त्रणको क्षेत्रमा संरा अमेरिकाले मध्यम दुरीका आणविक हतियार सन्धिबाट पछि हटेको छ, इरानसँगको आणविक सम्झौताबाट पनि पछि हटेको छ र व्यवहारिकरूपमै नाङ्गो तरिकाले बहुपक्षीय र दुईपक्षीय हतियार सन्धिहरूलाई लट्याउँदै आएको छ ।
नयाँ रणनीतिक हतियार घटाउने सन्धि (New Strategic Arms Reduction Treaty -New START) को म्याद सकिनै लागेसँगै रुसले सो सन्धिलाई नवीकरण गर्न गरेको अनुरोधलाई संरा अमेरिकाले निष्क्रियतापूर्वक प्रतिक्रिया दिइरहेको छ ।

संरा अमेरिका सैन्यवादबाट ग्रसित छ र आफ्नो सैन्य महत्वाकाङ्क्षाको लागि रक्षा बजेट निरन्तर बढाउँदै छ । सन् २०१९ मा संरा अमेरिकाको सैनिक बजेट ७०० अर्ब डलर थियो जुन विश्वको सैन्य खर्चको करिब ४० प्रतिशत हुन आउँछ । यो संरा अमेरिका पछाडिका सबैभन्दा बढी खर्च गर्ने दशवटा देशहरूको जोडेर हुने खर्चभन्दा पनि बढी हो । सन् २०२० को अघिल्लो महिनातिर संरा अमेरिकी सरकारले काङ्ग्रेससामु ७०५.४ अर्बको राष्ट्रिय सुरक्षा बजेट पेश ग¥यो । यसको २८.९ अर्ब डलर आणविक हतियारको आधुनिकताको लागि थियो ।

सेप्टेम्बर १, २०१९ देखि मार्च १, २०२० सम्ममा रुसले आफ्नो आणविक हतियारको भण्डारमा १०० वटा क्षेप्यास्त्र घटाएको छ जबकि सोही समयमा संरा अमेरिकाले ३ वटाले मात्र घटाएको कुरा संरा अमेरिकी राज्य विभागले जनाएको छ । यो एउटा लज्जास्पद विषय हो र यसले संरा अमेरिका इमानदार नभएको स्पष्ट देखिन्छ ।
मध्यम र छोटो दुरीको मिसाइल प्रहार गर्न अहिले कुनै रोकटोक छैन । संसारलाई डरलाग्दो अवस्थामा पु¥याउने यस कार्यमा संरा अमेरिका नै मुख्य दोषी हो । गत ५० वर्षको इतिहासमा विश्वमा दुई ठूला आणविक हतियार भण्डारहरूलाई कुनै खालको सन्धिले बाँध्न नसकेको यो पहिलो उदाहरण हो ।
संरा अमेरिका सैन्यवादबाट ग्रसित छ र आफ्नो सैन्य महत्वाकाङ्क्षाको लागि रक्षा बजेट निरन्तर बढाउँदै छ । सन् २०१९ मा संरा अमेरिकाको सैनिक बजेट ७०० अर्ब डलर थियो जुन विश्वको सैन्य खर्चको करिब ४० प्रतिशत हुन आउँछ । यो संरा अमेरिका पछाडिका सबैभन्दा बढी खर्च गर्ने दशवटा देशहरूको जोडेर हुने खर्चभन्दा पनि बढी हो । सन् २०२० को अघिल्लो महिनातिर संरा अमेरिकी सरकारले काङ्ग्रेससामु ७०५.४ अर्बको राष्ट्रिय सुरक्षा बजेट पेश ग¥यो । यसको २८.९ अर्ब डलर आणविक हतियारको आधुनिकताको लागि थियो ।
अन्तर्राष्ट्रिय आणविक हतियार उन्मूलन अभियान नामक गैरसरकारी संस्था (क्ष्ऋब्ल्) का अनुसार विश्वका ९ वटा आणविक हातहतियारवाहक देशहरूले ७२.९ अर्ब डलर आणविक हतियारको लागि खर्च गरेको छ जसमध्ये ३५.४ अर्ब अर्थात् संसारका आणविक हतियारमा हुने खर्चको करिब आधा भाग संरा अमेरिकाले नै गर्दछ । यो अघिल्लो वर्षको खर्चभन्दा २० प्रतिशतको वृद्धि हो ।
यो सबै खर्च के राष्ट्रिय सुरक्षाकै निम्ति हो त ? सैन्य खर्चकै निम्ति किन अरू ऋण लिँदै छ ? संसारको सबैभन्दा धेरै र सबैभन्दा आधुनिक आणविक हतियारको भण्डार भएर पनि संरा अमेरिका किन अझ बढी हतियार मोह देखाउँदै छ ? यी प्रश्नहरूको उत्तरमा हामी सजिलोसँग बुझ्न सक्छौं, एकतर्फी ढङ्गबाट नै संसारमा त्राससँगै हतियारको होडबाजीलाई प्रोत्साहन गर्न चाहन्छ भने विश्व रणनीतिमा अस्थिरता कायम गर्दै संसार सधैँ युद्धको त्रासमा राख्न चाहन्छ । सबै नियम कानुन मिच्ने र त्रास फैलाउने यही कार्यका कारण विश्वले संरा अमेरिकालाई युद्धपिपासु देशको रूपमा चिनेको छ । गत २४० वर्षको इतिहासमा १६ वर्षमात्र संरा अमेरिका युद्धमा होमिएको छैन, यो तथ्यबाट स्पष्ट हुन्छ कि संरा अमेरिका इतिहासकै सबैभन्दा झगडालु देश हो ।
संरा अमेरिका युद्ध गर्नको लागि जस्तोसुकै कारण भेटाउन सक्छ । स्वयम् ट्रम्पले इराकमा गरिएको युद्धको कारण कुनै किसिमको आम विनाशकारी हतियार नभएको संरा अमेरिकाले नै युद्ध सुरु गरेको कुरा स्पष्ट पारिसकेको छ । सन् २००१ यता इराक, लिबिया, सिरियालगायतका देशमा ८ लाखभन्दा बढि मानिसको ज्यान लिइसकेको छ भने करोडौँ मानिस विस्थापित गरेको छ । यी र यस्ता तथ्यहरूप्रति संरा अमेरिका जानाजान मौन बसेको कुरा स्पष्ट छ ।
यस्ता युद्धप्रति निकै अफसोच रहेको अभिनय गर्दै संरा अमेरिकाले आम जनतालाई सहयोग गर्ने र उद्धार गर्ने नाममा जथाभावी गरेका युद्धले ती आम जनता कहिले पनि उम्किन नसक्ने अँध्यारो खाडलमा जाकेको छ ।
संरा अमेरिकाले खोलेको यो प्यान्डोरा बक्सबाट अरू धेरै सङ्कट ल्याउनेछ । चीन र रूसलाई आफ्नो प्रतिद्वन्द्वीको रूपमा प्रस्तुत गर्दै शीतयुद्धकालीन सोचसँगै आणविक अप्रसारको विषयमा संरा अमेरिकाले दोहोरो चरित्र देखाउँदै र राजनैतिक हेरफेर गर्ने कार्य गर्दै आएको छ । एसिया प्रशान्त र मध्य तथा पूर्वी युरोपमा क्षेप्यास्त्र प्रतिरोधकहरू राखेसँगै यी क्षेत्रहरूको रणनीतिक सन्तुलनलाई बिगार्दै आएको छ ।
शान्ति र विकास अहिलेको समयको माग हो । आपसी सम्मान, निष्पक्षता, न्याय र आपसी जितको साझेदारी र मानव समाजको साझा भविष्यको भावनाबाट संसार अघि बढेको यो अवस्थामा संरा अमेरिकाको निरपेक्ष सुरक्षा र सैन्य त्रासको साम्राज्य फैलाउने महत्वकाङ्क्षा बोकेर संरा अमेरिका अघि बढेको छ । यसरी संसारलाई डर, त्रास फैलाएर अनि अशान्ति फैलाएर के संरा अमेरिकाले विश्व शान्तिको लागि कार्य गरेको भन्न सुहाउँछ ?
स्रोत: पिपुल्स डेली (१३ नोभेम्बर, २०२०)
नेपाली अनुवाद: एसडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *