यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
२०० औँ एङ्गेल्स दिवस
विश्व सर्वहारावर्गका एक महान् गुरु फ्रेडरिक एङ्गेल्सको जन्मको दुई सय वर्ष गत २८ नोभेम्बरको दिन पुग्यो । संसारका कम्युनिस्ट तथा वामपन्थी पार्टीहरूले आ–आफ्नो तरिकाले विविध गतिविधि गरी एङ्गेल्स दिवस मनाए । नेपालमा नेपाल मजदुर किसान पार्टीले पनि राजनीतिक कक्षा, कृतिचर्चा तथा अन्तरक्रिया गरी एङ्गेल्सको विचार तथा योगदानको स्मरण ग¥यो । नेमकिपाप्रति आस्था राख्ने पत्रपत्रिका तथा सञ्चारमाध्यमले पनि जनताबीच एङ्गेल्सको विचार पु¥याउने प्रयत्न गरे । सामाजिक सञ्जाल तथा विभिन्न देशका अनलाइन पत्रिकाहरूले पनि विश्व कम्युनिस्ट आन्दोलनको उत्थान र विकासमा एङ्गेल्सले पु¥याउनुभएको अविस्मरणीय योगदानबारे चर्चा–परिचर्चा र बहसलाई महत्वका साथ स्थान दिए । कामदार जनता र बौद्धिकहरूबीच एङ्गेल्सको कृतित्व तथा व्यक्तित्वबारे छलफल केही समय चल्ने नै छ । दुई शतवार्षिकी स्मरणीय तथा उपलब्धिमूलक बन्नेमा कुनै शङ्का छैन । यो वर्ष एङ्गेल्सका रचनाहरूको गम्भीर अध्ययन गरेर, छलफल चलाएर र एङ्गेल्सबारे प्रकाशनहरू जनतासमक्ष पु¥याएर द्विशतवार्षिकी मनाउन सकिए अझ बढी सार्थक हुनेमा विमति नहोला ¤ एङ्गेल्सको द्विशतवार्षिकीले नयाँ पुस्तालाई वैचारिक ऊर्जा, साङ्गठनिक सोच, दार्शनिक उचाइ तथा क्रान्तिकारी चिन्तन दिन सकोस्, शुभकामना छ !
एङ्गेल्स जयन्तीकै दिन नेकपाको झगडा: संयोग या नियोजित ?
नेपालको वर्तमान राजनीतिक अवस्थामा अझ बढी एङ्गेल्सबारे गहन छलफल आवश्यक देखिन्छ । आफूलाई माक्र्स र एङ्गेल्सका अनुयायी दाबी गर्नेहरू र गम्भीर अध्ययन गरेको बताउनेहरू यतिखेर यथार्थमा माक्र्स–एङ्गेल्सको नाम बेच्दै छन् । बदनाम गर्दै छन् । विचारलाई फोहर नदीमा बगाउँदै छन् । आन्दोलनलाई विपरीत दिशामा लाँदै छन् । नेकपा नाउँको त्यो गैर–कम्युनिस्ट पार्टीले माक्र्स र एङ्गेल्सप्रति नेपाली जनताको आस्था भत्काउने कुचेष्टा गर्दै छ । एङ्गेल्सको दुई शतवार्षिकीको दिन नेकपाका शीर्ष नेताहरूले आरोप–प्रत्यारोप गर्दै बिताए । माक्र्स–एङ्गेल्सको सिद्धान्त, विचार तथा भावनामा कुल्चेर झैँ–झगडा गरे । देशी–विदेशी प्रतिक्रियावादीहरूलाई हँसाउने काम गरे । त्यसका निम्ति २८ नोभेम्बरकै दिन छान्नुलाई कतिपय राजनीतिक विश्लेषक नियोजित घटना ठान्दछन् । एङ्गेल्स जयन्तीको दिनलाई झगडा गर्ने दिन, असैद्धान्तिक गालीगलौजसहित वाद–प्रतिवाद गर्ने दिनमा परिणत गरी तिनले एङ्गेल्सको अपमान गर्न खोजेको बताउने पनि कम छैनन् । सिद्धान्त र विचार त्यागिसकेका तथाकथित कम्युनिस्टलाई विशेष महत्वका दिन तथा ऐतिहासिक अवसरको कुनै मतलब नहुनु, कामदार जनताको भावना र श्रद्धामा ठेस पु¥याउनु आश्चर्यको विषय निश्चय पनि होइन ¤ यदि संयोगवस मात्र भएको भए संवेदनशीलता थोरै बाँकी भएका नेकपाका नेता–कार्यकर्ताहरूले आत्मालोचना गर्नुपथ्र्यो । महान् व्यक्तित्वको यदि कसैलाई स्मरण गर्ने र सम्मान गर्ने फुर्सद छैन भने अपमान गर्ने छूट पनि छैन । हुन त पार्टी कार्यालयमा अमेरिकी दूतको स्वागत गर्न माक्र्स–एङ्गेल्सको तस्वीर झिकेर फाल्ने पार्टीबारे अरू धेरै भन्नु भैँसीको अगाडि बाजा बजाउनुजस्तै हुनेछ !
नेकपाको निकृष्टता र एङ्गेल्सको महानता !
२८ नोभेम्बर अर्थात् मंसिर १३ गते नेकपाका दुई अध्यक्ष ओली–दाहालबीच आरोप–प्रत्यारोपले पराकाष्ठा नाघ्यो । सम्भवतः यो खालको घटना नेपालको राजनीतिक इतिहासमा निकै कममात्र भएका छन् । यस्तो सवाल–जवाफ, गालीगलौज, असैद्धान्तिक झगडा, व्यक्तिगत टकराव बहालवाला दुई अध्यक्षबीच भएको जरूर यो पहिलो घटना हो । त्यही ओली–दाहाल हुन्, जसले दुई वर्ष अगाडि पार्टी एकता घोषणा गर्दै एउटै विमानका दुई पाइलटको स्वघोषित तक्मा भिरेका थिए । आफू दुईबीच गहिरो मायाप्रेम बसेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । आज तिनै दुई कहिले बालुवाटारमा त कहिले धुम्बाराहीमा कुस्ती खेल्दै छन् । दुवैको ‘कोच’ भनौँ या ‘रेफ्री’ भने दक्षिणको विस्तारवादी शक्ति हो, यसमा कुनै दुविधा छैन । दुवैको सवाल ‘राजगद्दी’ ! एउटा भन्छ त्याग्नुपर्ने र अर्को भन्छ किन त्याग्ने ? एकले अर्कोलाई नालायक, भ्रष्टाचारी, एकता भँडुवा, ध्वंसकारी, अहङ्कारी, अत्याचारीको सङ्गीन आरोप लगाउँदैै छन् । दुवै आफू सर्वोच्च या सर्वेसर्वा दाबी गर्दै छन् । एउटै पार्टीभित्रका दुई अध्यक्षका यी भनाइबाट निश्चय पनि दुईमा एक दोषी या जिम्मेवार हो भन्ने स्वयम्सिद्ध त हुन्छ नै ! नेपाली सचेत तथा न्यायप्रेमी जनता भने दुई जनाकै प्रधानमन्त्रित्वकालमा भ्रष्टाचार बढेको, ठूला–ठूला काण्डहरू भएको, देशको ढुकुटी रित्याएको, विदेशी पुँजी र त्यसका दलाललाई पोसेको, बिचौलिया तथा माफियाहरूलाई हालीमुहाली गराएको, जनतालाई महँगीले थिचेको, भारतीय एकाधिकार पुँजी तथा विस्तारवादसामु झुक्दै उसैको भक्ति गरेको अनुभव गर्दै छन् । एकले अर्कोलाई आरोप लगाएर चोखो हुने दाउ खोजेपनि दुवैका खोट, खराबी, धूत्र्याइँ प्रशस्त भएकोमा कुनै शङ्का छैन ।
यी दुवै अध्यक्षले झगडालाई व्यक्तिगत गुण–दोषतर्पm मोड्ने चतु¥याइँ गर्दै छन् । तर, नेपाली जनतालाई थाहा छ, नेकपाको गलत नीति तथा सिद्धान्त नै मूल समस्या हो । उसले लिएको पुँजीवादी नीति, हँसिया–हथौडाको झन्डालाई केवल आवरणमा सीमित राख्ने पाखण्डकै कारण यो स्थिति तयार भएको हो ।
यी आफूलाई माक्र्स–एङ्गेल्सका अनुयायी भन्न लज्जाबोध नगर्नेहरूले बुझ्नुपर्ने हो, माक्र्स–एङ्गेल्स वैचारिक एकताको उत्कृष्ट उदाहरण हुनुहुन्छ । माक्र्स–एङ्गेल्सको क्रान्तिकारी मित्रता मानव समाजमा एउटा अविस्मरणीय घटना या अभिप्रेरणा थियो र विश्व कामदार जनताका निम्ति महान् उपलब्धि साबित भयो । उहाँहरूको जीवनमा जालसाजी, बेइमानी भन्ने शब्द नै थिएन ! माक्र्स–एङ्गेल्सले गर्नुभएको त्याग, तपस्या, बलिदान नै विश्व मानव इतिहासमा आजसम्म भएकामध्ये सबैभन्दा फलदायी, कल्याणकारी तथा मार्गदर्शक सिद्ध भयो । एङ्गेल्सले जीवनभर माक्र्सको विचार उजिल्याउन, फैलाउन र पूर्णता दिन कठोर सङ्घर्ष गर्नुभयो । एकले अर्कोप्रति उच्च सम्मान प्रकट गर्नुभयो । एकले अर्कोप्रति गौरवको अनुभव गर्नुभयो । माक्र्स र एङ्गेल्स दुवै बौद्धिक तथा नैतिक गुण, प्रतिभाका धनी हुनुहुन्थ्यो । दुवैको साझा उद्देश्य थियो । शोषणविहीन नयाँ संसारको रचना नै दुबैको साझा सङ्कल्प थियो । पुँजीपतिवर्ग र तिनको घृणित शोषण, दमन, अन्याय नै दुवैका शत्रु थिए । त्यस सङ्घर्षमा दुवैले सर्वस्व त्यागी जीवन समर्पण गर्नुभयो । एङ्गेल्सबारे माक्र्स भन्नुहुन्थ्यो– “दिन–रात काम गर्न तयार, लेख्नमा तीखो र ‘राक्षस’ जस्तो सक्रिय ।” एङ्गेल्स सदा आफूलाई माक्र्सको अनुयायी भनी परिचय दिनुमा गौरवान्वित ठान्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो– “मैले सहायक भूमिका खेलेको थिएँ ।” दुवैको विषयमा लेनिन भन्नुहुन्छ– “कार्ल माक्र्सपछि विश्व मानव समाजको इतिहासमा एङ्गेल्स आधुनिक सर्वहारावर्गका सबैभन्दा उत्कृष्ट दार्शनिक तथा गुरु हुनुहुन्छ ।” आपूmलाई क्रान्तिका अगुवा ठान्ने र दशकौँ जेल बसेको होनहार क्रान्तिकारी सम्झने दुई अध्यक्षले एङ्गेल्सको व्यक्तित्वको यो ऐनामा आ–आफ्नो अनुहार हेरेको खण्डमा हाललाई केही राहत मिल्थ्यो कि ? प्रेममा पागल भएर हिँडिसकेका जोडीले कमसेकम चौबाटोमा निर्वस्त्र हुने या पार्ने काम त बन्द गर्थे कि !
माक्र्स–एङ्गेल्सका अनुयायी ती मात्र बन्न सक्छन् जो विनम्र, इमानदार, समर्पित र सिद्धान्तनिष्ठ छन् । अहङ्कारी, छली र अवसरवादीहरू कदापि बन्न सक्दैनन् । पुँजीपतिवर्गको विरुद्ध जानुको सट्टा तिनीहरूले फालेका हाडखोरमा झगडा गरी बस्ने र क्रान्तिकारी परिवर्तनमा होइन क्षणिक स्वार्थमा भुल्नेहरूलाई माक्र्स–एङ्गेल्सको शिष्य ठान्नु झूट सिवाय अरू केही होइन ।
माक्र्स र एङ्गेल्सले फहराएको हँसिया–हथौडा अङ्कित रातो झन्डा बोकेको दाबी गर्ने नेकपा नेतृत्वले आजको दिनमा यी प्रसङ्ग सम्झनमात्र सकेपनि कमसेकम जग हँसाउने झगडा बन्द हुने थियो । माक्र्स–एङ्गेल्सका यी गुण या विशेषताको अति सानो अंशमात्र अनुसरण गरिएको भए यो विचित्रको गैरकम्युनिस्ट चरित्र, सिद्धान्तहीनता एवम् अनैतिकता केही कम हुने थियो । कम्युनिस्ट दाबी गर्ने तर यस्तो निकृष्टता प्रदर्शन गर्दै हिँड्ने ¤ यो विरोधाभास, यो ढाँट र पाखण्ड कहिलेसम्म ?
अरू केही सामयिक यक्ष प्रश्न
शासक दलभित्रको झगडा ‘राष्ट्रवाद’ र समाजवादका चर्का–चर्का नारा दिएर भारतीय विस्तारवादलाई देश हस्तान्तरण गर्ने षड्यन्त्र त होइन ? देशलाई अत्यन्त कमजोर तथा अप्ठ्यारो अवस्थामा पु¥याएर कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय विस्तारवादलाई सुम्पने चाँजोपाँजो मिलाइँदै त छैन ? भारतीय विस्तारवादले जो त्यसमा सहमत हुन्छ त्यसैलाई सत्ता सुम्पने तयारी त गर्दै छैन ? भारत नेपाली शासक नेताहरूलाई फकाउने, लोभ्याउने या धम्काउने काम त गर्दै छैन ? अथवा, यो अत्यन्त घृणित खेलभित्र ‘एमसीसी’ र संरा अमेरिकी स्वार्थ पनि त्यत्तिकै लुकेको पो छ कि ? काठमाडौँमा शासकहरूलाई नचाएर सिमानामा आफ्नो अनुकूलता खोज्ने या स्वार्थ पूरा गर्ने बानी परिसकेको भारतीय विस्तारवादलाई राम्ररी बुझेका विश्लेषकहरू र इतिहासलाई नजिकबाट नियालिरहेकाहरू आज यी प्रश्न तेस्र्याउँदै छन् । सचेत देशभक्त नेपाली जनता र राजनीतिक दलले बेलैमा ध्यान पु¥याऊन् !
Leave a Reply