तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १४ मङ्सिर । नेपाल मजदुर किसान पार्टी भक्तपुर नपा ७ इनाचो एकाइ समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिकबारे शनिबार अध्ययन गोष्ठी भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय समितिका सदस्य उकेश कवांले ‘श्रमिक’ पत्रिका विचारप्रधान पत्रिका रहेको चर्चा गर्दै अध्ययनमा जोड दिई नियमित अन्तरक्रिया एवम् छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यकर्ताबीच आलोचना–आत्मालोचना हुनुपर्नेमा जोड दिँदैै उहाँले नेमकिपाले लेनिनवादी सिद्धान्तअनुसार काम गरिरहेको बताउनुभयो ।
कृष्णगोविन्द लाखाजुले नेमकिपाले जनताका समस्यालाई ध्यानमा राखी काम गर्दै आएको कुरा राख्दै गहुँ बाली लगाउने समयमा रसायनिक मल अभाव, भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापनमा देखिएको समस्या, सानो उद्योग क्षेत्रको समस्याबारे सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवलाई ध्यानाकर्षण गराएकोबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा हीरा ख्याजु, विष्णुराम दुुमरू, प्रविन लाखाजु र सरू दुमरूलगायतले बोल्नुभएको थियो ।
Leave a Reply