तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १७ मङ्सिर । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा बुधबार ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकबारे अन्तरक्रिया कार्यक्रम भयो ।
विश्व सर्वहारा वर्गका महान् नेता एङ्गेल्सको २०० औँ जन्मदिवसको अवसरमा भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका उपेन्द्र सुवालले महान् नेताहरूको जीवनी अध्ययनबाट कामदार जनताका मुक्तिको बाटो पहिल्याउन मद्दत गर्ने बताउनुभयो ।
‘श्रमिक’ र ‘मजदुर’ विचारप्रधान पत्रिका भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “यस पत्रिकामार्फत नेपाल मजदुर किसान पार्टीले आफ्नो राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोण जनतासमक्ष पु¥याउने काम गरिरहेको छ ।”
विकासको नाममा काठमाडौँ उपत्यकाका आदिवासीलाई विस्थापित गर्ने र यहाँको कला–संस्कृति समाप्त गर्ने नियतले सरकारले काम गरिरहेकोमा विरोध गर्दै उहाँले बोङ्गा र खोकनाको जनताको आन्दोलनमा साथ दिन सबैमा अनुरोध गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष गङ्गाराम ज्याख्वले सन् १९१७ को अक्टोबर क्रान्तिको सफलतासँगै रूसमा समाजवादी अर्थ व्यवस्था लागू गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “समाजवादी व्यवस्थामा उत्पादनका मुख्य–मुख्य साधन र स्रोत सामाजिकीकरण, शिक्षा–स्वास्थ्य निःशुल्क, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, आदर निकेतनको व्यवस्था, जमिन जोत्नेको हुन्छ ।”
कार्यक्रममा पृथ्वीकुमार प्रजापति, आर. प्रजापति, पूर्णगोपाल राजचल, ज्ञानकुमार मगजू, रत्नकाजी नायोभारीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply