भर्खरै :

अबको बाटो समाजवादी गणतन्त्र

प्रतिगमनविरोधी जनआन्दोलनको क्रममा ‘राजतन्त्र वा गणतन्त्र ?’ भन्ने विषयमाथि बहस चर्केको थियो । राजाको निरङ्कुश र प्रजातन्त्रविरोधी चरित्रको कारण अब राजतन्त्रलाई समुल नष्ट गरी गणतन्त्रको दिशामा जानुपर्ने आवाज दैनिकजसो राजधानीमा हुने प्रदर्शनमा उठिरहेको थियो । सुरूमा युवा–विद्यार्थीहरूका जुलुसमा लागेको गणतन्त्रको नारा पछि क्रमशः व्यापक बन्दै गयो । तत्क्षण आन्दोलनको नेतृत्व गरिरहेको एउटा घटक नेपाल मजदुर किसान पार्टीले ‘राजतन्त्र वा गणतन्त्र ?’ भन्ने बहसमा आफ्नो भिन्न मत जाहेर ग¥यो । राजतन्त्रविरोधी आन्दोलन चर्किदै गएको अवस्थामा गणतन्त्र पक्षधरहरूको सङ्ख्या बढ्दो थियो । तर, नेमकिपाले गणतन्त्र पक्षधरहरूबीच पनि एउटा महत्वपूर्ण प्रश्न उठायो – गणतन्त्र, तर कस्तो ? मानव इतिहासमा विभिन्न थरी गणतन्त्रको अभ्यास भइसकेको देखिन्छ । बुद्धकालीन शाक्य राज्यमा गणतन्त्रात्मक व्यवस्था थियो । संसारमा गणतन्त्रको अभ्यास गरिरहेका विभिन्न देशका गणतन्त्र पनि एकै खालका छैनन् । कहीँ धनी र पुँजीपति वर्गको सेवा गर्ने गणतन्त्र छ भने कहीँ देशमा व्यापक कामदार जनताको पक्षमा काम गर्ने समाजवादी गणतन्त्र अभ्यासमा छ । नेपालमा कस्तो खालको गणतन्त्र स्थापना गर्ने भन्ने विषय प्रतिगमनविरोधी आन्दोलनमा नेमकिपाले बहस भित्र्यायो ।

देशमा गणतन्त्र स्थापना भएको एक दशकभन्दा लामो समय बितिसकेको छ । राजतन्त्र फालेर बनेको पुँजीवादी गणतन्त्रले पनि नेपाली जनताको भावनालाई सही तरिकाले सम्बोधन गर्न सकेन । यो गणतन्त्रले पनि नेपाली जनताको बिझेको घाउमा नूनचुक छर्किनेबाहेक अरू काम गरेन । पुँजीवादी गणतन्त्रको यो बिजोग देखेर राजतन्त्रका पक्षधरहरू ‘राजतन्त्र नै ठीक’ भन्ने तर्क गरिरहेका छन् । यो तर्क पनि पूर्णतः गलत हो । राजतन्त्रको ठाउँमा पुँजीवादी गणतन्त्र स्थापना हुँदा जनताका समस्या ज्यूँका त्यूँ रहेजस्तै फेरि पुँजीवादी गणतन्त्रको सट्टा राजतन्त्र फर्काउँदा पनि उही नाम्लो, उही कुम्लोसिवाय केही हुनेछैन । त्यसकारण सिक्काका दुई पाटाजस्ता यी दुवै व्यवस्थाले नेपाली जनताको मूल समस्या समाधान गर्न नसकेबाट प्रतिगमनविरोधी आन्दोलनताका नेमकिपाले उठाएको विचार सही भएको पुष्टि गरेको छ ।

आन्दोलनको नेतृत्व गरिरहेका अधिकांश दलहरू देशमा पुँजीवादी गणतान्त्रिक व्यवस्था स्थापना गर्न चाहन्थे । पुँजीवादी गणतन्त्र वा राजतन्त्रले व्यापक कामदार नेपाली जनताको जीवनमा कुनै तात्विक अन्तर गर्ने थिएन । दुवै व्यवस्था शोषणकै जगमा उठेको हुन्छ । एउटा राजा फालेर अर्को राजा(हरू) लाई शासन गराउन नेपाली जनता आन्दोलनमा होमिएका थिएनन् । राजाले लादेको शोषणको सिक्रीको सट्टा शासक दलका नेताहरूले लाद्ने सिक्रीबाट आफूलाई कैद बनाउन नेपाली जनताले कदापि चाहेका थिएनन् । त्यसकारण नेमकिपाले आन्दोलनका हरेक मोर्चामा कस्तो खालको गणतन्त्र स्थापना गर्ने भन्ने प्रश्न उठाइरह्यो ।
देशमा गणतन्त्र स्थापना भएको एक दशकभन्दा लामो समय बितिसकेको छ । राजतन्त्र फालेर बनेको पुँजीवादी गणतन्त्रले पनि नेपाली जनताको भावनालाई सही तरिकाले सम्बोधन गर्न सकेन । यो गणतन्त्रले पनि नेपाली जनताको बिझेको घाउमा नूनचुक छर्किनेबाहेक अरू काम गरेन । पुँजीवादी गणतन्त्रको यो बिजोग देखेर राजतन्त्रका पक्षधरहरू ‘राजतन्त्र नै ठीक’ भन्ने तर्क गरिरहेका छन् । यो तर्क पनि पूर्णतः गलत हो । राजतन्त्रको ठाउँमा पुँजीवादी गणतन्त्र स्थापना हुँदा जनताका समस्या ज्यूँका त्यूँ रहेजस्तै फेरि पुँजीवादी गणतन्त्रको सट्टा राजतन्त्र फर्काउँदा पनि उही नाम्लो, उही कुम्लोसिवाय केही हुनेछैन । त्यसकारण सिक्काका दुई पाटाजस्ता यी दुवै व्यवस्थाले नेपाली जनताको मूल समस्या समाधान गर्न नसकेबाट प्रतिगमनविरोधी आन्दोलनताका नेमकिपाले उठाएको विचार सही भएको पुष्टि गरेको छ । राजतन्त्र अन्त्य गरेर पुँजीवादी गणतन्त्र स्थापना हुँदा पनि नेपाली जनताको समस्या समाधान नहुँदा अबको विकल्प भनेको समाजवादी गणतन्त्र नै हो भन्ने कुरा प्रस्ट भयो । राजतन्त्र अब इतिहास बनिसकेको छ । राजतन्त्रको पक्ष लिनु पुरानो विचारको पक्ष लिनु हो । अर्कोतिर पुँजीवादी गणतन्त्रले पनि नेपाली जनताको हित गर्न नसक्दा अबको बाटो भनेको समाजवादी गणतन्त्र हो ।
समाजवादी गणतन्त्रले गर्ने आमूल परिवर्तनकारी निर्णयले नै व्यापक नेपाली जनताको हितमा गर्न सक्छ । समाजवाद शब्द आडम्बर र नाराबाजी होइन । समाजवाद व्यापक श्रमिक जनताको हित गर्ने नयाँ र क्रान्तिकारी राजनीतिक बन्दोबस्त हो । शासक दलहरूले संविधानमा समाजवादको शब्द लेखेर नेपाली जनतालाई झुक्याए । संविधानमा देख्न पाइने, व्यवहारमा लागू नहुने समाजवादले नेपाली जनताको हित हुनसकेन । अब फेरि राजतन्त्रमा देश फर्किनु उल्टो बाटो हिंड्नु हुन्छ । अबको बाटो समाजवादी गणतन्त्र हुन जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *