भर्खरै :

१९ पृष्ठे आरोपविरुद्ध ३८ पृष्ठे प्रत्यारोपः छोटो समीक्षा

आफ्नो पक्ष हुञ्जेल सबै राम्रो ठान्ने, अनि विपक्ष भएपछि सासै गन्हाउने भन्ने नेताहरूमा देखिएको दोहोरो चरित्र गजबको छ । यस्ता नकचरो व्यवहारबाट उम्किन धोकेबाज नेताहरूबाट लप्सीको बियाँ सजिलै चिप्लिएजस्तै जवाफ आइहाल्छ “राजनीतिमा स्थायी शत्रु हुँदैन, स्थायी मित्र हुँदैन ।” सन्दर्भ हो पुष्पकमल दाहालको १९ पृष्ठे आरोपको जवाफमा १० दिन लगाएर ल्याएको केपी ओलीको ३८ पृष्ठे प्रत्यारोप ।
वास्तवमा एकले अर्कोलाई लगाएको आरोप आरोपमात्र होइन सत्य हो । दाहालले ओलीमाथि लगाएको आरोपमा भागबन्डा नमिलेको कुण्ठा प्रस्ट देखिन्छ तर यी आरोप जनताका हुन् भन्नेमा कुनै शङ्का छैन । यी आरोपको ओलीले तथ्यगत खण्डन होइन अस्वीकारमात्र गरेका छन् । ओलीको जवाफ “आफू राम्रोभन्दा पनि ऊ मभन्दा साह्रै नराम्रो” भनेजस्तै हो । प्रतिवेदनमा ओलीले चलाखीका साथ दाहालको विलासी जीवनको स्रोतमाथि प्रश्न उठाएका छन्  । ‘कुप्री बुढीलाई उठे सुख न बसे सुख’ भनेझैँ प्रचण्डले यसलाई न स्वीकार्न सक्छन् न खुलेर अस्वीकार गर्न । अन्तर्राष्ट्रिय अदालत हेगमा पु¥याउने ‘प्रश्न’ दाहाललाई सबैभन्दा बढी चोट पु¥याउने गरी प्रतिवेदनमा उल्लेख गरिएको छ । मानवअधिकार हननको आरोप लगाएर दाहाललाई हेग पु¥याउने भनेर धम्काउनु बक्सिङका खेलाडीले मुक्का हान्न पन्चिङ ब्याग राखेजस्तै हो । जतिबेला मनलाग्यो मुक्का हान्यो । हेग पु¥याउने कुरा पनि दाहाललाई जतिबेला तर्साउनुप¥यो उतिबेला हेगको सन्दर्भ निकाल्यो । जनयुद्धका सहयोद्धाहरूलाई बेवास्ता गरेर आफ्ना नातेदारहरूलाई लाभको पद बाँडेको आरोपलाई पनि दाहालले सजिलै खारेज गर्न सक्दैनन् । ओलीले प्रचण्डलाई अप्ठेरोमा पारेको अर्को कठिन प्रश्न हो, “५ हजार मान्छेको हत्याको जिम्मेवारी म लिन्छु” भन्नुको तात्पर्य के हो ?¤ सुतुरमुर्गेले बालुवाभित्र टाउको लुकाएर आफ्नो ज्यान बचाएको भ्रमजस्तै हो ओलीको दाहालमाथि प्रत्यारोपरूपी प्रतिवेदन पेश गरेर पानीमाथिको ओभानो हुनु । दाहालमाथि जति नै आरोप लगाइए पनि ओलीको कुकृत्य छोपिनेवाला छैन । यस्ता थुप्रै आरोप प्रधानमन्त्रीले नै लगाएपछि आरोप गालीमा मात्र सीमित पार्नुभएन । दाहालका अनियमिताविरुद्ध कानुनअनुसार कारबाही हुनुप¥यो । यी नेताका आरोप प्रत्यारोप दुई जना सर्वसाधारण जनताबीचको गालीगलौजजस्तो होइन । एक आपसमा लगाएको आरोप सत्य नै हो भन्ने कुरा जन जनले बुझेका छन् । त्यसैले यदि नेपाली राजनीतिलाई शुद्ध पार्ने हो भने यी अपराधीहरूलाई कानुनबमोजिम कारबाही गराउन सम्पूर्ण जनतालगायत कार्यकर्ताले आवाज उठाउनु पर्छ ।
परिष्कृत भाषाशैली हुँदाहुँदै पनि ओलीको प्रतिवेदन लम्बेतान हुँदा पढ्दा–पढ्दै झर्को लाग्न थाल्छ । तर, ‘धेरै कराउँदैमा काग कोइली हुँदैन’ सरकारको काम कारबाही जनताले चित्त नबुझाउँदासम्म यस्ता प्रतिवेदनले ओलीको छवि सुधार्न सक्दैन । मखमली वाक्यले प्रतिवेदनमा प्रचण्डको अङ्ग–अङ्गमा प्रहार भएको छ । हाल दाहालको पक्षमा रहेर ओलीलाई ¥याख¥याखती पारिरहेका माधव, झलनाथ र वामदेवबारे प्रतिवेदनमा केही पनि नबोली ओलीले अर्काे चलाखी गरेका छन् । दाहालको तमाम आरोप एकतापछि ओलीको कार्यशैलीको विरोधमा केन्द्रित छ भने ओलीले अधिकांश एकताअघिको कुरा गरेका छन् । दाहालको पत्र बढी आक्रामक र कठोर थियो तर ती तपाईँ हामीले पढेको, देखेको र अनुभूत गरेका गुनासो नै हुन् । यता ओलीवाला पत्र अलि संयमित छ ।
आन्द्रा भुँडी छताछुल्ल पार्दै सार्वजनिकरूपमै गाँड कोराकोर गर्ने दुबै नेताले एकता अघि के हेरेर बसे ? एकताअघिको तमाम गल्ती स्वीकार गरेर एकता गर्ने अनि अहिले आ–आफ्नो भागबन्डा नमिल्दा जनताको अगाडि तमासा बनाउने ¤ बिहेअघि दुबैको फरक व्यक्तिसँग सम्बन्ध भएको र सम्बन्धबाट जायजन्म पनि भएको थाहा भइकन बिहे गरेपछि अघिल्लो सम्बन्धबारे गुनासो गर्नुको के अर्थ ?

जनताले यी शीर्ष भनाउँदा नेताहरूलाई राजनीतिबाट नहटाएसम्म यो देशको भलो हुने छाँटकाँट देखिँदैन । यिनीहरूको तानातानले गर्दा देशै चुँडिने हो कि भन्ने भय हुन थालेको छ । “म नभई देश चल्दैन” भन्ने भ्रम पालेर बसेका छन् । एकले अर्कोलाई दोषारोपण गरेर उम्किने नेपाली राजनीतिमा परम्परा बनिसकेको छ । पार्टी नेतृत्वबाट यिनको बहिर्गमन हुने वातावरणको निम्ति पहल गर्नु अहिले जनताको प्रमुख दायित्व हो । विश्व महामारीको चपेटामा परेको बेला, अहिले यी शीर्ष भनाउँदा नेताहरूले जे गरिरहेछन्, देश, जनताविरुद्धको यति ठूलो बेइमानी हो कि त्यसलाई कुनै पनि हिसाबले जनताले माफ गर्नु हुँदैन । साँच्चै यो आह्वान जनता र कार्यकर्ताको कानको जालीसम्म पुगेर ब्युउँझाउन सके भने अवश्य केही राम्रो हुनेछ ।

नेपाली राजनीतिका ठूला पार्टीका ‘शीर्ष नेता’ भनाउँदाहरू अहिले सामन्त बनेका छन् । यिनीहरूले ठानेका छन् जनता तिनका हली गोठाला हुन्, जसले तिनको आदेश तामेली गर्नुपर्छ । यिनीहरू ठान्छन् सत्ता तिनको बिर्ता हो, जसको भागबन्डामा तिनको मात्र हिस्सा लाग्छ । तिनले चुनाव जित्नैपर्छ । हारिहाले त्यो धाँधली भनेर कुनै उपाय लगाएर फेरि शासनमा आइहाल्छन् । ताजा उदाहरण वामदेव र नारायणकाजी हुन्, जो हारेर पनि सांसद बने ।
नेपाली राज्यसत्ता एवम् शासक दलका नेताहरू अन्तर्राष्ट्रिय स्तरमै भ्रष्टाचारको संरक्षककारूपमा बदनाम भइसकेका छन् । तर, कार्यकर्ता यस्ता नेतालाई भगवान मानेर अगरबत्ती बाल्दै छन् । कार्यकर्ताको हैसियत यिनै नेताहरूको ‘हुक्केबैठके’ मात्रै हो । “अब त अति भो उठौँ न” भन्दा यी कार्यकर्ताहरूका मुखारविन्दबाट उही फोहरमा रमाएको सुँगुरले प्रल्हादलाई दिएको जवाफ सुन्नुपर्ने स्थिति छ । उहिल्यै लोग्नेको लाससँगै सती जाने चलन थियोे । सायद लालची कार्यकर्ताहरूले यिनै नेतासँगै सती गएर इतिहासको त्यो परम्परालाई पुनर्जीवन दिने होलान् कि ¤ दास मनोवृत्तिका कार्यकर्ताले नाङ्गो महाराजको अवस्थामा ओलीलाई पु¥याउने नै भयो । यतिमात्र होइन कोही कोही त यस्तै लोभी नेताहरू नै नेपालको कम्युनिस्ट आन्दोलनका अगुवा हुन् भनेर तिनै पार्टीमा प्रवेश गर्ने जनता पनि यही देशमा छन् ।
सारमा भन्नुपर्दा जनताले यी शीर्ष भनाउँदा नेताहरूलाई राजनीतिबाट नहटाएसम्म यो देशको भलो हुने छाँटकाँट देखिँदैन । यिनीहरूको तानातानले गर्दा देशै चुँडिने हो कि भन्ने भय हुन थालेको छ । “म नभई देश चल्दैन” भन्ने भ्रम पालेर बसेका छन् । एकले अर्कोलाई दोषारोपण गरेर उम्किने नेपाली राजनीतिमा परम्परा बनिसकेको छ । पार्टी नेतृत्वबाट यिनको बहिर्गमन हुने वातावरणको निम्ति पहल गर्नु अहिले जनताको प्रमुख दायित्व हो । विश्व महामारीको चपेटामा परेको बेला, अहिले यी शीर्ष भनाउँदा नेताहरूले जे गरिरहेछन्, देश, जनताविरुद्धको यति ठूलो बेइमानी हो कि त्यसलाई कुनै पनि हिसाबले जनताले माफ गर्नु हुँदैन । साँच्चै यो आह्वान जनता र कार्यकर्ताको कानको जालीसम्म पुगेर ब्युउँझाउन सके भने अवश्य केही राम्रो हुनेछ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *