भर्खरै :

कम्युनिस्ट पार्टीको घोषणापत्रबारे लेखिएको पुस्तकबारे एक चर्चा

विश्व हल्लाउने ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ तयार गर्दा कार्र्ल माक्र्स ३० वर्ष र फ्रेडरिक एङ्गेल्स २८ वर्षका जवान हुनुहुन्थ्यो । अर्थात्, आजभन्दा १७२ वर्ष अगाडि विश्वका सारा मजदुर र कामगरी खाने जनताले शोषणबाट मुक्तिको बाटो घोषणापत्रमार्पmत पाइसकेका थिए । ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ ले विश्वलाई प्रदान गरेको वैचारिक तथा वैज्ञानिक आधारशिलामा संसारभर स्वतन्त्रता र न्यायका निम्ति मजदुरहरूले थुप्रै–थुप्रै आन्दोलन गरे । सन् १९१७ अर्थात कम्युनिस्ट घोषणापत्र प्रकाशित भएको ६९ वर्षपछि रुसको माटोमा कम्युनिस्ट घोषणापत्रको वैज्ञानिक आधारमा क्रान्ति सफल भयो । वर्गसङ्घर्षमार्पmत शोषणको अन्त्य गर्ने र समाजवादी व्यवस्था स्थापित गर्ने मार्गमा अन्य देशहरूले पनि सङ्घर्ष गरे । चीन, क्युवा, प्रजग कोरिया, भियतनाम लगायतका देशहरूमा पनि कम्युनिस्ट घोषणापत्रको प्रभाव प¥यो र जनक्रान्तिहरू उठे । माक्र्स र एङ्गेल्सले लेख्नुभएको ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ को ऐतिहासिक पृष्ठभूमि, परिस्थिति, त्यसभित्रको वैचारिक एवम् वैज्ञानिक आधार र कम्युनिस्ट कार्यक्रमहरूको विषयमा छलफल र विमर्श चालु छ । कम्युनिस्ट घोषणापत्रको ओज यो युगमा पनि पटक्कै निस्तेज भएको देखिन्न । पुँजीवादको उत्थान र विकाससँगै घोषणापत्रको सान्दर्भिकता बढ्दै जाने निश्चित छ । पुँजीवादको पतन र साम्राज्यवादी युगको अन्त्यका निम्ति विश्वका मजदुर एक होऔँ भनी आह्वान गर्ने घोषणापत्रको महत्व कम भएको छैन । घोषणापत्रका १० महत्वपूर्ण कार्यक्रमहरू आजपनि सामयिक छन् । शोषणको युग उल्ट्याउन मजदुरवर्गलाई सङ्गठित, वैचारिकरूपमा सुस्पष्ट र क्रान्तिका निम्ति तयार हुन हौस्याउने घोषणापत्रको आभा मधुरो भएको छैन । कम्युनिस्ट पार्टीको घोषणापत्रलाई केन्द्रमा राखेर थुप्रै इतिहासविद्, विचारकहरूले विभिन्न कालखण्डमा विचारमन्थन गरे र जारी छ । सोभियत इतिहासकार तथा पत्रकार साजोनोभले पुस्तक ‘कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सको कम्युनिस्ट पार्टीको घोषणापत्रबारे’ मार्पmत ऐतिहासिक पार्टीको घोषणापत्रको सारतत्वसँग तत्कालीन समयलाई जोडेर विश्लेषण गरेका छन् ।
साजोनोभको यस पुस्तकले कम्युनिस्ट घोषणापत्र बुभ्mन सजिलोे बनाउँछ । अत्यन्त जानकारीमूलक र पठनीय साजोनोभको पुस्तकबारे का. फ्रेडरिक एङ्गेल्सको दुई शतवार्षिकीको (२८ नोभेम्बर) सन्दर्भ पारी चर्चा गर्दा अझ सामयिक होला ! कम्युनिस्ट पार्टीको घोषणापत्र लेखनमा कार्ल माक्र्स र पे्रmडरिक एङ्गेल्सको योगदानको विषयमा साजोनोभको व्याख्या बेजोडको छ । माक्र्स र एङ्गेल्सको जीवनकालमै ‘कम्युनिस्ट घोषणापत्र’ थुप्रै भाषामा प्रकाशित भइसकेको थियो । संसारमा सबैभन्दा बढी भाषामा अनुवाद भएको साहित्य ‘कम्युनिस्ट घोषणापत्र’ नै हुनुपर्छ । सन् १८८८ मा प्रकाशित अङ्ग्रेजी संस्करणको भूमिकामा एङ्गेल्सले लेख्नुभएको एउटा अंश पुस्तकमा छ – “घोषणापत्रको इतिहासले निकै हदसम्म आधुनिक मजदुर आन्दोलनको इतिहासलाई प्रतिविम्बित गर्दछ । निःसन्देह वर्तमान समयमा घोषणापत्र सम्पूर्ण सामाजवादी साहित्यको सबैभन्दा लोकप्रिय तथा सबैभन्दा अन्तर्राष्ट्रिय रचना हो । यो साइबेरियादेखि क्यालिफोर्नियासम्मका करोडौँ मजदुरहरूको साझा कार्यक्रम बन्न पुगेको छ ।”
माक्र्सवादको एक महान् रचना ‘कम्युनिस्ट घोषणापत्र’ यो युगमा पनि एसिया, अफ्रिका, त्याटिन अमेरिका, युरोपलगायतका महाद्विपहरूमा रुचिका साथ अध्ययन गरिन्छ । साजोनोभ लेख्छन् – “यो रचना ऐतिहासिक आशावादको प्रतिक बनेको छ ।” उनी भन्छन्– “जुनसुकै ऐतिहासिक दस्तावेज जस्तै घोषणापत्रमा पनि आप्mनो युगको छाप परेको छ । त्यसै कारणले त्यही ऐतिहासिक युगको सन्दर्भमा मात्रै यसलाई राम्ररी बुझ्न सकिन्छ । जसले यसलाई जन्माएको थियो ।” यस पुस्तकमा त्यो ऐतिहासिक परिवेश उजिल्याइएको छ । तत्कालीन आर्थिक, राजनीतिक र सामाजिक मुक्ति एवम् न्यायका निम्ति भएको क्रान्तिकारी आन्दोलनको सङ्क्षिप्त इतिहासले नै पहिलो अन्तर्राष्ट्रिय कम्युनिस्ट सङ्गठनको कार्यक्रमको रूपमा ‘घोषणापत्र’ को जन्म भएको हो भन्न सकिन्छ । घोषणापत्रका सम्पूर्ण विचारहरूको स्रोत, सारत्व यस पुस्तकमा प्रस्तुत छ । माक्र्स र एङ्गेल्सभन्दा अगाडिका विचारक, काल्पनिक समाजवादीहरूको विचारसँग तुलनात्मक अध्ययन छ । ‘कम्युनिस्ट घोषणापत्र’ सम्पूर्ण पक्षबाट युगकै निम्ति नयाँ उपहार या वैज्ञानिक आविष्कार किन थियो भन्ने विश्लेषण पनि छ ।
पुस्तक चारवटा अध्यायमा विभक्त छ । पहिलो अध्यायले कल्पनावादबाट विज्ञानतर्पmको यात्रा सविस्तार गर्छ । दोस्रो अध्याय सर्वहारा पार्टीको जन्मसँग सम्बन्धित छ । तेस्रो र चौँथाँै अध्यायमा घोषणापत्रका कार्यक्रमको उत्कृष्टता र सान्दर्भिकताबारे छलफल गरिएको छ । “यो सानो पुस्तिका अनेकौँ ठेली बराबर छ । यो करोडौँको कार्यक्रम हो भन्ने विचार अभिव्यक्त छ ।
निश्चय पनि माक्र्स र एङ्गेल्सले मजदुरहरूलाई सङ्गठित भई सङ्घर्षमा जुट्न सिकाउनुभयो । कल्पनाको स्थानमा विज्ञानलाई स्थापित गर्नुभयो । मानिसले युगौँयुगदेखि कल्पनामा गरेको आर्थिक, राजनीतिक, सामाजिक समानतायुक्त शोषण र उत्पीडनरहित समाज निर्माणको विज्ञानसम्मत आधार प्रदान गर्नुभयो । घोषणापत्र लेखिनुअघि नै थुपै्र काल्पनिक समाजवादीहरूले जनताको स्वर्गको कल्पना नगरेका होइनन् । रोवर्ट ओवेन, थोमस मोर लगायतका विचारकहरूको कल्पनाशिलता सुन्दर देखिएपनि व्यावहारिक प्रमाणित हुन सकेन । काल्पनिक विचारकहरू मजदुरवर्ग, आन्दोलन र सङ्घर्षसित सम्बन्धित थिएनन् । सो¥हौँ–अठारौँ शताब्दीका कल्पनावादी विचारकहरूको सङ्कीर्णता देखापथ्र्यो । युरोपमा औद्योगिक विकास र मजदुर आन्दोलन निरपेक्ष थिएन । उन्नाइसौँ शताब्दीसम्म आइपुग्दा बेलायत मजदुर आन्दोलनको केन्द्र बनिसकेको थियो । मजदुरमाथि हुने चरम शोषणको विरुद्धमा लाखौँ मजदुर सङ्घर्षमा जुटे । सन् १८३१ को लिओन जुलाहा विद्रोहदेखि सन् १८४४ को स्लेजेन जुलाहा विद्रोहसम्म आइपुग्दा वर्गसङ्घर्षको वैज्ञानिक व्याख्याको आवश्यकता अनुभव गरिन थालियो । त्यति नै बेलादेखि पुँजीपतिवर्गले श्रम र पुँजीको एकताको कुरा, आपसी मेलमिलापको कुरा गर्थे । श्रममाथिको शोषणबाटै पुँजीको जन्म र विकास हुने हुँदा यी दुईको एकता किमार्थ सम्भव हुन्न । यद्यपि, आजपनि पुँजीपतिहरू एकता र मेलमिलापको गफ गर्न थाक्दैनन् ।

सन् १८४५ मा माक्र्स र एङ्गेल्सले सर्वहारा विश्व दृष्टिकोणको तर्जुमा सुरु गर्नुभयो । उहाँहरूले हेगेलपछिको जर्मन दर्शनको आलोचनामा आप्mनो विश्व दृष्टिकोण प्रस्तुत गर्ने तयारी गर्नुभयो । सन् १८४६ मा ‘जर्मन विचारधारा’ को जन्म भयो जसको आधार मानिसहरू उनीहरूको क्रियाकलाप र ती क्रियाकलापका भौतिक अवस्थाहरू थिए । माक्र्स र एङ्गेल्सले साम्यवादी क्रान्ति शोषण र अर्काको श्रमद्वारा उत्पादित वस्तुको उपभोगमा आधारित पुरानो सामाजिक व्यवस्थाको उन्मूलनको लागि मात्र आवश्यक भएको होइन बरु स्वयम् मानिसलाई नै परिवर्तन गर्नका लागि मानिसको सर्वाङ्गीण विकासका लागि आवश्यक परिस्थिति तयार गर्नका निम्ति हो भन्ने विचार प्रस्तुत गर्नुभएको छ ।

घोषणापत्र मानवजातिको भविष्यको चिन्तन हो भन्न सकिन्छ । बहुसङ्ख्यक कामगरी खाने जनताको शक्ति र सङ्घर्षले प्राप्त हुने सुन्दर भविष्यको चिन्तन । दर्शनशास्त्रको इतिहासको अध्ययन हेगेलको जीवउत्पत्ति र विकासको सिद्धान्तको आलोचनात्मक अध्ययन एवम् मानवसमाजको विकाससँग सो सिद्धान्तको सम्बन्धबारे सार घोषणापत्रमा पाइन्छ । यस पुस्तकमा कार्ल माक्र्स र एङ्गेल्सको व्यक्तित्वको चर्चा छ । दुवैले उन्नाइसौँ शताब्दीको पाँचौँ दशकको सुरुदेखि क्रान्तिकारी प्रजातान्त्रिक आन्दोलनमा भाग लिनुभयो । सन् १८४२ मा ‘राइन’ पत्रिकामार्फत आप्mनो विचार प्रवाह निरन्तर अगाडि बढाउनुभयो । वर्गसङ्घर्षको इतिहास उजिल्याउनुभयो । पुँजीवादको उत्थान, विकास र पतनलाई व्याख्या गर्नुभयो । पुँजीवादी समाजमा सर्वहारावर्ग र पुँजीपतिवर्गमा निहित अन्तरविरोधको द्वन्द्वात्मक र भौतिकवादी विश्लेषण गर्नुभयो । पुँजीवादी बन्दोवस्तको बलियो आधार निजी स्वामित्वको उन्मूलन र उत्पादनसाधनको सामाजिकीकरणले मजदुरवर्गको आर्थिक सम्बन्ध सुदृृढ बन्दछ । एङ्गेल्सले २५ वर्षको उमेरमा ‘बेलायतमा मजदुरको अवस्था’ पुस्तक लेख्नुभयो । जसमा पुँजीवादी व्यवस्थाका मुख्य–मुख्य त्रुटि र विरोधाभासहरूको केस्रा – केस्रा केलाइएको छ । पुँजीवादी अर्थतन्त्रमा विद्यमान अराजकता र अव्यवस्था, सर्वव्यापी शोषण, पारस्परिक शत्रुता, व्यक्तिगत लाभको लागि सार्वजनिक लाभको उपेक्षाजस्ता पुँजीवादी व्यवस्थाको खराबीकै कारण धनी र गरिबबीचको खाडल गहिरिन्छ, उत्पादन र उपभोगबीच बेमेल बढ्छ, वाणिज्य र आर्थिक सङ्कटहरू छिट्छिटो देखापर्छ, औद्योगिक उत्पादन घटाउने र भौतिक साधन तथा जनशक्तिको प्रत्यक्षतः अपव्यय हुन जान्छ । उत्पादन प्रचूरता र श्रमिकवर्गको ज्याला कटौती एवम् चरम आर्थिक शोषणको प्रक्रियामा पुँजीवादी अर्थतन्त्र टिकेको हुन्छ । उत्पादनमा प्रचूरता बेरोजगारी समस्याको एउटा कारण बन्न पुग्दछ । त्यसकारण, एङ्गेल्सले साम्यवादी समाजको अर्थ–वाणिज्यलाई प्रस्ट्याउनुभयो । साजोनोभ लेख्छन् –“एङ्गेल्सले आप्mनो पुस्तकमा बेलाबखतमा दोहोरिरहने आर्थिक सङ्कटहरू, अतिरिक्त औद्योगिक सेना, बेरोजगारहरूको उत्पत्ति, मजदुर वर्गको शोषणमा वृद्धिजस्ता पुँजीवादी उत्पादनका नियमितताहरूको पहिलो पटक उद्घाटन गर्नुभएको छ ।” यी सम्पूर्ण समस्याहरूको समाधान साम्यवादी क्रान्तिले समाधान गर्नेछ । क्रान्ति सर्वहारावर्गले अर्थात् त्यसै वर्गले सम्पन्न गर्नेछ जसको प्रादुर्भाव औद्योगिक क्रान्तिको फलस्वरूप हुने एङ्गेल्स भन्नुहुन्छ ।
सन् १८४५ मा माक्र्स र एङ्गेल्सले सर्वहारा विश्व दृष्टिकोणको तर्जुमा सुरु गर्नुभयो । उहाँहरूले हेगेलपछिको जर्मन दर्शनको आलोचनामा आप्mनो विश्व दृष्टिकोण प्रस्तुत गर्ने तयारी गर्नुभयो । सन् १८४६ मा ‘जर्मन विचारधारा’ को जन्म भयो जसको आधार मानिसहरू उनीहरूको क्रियाकलाप र ती क्रियाकलापका भौतिक अवस्थाहरू थिए । माक्र्स र एङ्गेल्सले साम्यवादी क्रान्ति शोषण र अर्काको श्रमद्वारा उत्पादित वस्तुको उपभोगमा आधारित पुरानो सामाजिक व्यवस्थाको उन्मूलनको लागि मात्र आवश्यक भएको होइन बरु स्वयम् मानिसलाई नै परिवर्तन गर्नका लागि मानिसको सर्वाङ्गीण विकासका लागि आवश्यक परिस्थिति तयार गर्नका निम्ति हो भन्ने विचार प्रस्तुत गर्नुभएको छ । जर्मन विचारधाराको प्रकाशनपछि मजदुर आन्दोलनका लागि शक्तिशाली सैद्धान्तिक हतियार तयार भयो । त्यो हतियार मजदुरहरूको हातमा हुनुपर्छ, वैज्ञानिक साम्यवादलाई सर्वहारावर्गको व्यावहारिक सङ्घर्षसित जोड्नुपर्छ र एकाकार गर्नुपर्छ भन्ने विचार प्रदान ग¥यो । त्यसका निम्ति माक्र्स र एङ्गेल्स सर्वहारा पार्टीको जन्म र विकासमा केन्द्रित बन्नुभयो । सन् १८३१ मा फ्रान्सको विशाल औद्योगिक केन्द्रमा सुरु भएको मजदुरहरूको हडताल विद्रोहको प्रतिध्वनिले सारा युरोप र शासक वर्गलाई झसङ्ग पारिदिएको र त्रसित बनाएको ऐतिहासिक तथ्य पुस्तकमा छ । सन् १८३२ मा पेरिसमा जर्मन जनवादी सङ्घको स्थापना भयो र सन् १८३३ बाटै यसले किसान, मजदुरलाई सङ्गठित गर्ने, शोषणको यथार्थ बताउने काम ग¥यो । सङ्घर्षका गतिविधि अघि बढायो । फ्रान्स सरकारले मजदुर र जनताको सङ्घर्ष दबाउन सङ्घबाट काम गर्न नपाउने नियम बनायो । त्यसपछि गुप्तरूपमा परित्यक्तहरूको सङ्घ खडा भयो । सन् १८३६ मा सङ्घको वास्तविक केन्द्र लन्डन बन्यो । सन् १८४२ तिर बेलायत औद्योगिक क्रान्तिको केन्द्र बन्यो । फ्रेडरिक लेस्नेरको संस्मरणमा माक्र्सको व्यक्तिचित्र बडो रोचक छ ।
सन् १८४७ मा न्यायप्रिय सङ्घको महाधिवेशन डाक्ने कुरा भएपछि आप्mनै साम्यवादी कार्यक्रम तर्जुमा गर्नुपर्ने आवश्यकताबोध गरियो । निजी स्वामित्वको आधिपत्य उन्मूलन गर्न, सर्वहारा क्रान्ति गर्न, आप्mनो हातमा सत्ता लिन र नयाँ साम्यवादी समाजको निर्माण गर्न मजदुर वर्गको आप्mनै राजनैतिक पार्टी हुनुपर्दछ भन्ने निष्कर्ष निकालियो । यो कुरा ‘कम्युनिस्ट घोषणपत्र’मा प्रस्टसँग अभिव्यक्त गरियो । यद्यपि, यो विचारलाई जर्मन विचारधाराकै सिलसिला भन्न सकिन्छ । सन् १८४७ जून २ को दिन लन्डनमा न्यायप्रिय सङ्घको महाधिवेशन सुरु भयो । त्यो नै कम्युनिस्ट सङ्घको वास्तविक विधान परिषद् बन्यो । सो महाधिवेशनमा एङ्गेल्सले नेतृत्वदायी भूमिका खेल्नुभयो । माक्र्स र एङ्गेल्सकै प्रस्तावअनुसार न्यायप्रिय सङ्घको नाम बदलेर कम्युनिस्ट सङ्घ राखियो । महाधिवेशन सम्पन्न भएपछि फ्रान्स, बेल्जियम, जर्मनी, बेलायत र स्वीट्जरल्यान्डका दश सहरहरूमा विधान र कार्यक्रम मस्यौदाको छलफल चलाइएको थियो । साथै, अमेरिका, हल्यान्ड, जर्मनी, नर्वे, स्वीट्जरल्यान्डमा केन्द्रीय समितिका प्रतिनिधि पठाई छलफल चलाइएको जानकारी यस पुस्तकमा छ । कार्यक्रम मस्यौदाको जानकारी यस पुस्तकमा छ । कार्यक्रम मस्यौदाको सङ्गठनात्मक केन्द्र लन्डन र वैचारिक केन्द्र ब्रसेल्स बन्यो । ती छलफलहरू ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’को प्राथमिक मस्यौदा साबित भयो । घोषणापत्रको सुरुमा १२ मागहरू राखिएका थिए । पछि १० वटा कार्यक्रमहरूलाई सामान्यीकृत ढङ्गले प्रस्तुत गरियो ।
के शान्तिपूर्ण तरिकाले व्यक्तिगत स्वामित्वको उन्मूलन सम्भव छ ? यसको चित्तबुभ्mदो जवाफ पुस्तकमा छ । सन् १८४७ नोभेम्बर २९ कम्युनिस्ट सङ्घको कार्यक्रम तयार थियो । एङ्गेल्सले ‘साम्यवादका सिद्धान्तहरू’ तयार पार्नुभएको थियो । लेनिनले घोषणापत्रबारे भन्नुभएको छ – “सम्पूर्ण सभ्य संसारको समस्त सङ्गठित एवम् सङ्घर्षरत सर्वहारावर्ग अहिलेसम्म पनि यसै पुस्तिकाको भावनामा जीवित र गतिशील छ ।”
कम्युनिस्ट घोषणापत्र माक्र्सवादी सिद्धान्तको सम्पूर्ण विगतको विकासको निचोड थियो भन्न सकिन्छ । माक्र्सवादको निर्माण र माक्र्सवादलाई विश्व दृष्टिकोणको रूपमा, विश्वज्ञान, पुनर्निर्माणसम्बन्धी नयाँ विचारको रूपमा स्थापित गर्न घोषणापत्रले भूमिका खेल्यो । क्रान्तिकारी सर्वहारावर्गको पहिलो अन्तर्राष्ट्रिय पार्टीको कार्यक्रमको आधार पनि माक्र्सवाद नै हो भन्छन् साजोनोभ ।
घोषणापत्रमा लेखिएअनुसार अहिलेसम्म अस्तित्वमा रहेको लिखित इतिहास वर्गसङ्घर्षको इतिहास हो । वर्गअस्तित्व र वर्गसङ्घर्षको विश्वदृष्टिकोण घोषणापत्रले नै प्रदान ग¥यो । वर्गहरूको अस्तित्व उत्पादनको निश्चित ऐतिहासिक चरणहरूसँग अन्योन्याश्रित हुन्छ भनिएको छ । सर्वहारा अधिनायकवाद सबै प्रकारका वर्गहरूको उन्मूलन र वर्गरहित समाजतर्पmको यात्रामा वैचारिक, व्यावहारिक तथा वैज्ञानिक आधार प्रदान गर्छ । दास युग, सामन्तवादी युग र पुँजीवादी युगमा दास । भूदास र मजदुहरूको सङ्घर्ष एवम् त्यो सङ्घर्षको भौतिकवादी विश्लेषणले क्रान्तिको अवश्यम्भाविता दर्शाउँछ । सामन्तवादलाई ढालेको हतियार नै पुँजीवाद ढाल्न प्रयोग गरिन्छ तर फरक ढङ्गले । पुँजीवादी व्यवस्थामा छरिएर रहेका मजदुरहरूको एकता, साङ्गठनिक चेत, वर्गीय चेतनाले पुँजीपतिवर्गको स्वर्गमा धावा बोल्छ । पुँजीवादी उत्पादन सम्बन्ध शोषणको अर्को नाम हो । श्रमिकको श्रम र पसिनाबाट पुँजीपति, मालिकको आलिसान महल ठडिएको हुन्छ । मजदुरले नै त्यो महल भत्काउने सामथ्र्य पनि राख्दछ । घोषणापत्रमा लेखिएको छ “मजदुरसँग गुमाउन हातमा बाँधिएको सिक्रीबाहेक केही छैन, जित्न सारा संसार छ ।” त्यसकारण, पुँजीपतिवर्ग र सर्वहारावर्गबीच मित्रता र समन्वय कदापि हुन सक्दैन ।
घोषणापत्रको पहिलो अध्यायमा क्रान्तिसम्म मजदुरहरूको राजनीतिक सङ्घर्षको विकास प्रक्रियामा जोड दिइएको छ भने दोस्रो अध्यायमा क्रान्तिपछि हुने घटनाहरूको विश्लेषण गरिएको छ । सर्वहारा आन्दोलनको अवस्था, त्यसको गतिविधि र त्यसका अन्तिम परिणामहरूबारे प्रस्ट पारिएको छ । घोषणापत्रमा पुँजीवादी विचारकहरूको गलत अभिव्यक्ति र आरोपप्र्रत्यारोपको खण्डन पनि छ । कम्युनिस्टहरू स्वास्नीमान्छेलाई पनि सामाजिक सम्पत्ति बनाउँछन् भन्ने झूटा र पाखण्डी अभिव्यक्तिको खण्डन घोषणापत्र आफै हो ।
