भर्खरै :

वातावरण दिवस मनाइयो

विश्व वातावरण दिवस आज विविध गतिविधि गरी मनायो ।
भक्तपुर नगरपालिकाले बोर्ड बैठकबाट निर्णय नै गरेर वातावरण दिवस सम्पदा क्षेत्रको सरसफाइ गरी मनाएको छ । सो क्रममा सोमबार बिहान भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीलगायत सबै जनप्रतिनिधिहरु आ–आफ्नो क्षेत्रका सम्पदा क्षेत्रको सरसफाईमा व्यस्त हुनुभयो । तचपालस्थित सलांगणेश पोखरी सरसफाई र शहिद स्मृति पथ क्षेत्रमा भएको वृक्षारोपण कार्यक्रममा प्रमुख प्रजापति र उपप्रमुख जोशी सहभागी बन्नुभयो ।
सरसफाई कार्यक्रममा विभिन्न कलेज, विद्यालय र शैक्षिक निकायका विद्यार्थीहरु तथा शिक्षकहरुको बाक्लो सहभागिता रह्यो । स्थानीय युवा र विद्यार्थीहरुको सक्रियतामा आज बिहान विश्वप्रसिद्ध पाँचतल्ले मन्दिर सफा गरियो ।
त्यस्तै भक्तपुर नपा वडा नं १ मा वडाध्यक्ष श्याम खत्रीको नेतृत्वमा स्थानीय वडाबासी र विद्यार्थीहरुको सहभागितामा वडा सरसफाई कार्यक्रम भयो ।
नगरमा भएका कार्यक्रममा ख्वप कलेज, गणेश मावि भार्वाचो, सक्सेस एकेडेमीलगायत शैक्षिक संस्था एवं टिम क्लवका युवाहरु सहभागी बनेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *