नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
एकोदरा पृथक्ग्रीवा अन्योन्यफलभक्षिणः
असंहता विनश्यन्ति भारूण्डा इव पक्षिणः
(एकमत भएर काम नगर्ने व्यक्ति, एउटा भुँडी र दुईवटा मुख भएको तथा परस्पर दुवै मुखबाट अलग अलग फल खाने व्यक्तिको, भारूण्ड चराझैँ विनाश हुन्छ ।)
महाभारतको भीष्म पर्व अध्याय ७ मा भारूण्ड नामक पक्षीको कथा उल्लिखित छ । उक्त पक्षीको अलग अलग टाउकोसहितको मुख दुईवटा तर भुँडी एउटै थियो । हिरण्यकश्यपुलाई मारेपछि पनि नृसिंहको रीस नमरेपछि भारूण्डले नृसिंहलाई आफ्नो पञ्जाले समाएर आकाशमा यताउति उडाउँदै थियो । केही समयपछि भारूण्डले नृसिंहलाई छोडिदियो र आफू समुद्रमा विचरण गर्न थाल्यो ।
यस क्रममा एकदिन भारूण्डले एउटा अति नै आकर्षक फल भेटायो । उक्त फल खाँदै एउटा मुखले अर्को मुखलाई भन्यो, “यस्तो अमृतजस्तो मीठो र अनौठो स्वादको फल त मैले आजसम्म खाएकै थिइनँ ।” यो कुरा सुनेर अर्को मुखले भन्यो, “ओहो ¤ फल त्यस्तो मीठो छ भने अलिकति मलाई पनि दिएर चखाऊ न त !”
फल खाने पहिलो मुखले हाँस्दै भन्यो, “हाम्रो भुँडी एउटै छ, त्यसैले जुन मुखले खाए पनि एउटै साझा पेटमै जाने त हो नि ! मैले खाएपछि फेरि तिमीले किन खान प¥यो ? बरू, मैले खाएर बचेको फल हाम्री प्रियतमालाई दिऊँ, यस्तो मीठो फल चाख्न पाएर उनी पनि खुसी हुनेछिन् । यसमै हाम्रो भलो हुनेछ ।”
यसरी एउटा टाउके मुखले खाएर बचेको आधा फल अर्को टाउके मुखलाई नदिएर प्रियतमालाई दियो । त्यस्तो अनुपम फल खान पाएर प्रियतमा धेरै खुसी भई र मायालु टाउकोलाई धेरैबेरसम्म अङ्गालेर बारम्बार चुम्बन पनि गरी । यसबाट फल खान र दिन नपाउने दोस्रो टाउको रीसले भुतुक्कै भयो ।
सामुद्रिक यात्राकै क्रममा अर्को दिन अर्को टाउकोले पनि अनौठो फल भेट्टायो । त्यो फल विषाक्त थियो । तर, केही दिनअघिको रीस फेर्ने हिसाबले त्यो टाउकोले उक्त फल खाने विचार गरी, “अस्ति मलाई मीठो फल चाख्न नदिएको हुँदा आज यो फल पनि म एक्लै खान्छु” भन्यो । अर्को टाउकोले भन्यो, “हे मूर्ख ¤ यस्तो काम नगर । हामी दुवै मर्नेछौँ ।” तर इष्र्या र रीसको आवेगमा फल भेट्ने टाउकोले अर्को टाउकोको कुरै सुनेन र फल खायो । विषैलो फलको असर तुरून्तै प¥यो र एउटै भुँडी तथा दुईवटा टाउका भएको त्यो भारूण्ड नामक चराको अस्तित्व नै समाप्त भयो ।
चुनावअघि दुइटा टाउको जोडिएर एउटै टाउको भएको नेकपा, सरकार चलाउने क्रममा दुईवटा टाउको भएको भारूण्ड पक्षीमा परिणत भएको छ । यद्यपि पेट भने तिनीहरूको अझै पनि एउटै छ ।
धुत्र्याइँ मति यथा
घरदेखि निकै टाढाको क्याम्पसमा पढ्दै गरेका दुईजना दाजुभाइ विद्यार्थी थिए । तिनीहरूको खर्च पूरै सकियो । किन्ने पैसा र पकाउने चामलविनाले समस्यामा परे । परीक्षा सकिएपछि घर जानुपर्ने । तर परीक्षा सकिन अझै तीनदिन बाँकी नै थियो । उपाय केही नभएपछि पाँच छाकजति एकेक मुठी चिउरा, नुन र पानी खाएर जसोतसो टारी चौथो दिन घर जान बाटो लागे । तर, उनीहरूसँग बसभाडा तिर्ने र किनिखाने सुकोपैसा थिएन । त्यसैले बस÷ट्रकमा चढ्दै, ओरालिँंदै, हिँड्दै दिउँसो ११ बजे एउटा होटल भएको ठाउँमा पुगे । ६ छाकदेखि खाना खान नपाएका उनीहरूलाई भोक कति लागेको थियो, भन्नै परेन ।
चुलामा ठूलो भाँडामा भात छड्किरहेको थियो ।
“भात छ होला ?” उनीहरूले होटलवाली साहुनीलाई सोधे ।
“पाक्दै छ तर ढाक्रेका लागि पकाइदिएको हो”, साहूनीको जवाफ थियो ।
“पहिला हामीलाई दिनू नि, हामी दुईजना त छौँ, खाएर हिँडिहाल्छौँ । आजै घर पुग्ने हतार पनि छ ।” दाजुभाइको भनाइ मानेर पैसा नउम्काउने लोभमा साहुनीले तिनलाई खाना दिइन् । तर पाँचजना ढाक्रेलाई भनेर पकाएको खाना ती दुई भाइले नै सिध्याइदिएपछि साहुनीले पाँचै जनाको पैसा तिर्न कडिकडाउ गरिन् । यता दाजुभाइले भने दुईजनाको मात्रै पैसा तिर्ने कुरा गर्न थाले । खासमा तिनीहरूसँग पैसा भने फुटेको कौडी पनि थिएन ।
साहुनी र दुईजना केटाको विवाद बढ्दै जाँदा यताउतिका मान्छे पनि जम्मा भए । साहुनीको दबाब बढ्दै गएपछि दाजु चाहिँको विवाद हुन थाल्यो –
“खानुभन्दा पहिले यो भाँडाको खानाको मोल गर्नुपर्दैनथ्यो ?” दाजुले भाइलाई दोष लगायो ।
“आफूलाई कस्तो भोक लागेको थियो, दाजु भएर तैंलेचाहिँ मोल गरेको भए पनि त हुन्थ्यो नि !” भाइको प्रतिवाद ।
तिनीहरूबीचको विवाद लम्कीझम्की र मुक्कामुक्कीमा बढ्दै जाँदा दर्शकहरू छुट्याउन अघि सरे । एकजना हारेर पछि सर्दै भाग्न थाल्यो । अर्कोले, ‘तँलाई आज ….!” भन्दै लखेट्न थाल्यो । कसैकसैले “दाजुभाइमा त्यसो नगर, कता अभर पर्ला !” भने पनि उनीहरूबीचको ढुङ्गा हान्ने र भाग्ने क्रम रोकिएन । हेर्दाहेदैै दुवै भाइ परको जङ्गल पुगेर सानो डाँडोसमेत कटे । अनि दुवै भाइ बीचबीचमा अङ्गालो हालाहाल गर्दै लम्कन थाले ।
हाम्रो सरकार र नेताको प्रवृत्तिमा पनि सधैंको भोको मानसिकता, खाएसम्म खाँदा पनि नअघाउने, सहोदर भाइभाइको स्वभाव भएर पनि बनावटी झगडाको निहुँ बनाएर जनताको रगत पसिनामा मो ज गर्ने ‘कठैबरा !’ भनिँदै सहानूभूतिट पनि लिनेजस्तो धुत्र्याइँ मति त देखिइरहेको छैन ?
Leave a Reply