घोषणापत्रमा जोड दिइएको छ – “नयाँ समाजमा श्रम सबै नागरिकका लागि समानरूपले अनिवार्य हुनेछ, बिस्तार–बिस्तार सहर र गाउँबीचको अन्तर मेटिइँदै जानेछ, केटाकेटीहरूका निम्ति सार्वजनिक निःशुल्क शिक्षाको व्यवस्था गरिनेछ ।” यस कार्यक्रमको पहिलो प्रयोग अक्टोबर क्रान्तिको लगत्तै सोभियत रुसमा भएको पुस्तकले स्मरण गराउँछ ।
घोषणापत्रका अनुसार एउटा विन्दुमा वर्गहरू तथा वर्गभेद लोप हुनुका साथै एक राजनीतिक संस्थाको रूपमा सार्वजनिक राज्यसत्ताको आवश्यकता पनि खतम हुनेछ । सम्पूर्ण उत्पादन व्यक्तिहरूको एक ठूलो सङ्घको हातमा जानेछ । यसरी घोषणापत्र युग परिवर्तनको विगुल पनि बन्यो । घोषणापत्रको तेस्रो अध्यायमा प्रतिक्रियावादी तथा पुरातनवादी बुर्जुवा, समाजवादका मुख्य–मुख्य धाराहरूको आलोचना गरिएको छ । काल्पनिक समाजवादलगायत गैरसर्वहारा समाजवाद र माक्र्सको वैज्ञानिक समाजवादबीचको सैद्धान्तिक भेद प्रस्ट्याइएको छ । अन्तिम अध्यायमा विभिन्न विरोधी पार्टीहरूसँग कम्युनिस्टहरूको सम्बन्धबारे छ । “घोषणापत्रले भौतिकवाद, सामाजिक जीवन र विकाससम्बन्धी सबैभन्दा गहन र चौतर्फी ज्ञानको रूपमा द्वन्द्ववाद, वर्गसङ्घर्षको सिद्धान्त र नयाँ साम्यवादी समाजको निर्माताको रूपमा सर्वहाराको विश्व–ऐतिहासिक क्रान्तिकारी भूमिका अङ्गालेको छ । यो सानो पुस्तिका अनेकौँ ठेलीहरू बराबर छ ।” नेता लेनिन भन्नुहुन्छ ।
‘कम्युनिस्ट घोषणापत्र’ करोडौँको कार्यक्रमको रूपमा साजोनोभले चर्चा गरेका छन् । घोषणापत्र प्रकाशित भएको डेढ शताब्दीपछि साजोनोभले घोषणापत्र ऐतिहासिक पृष्ठभूमिलाई वर्तमानसँग जोडेर व्याख्या गरे । घोषणापत्रको ऐतिहासिक महत्व र औचित्यलाई अझ व्यापक बनाए । क्लिष्ट भाषालाई अझ सरलीकृत बनाई प्रस्तुत गरे । माक्र्स र एङ्गेल्सले घोषणापत्रमा लेख्नुभएको छ – “आधुनिक राज्यसत्ता भनेको तमाम पुँजीपतिवर्गको सामान्य कार्यको प्रबन्ध गर्ने समिति मात्र हो ।” यो भनाइलाई साजोनोभले व्याख्या गरेका छन् । यो शताब्दीमा पनि घोषणापत्रमा अभिव्यक्त माक्र्स र एङ्गेल्सको विचार सामयिक नै छ । अझ जनताका उभारहरूको खँदिलो वैचारिक र वैज्ञानिक आधार बन्न सफल छ । साजोनोभको यस कृति पढ्नुअघि ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’को अध्ययन फलदायी हुनेछ । घोषणापत्र यो शताब्दीमा पनि अत्यधिक अध्ययन गरिने, छलफल र विमर्श गरिने साहित्य बन्न सफल छ । साजोनोभजस्ता थुप्रै माक्र्सवादी लेखकहरूले घोषणापत्रको औचित्य, महत्वलाई थप जिवित र जिवन्त राख्ने अनुभव हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *