यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ किसानका रात्रि कक्षाहरूमा सरल भाषामा मजदुर आन्दोलन किन, कसरी विकास भयो भन्ने बारेमा बुझाउनका लागि लेखिएको पुस्तकको नाम हो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको पुस्तकको पहिलो संस्करण २०३९ भाद्रमा, दोस्रो संस्करण २०५८ जेठमा र तेस्रो संस्करण २०६९ भाद्रमा प्रकाशित भयो । तेस्रो संस्करण नेपाल क्रान्तिकारी मजदुर सङ्घ केन्द्रीय समितिबाट प्रकाशित भयो ।
इस्वी सन् १४९२ मा क्रिस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाए । उनलाई स्पेनको राजाले मद्दत गरेका थिए । सन् १४९७ मा उत्तरी अमेरिकामा युरोपेलीहरूले बसोबास गर्न थाले । सन् १४९८ मा भास्कोडिगामाले भारत जाने बाटो पत्ता लगाए । त्यसबेला स्पेन र पुर्तगाल विदेशी व्यापारमा सबभन्दा अगाडि थिए । सन् १५३० तिर विलियम हाकिन्सले ब्राजिल पत्ता लगाए । सन् १५५५ मा मास्को जाने कम्पनी स्थापना भयो । सन् १५६४ मा बेलायती राजाले साहु–महाजनको सङ्घ बनाउन आदेश दिए । सन् १६०० मा बेलायतमा भारत जाने कम्पनी (इस्ट इन्डिया कम्पनी) खोलियो । ती सबैले नयाँ नयाँ देशहरूबाट युरोपका देशहरूको निम्ति सुनचाँदी, काठपात, खानेकुरा र अरू कच्चामाल ओसार्न थाले । स्पेन धनी हुँदै थियो । बेलायती समुद्री डाँकुहरूले स्पेन र पुर्तगालका सुनचाँदी, विभिन्न मालसामान भरिएको जहाजमाथि हमला गर्थे, लुटपाट गर्थे र जहाजमा आगो लगाइदिन्थे । बेलायती सरकारले भित्र–भित्र डाँकाहरूलाई मद्दत गथ्र्याे । डकैती गरिएको धनबाट बेलायत धनी भयो ।
सन् १५८८ मा स्पेनले बेलायतमाथि हमला ग¥यो । तर, समुद्री लडाइँमा स्पेनको हार भयो, बेलायतले जित्यो । बेलायत विदेशी व्यापारमा अझ अगाडि बढ्यो । अन्तर्राष्ट्रिय व्यापारबाट बेलायतको नाफा बढ्दै गयो । विदेशबाट कच्चा सामान र अन्न सस्तोमा ल्याएर महँगोमा व्यापार गथ्र्यो । बेलायती साहु–महाजनहरू संसारको बजारमा एकाधिकार चाहन्थे । सामन्तवाद त्यसको बाधा भइरहेको थियो । पुँजीपतिवर्गले बिस्तारै सङ्गठित भएर सामन्तवादविरुद्ध सङ्घर्ष गर्न थाल्यो ।
सन् १६४० मा सामन्तवादको विरोधका क्रामवेलको नेतृत्वमा पुँजीपतिवर्गले सशस्त्र सङ्घर्ष ग¥यो । राजा, महाराजा र जमिनदारवर्ग हारे । राज्यसत्ता पुँजीपतिवर्गले हत्यायो । सन् १६४९ मा बेलायतका राजा चाल्र्स प्रथमलाई जनताले ज्यान सजाय दिए । बेलायतमा पुँजीवादी युग सुरु भयो ।
पुँजीवादको विकासले बेलायतमा सारा सम्पत्ति कारखानाको मालिक, व्यापारी, साहु, महाजन र बैङ्कपतिहरूको हातमा थुप्रिँदै गयो । जनतामा गरिबी र भोकमरी बढ्दै गयो । कारखानामा नयाँनयाँ मेसिनहरू जडान हुँदै थिए । ५०–६० जना जुलाहा र कालिगडले गर्ने काम एउटै मेसिनले गथ्र्याे । थोरै मजदुरबाट धेरै सामान छिटोे तयार हुन थाल्यो । मजदुरहरूले काम पाउन छोडे । ज्याला दर घट्यो ।
मजदुरहरू आपसमा सरसल्लाह गर्न र सङ्गठन गर्न थाले । काम–माम पाउनको लागि हडताल, जुलुस गर्न र धर्ना दिन थाले । बेलायत सरकारले मजदुरहरूको सङ्गठन बनाउन नपाउने ऐन बनायो । सरकारको दमनकारी ऐनबाट मजदुरहरू झन् रिसाए । मजदुरहरूले गुप्त सङ्गठनहरू बनाउन थाले । ती सङ्गठनमध्ये एउटा ‘मजदुर साथीहरूको सभा’ थियो । त्यससँगै अर्को ‘लुडाइटहरूको सङ्घ’ भन्ने गुप्त मजदुर सङ्गठन पनि काम गर्दै थियो । ‘लुडाइट’ एक लडाकु मानिस वा सङ्गठनको नेताको नामबाट सुरु भएको आन्दोलन थियो । नेड लङ नाम गरेका एक युवक कालिगड सङ्गठनका नेता थिए । उनकै नाममा सङ्गठनको नाम ‘लुडाइटहरूको सङ्घ’ राखियो । त्यसको अर्थ हो – ‘लडाकुहरूको सङ्घ’ ।
सन् १८०२ देखि १८०९ सम्ममा ‘जिगमिल’ भन्ने नयाँ मेसिन जडान गर्ने काम भयो । त्यसले गर्दा धेरै मजदुर बेकाम भए । यसकारण, लुडाइटहरूले राति–राति भेष बदलेर वा मुखुन्डो लगाएर कारखानाका मेसिनहरू फोर्ने काम गरे । कारखाना मालिकलाई मद्दत गर्न सरकार पुलिस र पल्टन पठाउँथ्यो, मजदुर आन्दोलनलाई दबाउँथ्यो । मेसिन फोर्ने र पुँजीपतिवर्गको ज्यान ताक्नेहरूलाई ठूल–ठूलो सजाय गर्ने ऐनको खेस्रा संसद्मा पुग्यो । संसद्ले मजदुरविरोधी ऐन बनायो । नयाँ ऐनअनुसार योर्कशायरमा कारखानाको मेसिन फोर्ने मजदुरमध्ये १४ जनालाई फाँसीको सजाय दिइयो । बेस्टहोटनको बाफको मेसिनमा आगो लगाउने लङ्काशायरका जुलाहा मजदुरमध्ये ४ जवानलाई फाँसीको सजाय दिइयो । १७ जना मजदुरलाई ७ वर्षको सजाय दिइयो । सजाय पाउनेमा ‘लुडाइट सङ्घ’ का नेता पनि थिए ।
फ्रान्समा लियोन भन्ने एउटा सहर छ । त्यहाँ रेशम र मखमल कपडाका धेरै कारखाना थिए । कपडा बुन्ने मजदुरहरूलाई जुलाहा भनिन्थ्यो । लियोनमा ३० हजार जुलाहाहरू कपडा बुन्थे । ज्याला सा¥है कम थियो । आधा पेट खाएर काम गर्नुपथ्र्यो । जुलाहाहरू ग्रिबी हटाउन चाहन्थे । तिनीहरू भरपेट खान पाउनुपर्छ भन्ने सोच राख्थे । सन् १८३१ मा जुलाहाहरूले कारखाना मालिकसँग ज्याला बृद्धिको माग गरे । कारखाना मालिकहरूले ज्याला बढाउन मानेनन् । जुलाहाहरू पनि भोकै, आधा पेट खाएर काम गर्न मानेनन् । लियोनका मजदुरहरू उठे । कारखाना मालिकहरूले सरकारसँग गुहार मागे । सरकारले मजदुरहरूलाई समात्न, थुन्न र मारपिट गर्न पुलिस र पल्टन पठायो । पुलिस र पल्टनले मजदुरमाथि अन्याय, अत्याचार गर्न थाले । मजदुरहरूले पनि सहन सकेनन् । तिनीहरू एकजुट भएर पुलिस र पल्टनसँग लड्न थाले । ३ दिनसम्म भिडन्त भयो । पुलिस र पल्टन धपाइए, लियोन सहर मजदुरहरूले कब्जा गरे । सहर कब्जा गरेपछि के गर्नुपर्छ भन्ने मजदुरहरूलाई थाहा थिएन । १० दिनसम्म सहर मजदुरहरूको कब्जामा रह्यो । लियोन सहरमा मजदुरहरूको झन्डा फहरियो ।
मजदुरहरूको राजनीतिक पार्टी थिएन । राजनीतिक पार्टी नहुँदा जनताको माग पूरा गर्ने र सरकार बनाउने टुङ्गो भएन । कारखानाका मालिकहरूले अनेक जालझेल, बाधा–अड्चन तेस्र्याए । पेरिसबाट सरकारले ठूलो पल्टन पठायो । सरकारले लियोन सहर फेरि कब्जामा लियो ।
सन् १८४० को गर्मी महिनामा मेनचेस्टर भन्ने ठाउँमा बेलायती मजदुरहरूको एक बैठक भयो । मजदुरहरूले एक मागपत्र तयार गरे । उमेर पुगेका नागरिकहरूले चुनावमा भाग लिन पाउनुपर्ने उनीहरूको माग थियो । अङ्ग्रेजी भाषामा ‘मागपत्र’ लाई ‘चार्टर’ भनिन्थ्यो । सन् १८३९–१८४० मै १२ लाख मानिसले त्यो मागपत्रमा हस्ताक्षर गरेका थिए । माग गर्नेहरूको एक ‘चार्टिस्ट सङ्घ’ अथवा ‘राष्ट्रिय चार्टस् सङ्घ’ बन्यो ।
सन् १८४२ को मई महिनामा बेलायतको औद्योगिक सङ्कट चर्कियो । मजदुरहरूमा असन्तोष बढ्दै गयो । आन्दोलनकारीहरूले ३० लाख मानिसको सहीछाप गराए । मागपत्र एउटा ठूलो बाकसमा राखेर २० जना मानिसले बोकेर हजारौँको सङ्ख्यामा जुलुसका साथ संसद्मा पेश गरे । संसद्ले मागपत्र स्वीकार गरेन । मजदुरहरूले त्यसको विरोधमा देशव्यापी ठूलो हडताल गरे । हड्ताल एक महिनासम्म चल्यो । यसकारण, त्यसलाई ‘पवित्र महिना’ भन्ने चलन छ । शोषकवर्गले हडताल सफल हुन नदिन अनेक जालझेल ग¥यो । सामन्त र पुँजीपतिवर्गको सरकारले हडताल गर्ने मजदुरहरूलाई पक्राउ गरी जेलमा थुन्यो र मुद्दा चलायो । बिस्तारै ‘मागपत्र’ आन्दोलन सेलाउन थाल्यो ।
जर्मनीमा सिलेसिया भन्ने एक प्रान्त थियो । अहिले सिलेसिया (क्ष्भिकष्ब) प्रान्त पोल्यान्डमा पर्दछ । पोल्यान्डको दक्षिण–पश्चिममा परेको सिलेसियाको सहर ब्रेस्ला (द्यचभकबिग) थियो । यो ओदर नदीको किनारमा पर्छ । बेलायतको कपडा सामानले त्यो ठाउँ भरिदियो । जुलाहाहरू बेकार भए र कतिपय भोकै मरे । ज्वानजिगर नाम गरेका ठूलो कपडा कारखानाको एउटा मालिक थियो । ऊ निर्दयी र चुसाहा थियो । उसका नोकर–चाकर र जाँचकीहरूले जुलाहा मजदुरलाई स–साना कुरामा पनि कोर्राले हान्थे र कपाल लुछ्थे, मजदुरलाई पशुसरह व्यवहार गर्थे । सिलेसियाली जुलाहा मजदुरहरू ज्वानजिगर अनि उसका दलाल र पिछलग्गूसँग सा¥है रिसाएका थिए । जुलाहा मजदुरहरूले गीत गाएर आप्mनो रिस र असन्तोष पोख्थे । गीत यस्तो थियो–
ज्वानजिगरहरू ज्यानमारा हुन् सबै,
पिछलग्गूहरू मद्दत गर्छन् उसलाई राम्रै ।
कोर्रा हान्छन्, कपाल लुछ्छन्, सा¥है हामीलाई,
बनाइदिन्छन् नारकीय हाम्रो जीवन ।
हृदय नभएका तिनीहरू जङ्गलीहरू, पशुहरू,
ज्वानजिगर ती राक्षसका मालिक हुन् ।
लुछ्छन्, पिट्छन्, चिथोर्छन् हामीलाई तिनीहरू,
मोज गर्छन्, हाम्रो दुःख कष्टमा तिनीहरू ।
सन् १८४४ को एकदिन एक मजदुर उसको घरकै तलतिरबाट त्यही गीत गाउँदै हिँडिरहेको थियो । ज्वानजिगरका नोकरहरूले गीत सुने । गीत गाउने मजदुरलाई समातेर तिनीहरूले सा¥है नराम्रोसँग पिटे । ऊ पुलिस अफिसमा लगेर पनि पिटियो । मजदुरमाथि भएको अन्यायको खबर नजिकको गाउँमा फैलियो । जुलाहा मजदुरहरू ज्वानजिगरको अत्याचारप्रति क्रुद्ध भए । मजदुर र किसानहरू आन्दोलित भए ¤ उनीहरूले नक्कली किर्ते तमसुक, कागज र बहीखाता सबै ध्वस्त गरिदिए । कारखानाका थुप्रै कलपुर्जा टुक्राटुक्रा गरेर मिल्काइदिए । शोषकको पक्षमा सरकारले ४ वटा तोपसहित ४ पल्टन सिपाही पठायो । तिनीहरूको गोलीबाट १२ जना मजदुर मारिए । २४ मजदुर घाइते भए ।
पुँजीपतिवर्गले धेरै नाफाका लागि धेरै सामान बनायो । तर, जनतासँग किन्ने पैसा थिएन । पुँजीपतिवर्गको पैसा उत्पादनमा लगानी भइसकेको थियो । व्यापार बन्द हुन थाल्यो, कारखाना बन्द भयो । मजदुरहरू बेकारी भए, तिनको आर्थिक अवस्था नाजुक हुँदै गइरहेको थियो । यसकारण, सन् १८४२ मा असफल भएको ‘मागपत्र’ आन्दोलन फेरि उठ्न थाल्यो । बेलायतको राजधानी लन्डनमा देशभरका मजदुर प्रतिनिधिहरूको भेला भयो । फेरि ‘मागपत्र’ मा सहीछाप गर्ने आन्दोलन थालियो । ‘मागपत्र’ मा ५० लाख जनताले हस्ताक्षर गरेका थिए ।
सन् १८४८ अप्रिल १० मा २० जना मानिसले ‘मागपत्र’ बाकस बोकेर संसद्मा लगे । मागपत्रमा एउटा नयाँ कुरो थियो । पुँजीपतिवर्गले अस्वीकार गर्दै आएको ‘मागपत्र’ को माग संसद्ले स्वीकार गर्ने हो वा राज्यशक्ति कब्जा गर्न कामदारवर्गले विद्रोह सुरु गर्नुपर्ने हो भन्ने प्रश्न उठ्योे । प्रदर्शनमा ५ लाख मानिसले भाग लिएका थिए । प्रदर्शनलाई सरकारले कानुनविरोधी घोषणा ग¥यो ।
सन् १८४५–१८४७ को बाली राम्रो भएन । आलुमा कीरा लागेर बिग्रँदा त्यसले सारा युरोपलाई प्रभावित पारेको थियो । फ्रान्सेली मजदुरको आर्थिक अवस्था झन् – झन् कमजोर हुँदै गयो । मजदुरको ज्याला ५०–६० प्रतिशतले घट्यो । ढुङ्गा फोर्ने मजदुर, सिकर्मी र अन्य ज्यामीसमेत गरी ८० हजार मजदुर कामबाट हटाइए ।
पुँजीपतिवर्ग पुँजीवादको विकाससँगै सम्पन्न गयो । राजनीतिक अधिकार भने सामन्तको हातमा थियो । सामन्तहरूको रक्षा राजाले गर्थे । पुँजीपतिवर्ग बालिग मताधिकारको आधारमा चुनेको सरकार अर्थात् गणतन्त्र चाहन्थ्यो । मजदुरवर्ग पनि आप्mनो आर्थिक जीवन सुधार्न गणतन्त्र चाहन्थ्यो । दुवै वर्गले गणतन्त्र चाहेको भएपनि उद्देश्य फरक – फरक थियो । सन् १८४८ फेब्रुअरी २२ मा एक ठूलो सभा बोलाइएको थियो । सरकारले सभामाथि प्रतिबन्ध लगायो । पुँजीपतिवर्गले सरकारको प्रतिबन्धलाई स्वीकार ग¥यो । पुँजीपतिवर्ग मुखले ठूल्ठूला कुरा गथ्र्याे तर, क्रान्तिदेखि डराउँथ्यो ।
सन् १८७१ मार्च १८ को दिन पेरिसका मजदुरवर्गको क्रान्तिको दिन थियो । राष्ट्रिय गार्डको केन्द्रीय समितिको नेतृत्वमा पेरिसको सरकार बन्यो । पेरिसका मजदुरवर्गले पुँजीपतिवर्गलाई सत्ताबाट गलहत्याइदिएको थियो । सन् १८७१ मार्च २६ का दिन पेरिस कम्युनका प्रतिनिधिहरूको चुनाव भयो । चुनावबाट ८५ जना प्रतिनिधि चुनिए । त्यसमध्ये आधा सङ्ख्या मजदुरको थियो । २१ जना पुँजीपतिवर्गका थिए । बाँकी विभिन्न पेशाका व्यक्तिहरू थिए । मार्च २८ को दिन पेरिसमा नयाँ सरकारको घोषणा भयो । त्यस सरकारको नाम ‘पेरिस कम्युन’ राखियो ।
फ्रान्समा पुँजीपतिवर्गले मजदुरवर्गलाई विद्रोह गर्न बाध्य पा¥यो । मजदुरवर्गले पुँजीपतिवर्गको विरोधमा ४ दिनसम्म रगताम्य भिडन्त गरेको थियो । भिडन्त नयाँ समाज स्थापना गर्न दुई वर्गको बीचमा भएको ठूलो भिडन्त थियो । पुँजीवादी व्यवस्थालाई राख्ने वा फाल्ने भन्ने प्रश्न उठ्यो ।
पुँजीवादले समाजमा ल्याएको दुर्दशामा केही विचारकको ध्यान गयो । तिनीहरू पुँजीवादको खराबीलाई धोएर नयाँ विवेकपूर्ण वा न्यायपूर्ण समाज बनाउन चाहन्थे । त्यस समाजलाई तिनीहरूले ‘समाजवाद’ को नाम दिए । ती समाजवादीमध्ये नाउँ चलेका सेन्ट साइमन, चाल्र्स प्mयूरिए र रोबर्ट ओबेन थिए । सेन्ट साइमन (१७६०–१८२५) एक फ्रान्सेली विचारक थिए । चाल्र्स प्mयूरिए (१७७२–१८३७) पनि फ्रान्सेली विचारक नै थिए । रोबर्ट ओबेन (१७७१–१८५८) एक बेलायती मजदुर नेता र समाजसुधारक थिए । उनीहरू सामन्त पुँजीपतिको मन पगालेर शान्तिपूर्वक समाजवाद ल्याउने कुरामा विश्वास राख्थे ।
सन् १८४८ मार्च १८ को दिन बर्लिनमा जनताको ठूलो प्रदर्शन भयो । अधिराजकुमार विलियमले सभा, सङ्गठन र प्रदर्शनमाथि गोली हान्ने आदेश दिए । प्रदर्शन एक विद्रोहमा बदलियो । सेना र मजदुरहरूको सशस्त्र भिडन्त १३–१४ घण्टासम्म भइरह्यो । मजदुरवर्ग सा¥है सक्रिय थिए, जनताको जीत भयो । पुँजीपतिवर्ग राजासँग मिल्यो । पुँजीपतिवर्गले राजालाई समर्थन ग¥यो र जनतालाई विश्वासघात ग¥यो ।
सन् १८७१ मार्च १८ को दिन पेरिसका मजदुरवर्गको क्रान्तिको दिन थियो । राष्ट्रिय गार्डको केन्द्रीय समितिको नेतृत्वमा पेरिसको सरकार बन्यो । पेरिसका मजदुरवर्गले पुँजीपतिवर्गलाई सत्ताबाट गलहत्याइदिएको थियो । सन् १८७१ मार्च २६ का दिन पेरिस कम्युनका प्रतिनिधिहरूको चुनाव भयो । चुनावबाट ८५ जना प्रतिनिधि चुनिए । त्यसमध्ये आधा सङ्ख्या मजदुरको थियो । २१ जना पुँजीपतिवर्गका थिए । बाँकी विभिन्न पेशाका व्यक्तिहरू थिए । मार्च २८ को दिन पेरिसमा नयाँ सरकारको घोषणा भयो । त्यस सरकारको नाम ‘पेरिस कम्युन’ राखियो ।
२० मईको दिन भर्सेलिजका शत्रुले पेरिसमाथि धावा बोले । २१ मईको दिन शत्रुसेना नगरभित्र पस्यो । तर, मजदुरहरूले शत्रुलाई चारैतिरबाट रोके । पेरिसका मजदुरले सहरलाई एक हप्तासम्म रक्षा गरिरहे । आखिरमा भर्सेलिजको पल्टन सहरको मुख्य ढोका तोपले ध्वस्त पारी भित्र पस्यो । २८ मई १८७१ को दिन पेरिस कम्युनको अन्तिम मोर्चाले पनि हा¥यो, प्रतिक्रान्तिले जित्यो ।
सन् १८४० देखि १८५० सम्ममा अमेरिकामा औद्योगिक क्रान्ति पूरा भयो । औद्योगिक मजदुरको सङ्ख्या १४ लाखबाट छिट्टै १८ लाख पुगेको थियो । तीमध्ये केटाकेटीको सङ्ख्या कम थिएन । ९–१० वर्षका केटाकेटीलाई १२–१३ घण्टा काममा लगाइन्थ्यो । सन् १८७०–१८८० को संरा अमेरिकी श्रमिक आन्दोलन इतिहासमा एक महत्वपूर्ण अवधि थियो । मजदुरहरू लामो समयको काम र कम ज्यालाको विरोधमा लड्थे । १८८६ मा मजदुर आन्दोलन भयो । ८ घण्टा कामको दिन, ज्याला बढाउने लगायतका मागसहित मजदुरको आन्दोलन सुरु भयो । त्यो आन्दोलनलाई पनि पुँजीपतिवर्गले रगतमा डुबाइदियो । १ मई १८८६ को त्यो आन्दोलन आज १ मईको आन्दोलनको नामले चिनिन्छ । यो दिन सारा संसारमा मई दिवसको नाममा उत्सव मनाइन्छ ।
पिटसवर्ग रुसको एक मुख्य औद्योगिक केन्द्र थियो । त्यहाँ पुटिलोब भन्ने एक कारखाना थियो । कारखानाबाट ४ जना मजदुर निकालिएको विरोधमा जनवरी १९०५ को दिन कारखानाका मजदुरहरूले हडताल गरे । अरू कारखानाहरूमा पनि हडताल फैलिँदै गयो । अक्टोबर र नोभेम्बरमा देशभर हडताल गयो । लेनिन रुस फर्कनुभयो र सशस्त्र विद्रोहको तयारीमा लाग्नुभयो । उहाँले मेन्शेबिकहरूलाई सशस्त्र विद्रोहको शत्रु भनेर नङ्ग्याइदिनुभयो । लेनिनले क्रान्ति जित्नको निम्ति तीन चिज चाहिने बताउनुभयो, जसमा थियो, ‘पहिलो हतियार, दोस्रो हतियार, तेस्रो हतियार र फेरि हतियार ।’
सन् १९०५ को रुसी मजदुर क्रान्तिको भेल बिस्तारै तल झ¥यो । सन् १९०६ मा १० लाख मजदुरले हडतालमा भाग लिए । १९०७ मा ७ लाख ४० हजार मजदुरले हडतालमा भाग लिए । जनतामा लडाकु भावना रित्तिइसकेको थिएन ।
सन् १९१७ जनवरी ९ को दिन हडताल सुरु भयो । १८ फेब्रुअरीको दिन पिटर्सवर्गको पुटिलोब कारखानमा हडताल सुरु भयो । २२ फेब्रुअरीको दिन धेरै जसो ठूल–ठूला कारखानामा मजदुरले हडताल गरे । २४ फेब्रुअरीको दिन पनि जुलुस भयो । २५ फेब्रुअरीको दिन सारा पिटर्सवर्ग रातो झन्डाले ढाकियो ।
सन् १९१७ को फेब्रुअरी महिनामा बोल्सेभिक पार्टीको आह्वानमा पेट्रोग्राद सहरमा दुई लाखभन्दा बढी मजदुरले आमहडताल गरे । सिपाहीहरू आन्दोलनकारी मजदुरहरूसँग एकाकार भएर जारशाही शासनविरुद्ध आन्दोलित भए । जारशाही शासनको अन्त्य भयो । अस्थायी सरकार स्थापना भयो । अस्थायी सरकारको नेतृत्व करेन्स्कीले गरे । करेन्स्की पुँजीवादी विचारका थिए । यो क्रान्तिलाई फेब्रुअरी क्रान्ति भनिन्छ ।
बोल्सेभिक पार्टी पुँजीवादी सरकारमा गएन । लेनिनले प्रतिक्रियावादी सत्ताको विकल्पमा समाजवादी क्रान्तिका लागि सङ्घर्ष गर्न सल्लाह दिनुभयो । उहाँले नयाँ क्रान्तिको लागि श्रमिक वर्गलाई आह्वान गर्नुभयो । ठाउँठाउँमा सभा, जुलुस हुन थाले ।
२४ अक्टोबरको बेलुका पेट्रोग्रादबाट स्मोलिनमा आएर लेनिनले आन्दोलनको नेतृत्व सम्हाल्नुभयो । २५ अक्टोबरमा पेट्रोग्रादको टेलिफोन, टेलिग्राफ, रेडियोस्टेसन, नेभा नदीको पुललगायत राजधानीका मुख्य–मुख्य अड्डा तथा सरकारी भवन आन्दोलनकारी मजदुर, किसान र सिपाहीले कब्जा गरे । पुँजीवादी अस्थायी सरकार भङ्ग गरे । लेनिनको नेतृत्वमा रुसमा सर्वहारावर्गको पहिलो सरकार गठन भयो । समाजवादी शासन प्रणालीको स्थापना भयो । यो क्रान्ति महान् अक्टोबर क्रान्तिको रूपमा विश्व प्रसिद्ध छ ।
विश्व प्रसिद्ध मजदुर आन्दोलनहरूको सफलता तथा असफलताहरूबाट पाठ सिक्दै समाजवादी क्रान्ति अघि बढेको हो । पुस्तकमा लेखक भन्नुहुन्छ – “नेपालका उत्ताउला क्रान्तिकारी नेताहरूलाई संसद्वाद के हो भन्ने त थाहा होला तर ‘क्रान्तिकारी संसद्वाद’ मजदुर आन्दोलनकै एक अङ्ग हो भन्ने कुरा थाहा रहेनछ ।” मजदुर आन्दोलनबारे अध्ययन नगरी क्रान्तिका कुराहरू फलाक्नु ‘अन्धोले हात्ती छाम्नु’ सरह हुन्छ । १७४ पृष्ठको यो पुस्तकमा ठाउँठाउँमा सान्दर्भिक फोटाले पाठकको ध्यान आकर्षित गर्नुका साथै विषयवस्तु बोधगम्य बनाउन सहयोग पुगेको छ ।
Leave a Reply