जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
विश्व सर्वहारा वर्गका गुरू फ्रेडरिक एङ्गेल्सको आज २०० औँ जन्म दिवस । संसारभरका क्रान्तिकारी, कम्युनिस्ट र श्रमिक जनताले यो अवसरलाई एङ्गेल्सका कृति र विचारबारे चर्चा गर्ने, उहाँको जीवनीबाट प्रेरणा लिने र उहाँका विचारलाई आजको समय र सन्दर्भमा प्रयोग गर्ने विषयमा अन्तरक्रिया गरिरहेका छन् । युवाहरूबीच एङ्गेल्सका विचार पु¥याउन उहाँको जीवनीमा आधारित चलचित्र र वृत्तचित्रको प्रदर्शन पनि भइरहेका छन् ।
विश्व सर्वहारा वर्गका अर्का गुरू कार्ल माक्र्ससँग मिलेर एङ्गेल्सले संसारका श्रमिक जनताको मुक्तिको निम्ति प्रतिपादन गर्नुभएको क्रान्तिकारी विचारधारा नै माक्र्सवाद हो । माक्र्सवाद औद्योगिक क्रान्तिकालीन युरोपेली समाजमा विकास भएको क्रान्तिकारी दर्शन र राजनीतिक विचारधारा हो, जसले आज संसारभरका श्रमिक जनतालाई मुक्तिको बाटो देखाइरहेको छ । व्यक्तिगत जीवनमा प्रतिकुलताका हजार शृङ्खला छिचोलेर माक्र्स र एङ्गेल्सले संसारका श्रमिक जनताको मुक्तिको बाटोको खोजीमा आफ्नो जीवन बिताउनुभयो ।
एङ्गेल्सको परिवार सम्पन्न थियो । उहाँका पिता उद्योगपति हुनुहुन्थ्यो । तर, एङ्गेल्सले युरोपेली मजदुरहरूले भयावह अवस्थाको गम्भीर अध्ययन गरी त्यसको समाधानको खोजी गर्न थाल्नुभयो । तत्कालीन जर्मन दार्शनिक र चिन्तकहरूका विचारको गहन अध्ययन गरी श्रमिक जनताको मुक्तिको बाटो खोज्ने क्रममा उहाँको सम्बन्ध माक्र्ससँग भयो । दुवै जना विद्वानहरूको सहकार्य र अन्तरक्रियाबाट माक्र्सवादी विचारधारा प्रतिपादन र विस्तार हुँदै गयो । आर्थिक प्रतिकूलताको चेपुवामा परेको माक्र्स परिवारलाई एङ्गेल्सले लगातार सहयोग गर्नुभयो । एङ्गेल्सको सहयोगी हात नहुने हो भने माक्र्सले संसारलाई शोषणबाट मुक्त गर्ने वैज्ञानिक विचारधारा दिन पक्कै सहज हुने थिएन । एङ्गेल्ससँगको वैचारिक मित्रताको आधारमा माक्र्सलाई दार्शनिक, राजनीतिक र वैचारिक आकार ग्रहण गर्न सम्भव भयो ।
दुई शताब्दीअघि संसारमा जन्मिनुभएका एङ्गेल्सका विचार र कृतिले आज पनि संसारलाई योगदान गरिरहेको छ । तत्कालीन समयमा विकास भएका सबभन्दा अघि बढेको विज्ञान–प्रविधिलाई आधार बनाएर एङ्गेल्सले लेख्नुभएका कृतिहरूले आजको युगको पनि सेवा गरिरहेका छन् । एङ्गेल्सको अलग कुनै विचार नभएको उहाँ आफैले भन्नुभएको छ । माक्र्ससँग सहकार्य र अन्तरक्रियामा प्रतिपादित विचारधारा नै एङ्गेल्सको पनि विचारधारा हो । आज संसारले यसलाई माक्र्सवाद भनेको छ ।
तर, एङ्गेल्सको आयाम माक्र्सको सहयोगीमा मात्र सीमित पक्कै छैन । बरू उहाँ स्वयम् तत्कालीन मजदुर आन्दोलनभित्रको वैचारिक सङ्घर्षमा होमिने परिपक्व व्यक्तित्व र असल सङ्गठनकर्ता हुनुहुन्थ्यो । ‘न्याय लिग’मा वैचारिक सङ्घर्षदेखि ‘कम्युनिस्ट लिग’को विस्तारमा एङ्गेल्सको महत्वपूर्ण भूमिका रह्यो । कार्ल माक्र्स र एङ्गेल्सको सहकार्यमा विश्वविख्यात र अमर कृति ‘कम्युनिस्ट घोषणापत्र’ तयार भयो । त्यो कृतिले आज पनि संसारभर धु्रवताराले जस्तै क्रान्तिकारी आन्दोलनलाई मार्गदर्शन गरिरहेको छ । बेलायतका मजदुरहरूको अवस्थाबारे एङ्गेल्सले सुरूमै लेख्नुभएको कृतिबाट माक्र्स स्वयम् प्रभावित हुनुभयो । माक्र्सका हरेक कृति लेखनमा एङ्गेल्सले सहयोग गर्नुभयो । माक्र्सको निधनपछि उहाँको वैचारिक विरासत जोगाउने जिम्मेवारी एङ्गेल्सको काँधमा आइलाग्यो । माक्र्सको त्यो विरासत ठाम्न त्यत्ति सहज पक्कै थिएन । तर, एङ्गेल्सले त्यो जिम्मेवारी सफलतापूर्वक पूरामात्र गर्नुभएन, बरू माक्र्सले अधुरो छोड्नुभएका कतिपय कृतिलाई पूर्णता दिनुभयो । संसारभर क्रान्तिकारी आन्दोलनको लागि बाटो देखाउने जिम्मेवारी पूरा गर्नुभयो । माक्र्सको निधनपश्चात् उहाँका विचारधारालाई बङ्ग्याउने, अपव्याख्या गर्ने आदि प्रवृत्तिविरूद्ध एङ्गेल्स लगातार भिड्नुभयो ।
दुई शताब्दीअघि संसारमा जन्मिनुभएका एङ्गेल्सका विचार र कृतिले आज पनि संसारलाई योगदान गरिरहेको छ । तत्कालीन समयमा विकास भएका सबभन्दा अघि बढेको विज्ञान–प्रविधिलाई आधार बनाएर एङ्गेल्सले लेख्नुभएका कृतिहरूले आजको युगको पनि सेवा गरिरहेका छन् । एङ्गेल्सको अलग कुनै विचार नभएको उहाँ आफैले भन्नुभएको छ । माक्र्ससँग सहकार्य र अन्तरक्रियामा प्रतिपादित विचारधारा नै एङ्गेल्सको पनि विचारधारा हो । आज संसारले यसलाई माक्र्सवाद भनेको छ । त्यसो त आज माक्र्सवादलाई आफ्नो सत्तासुख पूरा गर्ने साधनको रूपमा दुरूपयोग गर्ने र बङ्ग्याउनेहरूको कुनै कमी छैन । त्यस्ता राता झन्डा खसाल्न राता झन्डा उचाल्ने हानिकारक शक्तिहरूविरूद्ध लड्न आज फेरि संसारका क्रान्तिकारी श्रमिक जनताले माक्र्स–एङ्गेल्सका कृतिहरूको गहन अध्ययन गर्न जरूरी भएको छ ।
एङ्गेल्सको २०० औं जन्म दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली !
Leave a Reply